काठमाडौं । काठमाडौँ महानगरपालिकामा नगरप्रमुखको उम्मेदवार सिर्जना सिंहले सात ‘स’ को सङ्कल्प प्रस्तुत गरेकि छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिकामा नेपाली कांग्रेससहित गठबन्धनको तर्फबाट नगरप्रमुखको उम्मेदवार बन्नुभएकी सिंहले आफू नगरप्रमुख भएपछि गर्ने सात सङ्कल्पलाई आज सार्वजनिक गरेको हो ।
उहाँले सेवा र सुशासनअन्तर्गत महानगरलाई विधिको शासन, नियम, कानुनभित्र रही सञ्चालन गर्ने, भ्रष्टाचारमुक्त, चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रूपमा कामपालाई अघि बढाउने, सङ्घीय सरकार प्रदेश सरकार, अन्य पालिका, निजी क्षेत्र, गैरसरकारी सङ्घसंस्था र समुदायसँग साझेदारी गर्दै महानगरको लक्ष्य प्राप्तिका लागि काम गर्ने सङ्कल्प गरेकि न्।
यस्तै स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षाअन्तर्गत शिक्षा र सिकाइको गुणस्तरमा वृद्धि गर्दै सुलभ र सबैको पहुँचयुक्त बनाउने, महानगरीय स्वास्थ्य प्रणालीको विकास गरी सबै वडामा रोकथाम, परीक्षण, उपचार र पुनःस्थापनासहितको ‘सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र’को स्थापना र विशेषज्ञ सेवासहितको महानगरीय अस्पताल सञ्चालन गर्ने, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अतिविपन्नलगायत विशेष समूहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउने बताएकि छन् ।
सिंहले स्वच्छ, सफा, दिगो पर्यावरणअन्तर्गत कामपालाई ‘जेरो वेस्ट’ महानगर बनाउने, पिउन योग्य पानी, श्वास फेर्न योग्य हावाका लागि आवश्यक कानुनी, संस्थागत र संरचनागत व्यवस्था गर्ने, सार्वजनिक, खुला स्थान, पार्क, वन, हिटी, इनार, पोखरी, बहाः, फल्चाः आदिको संरक्षण, पुनःस्थापना तथा विस्तार गर्ने सङ्कल्प गरेकि छन् ।
यस्तै सुरक्षित सहरअन्तर्गत महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलगायत सम्पूर्णले सुरक्षित अनुभव गर्न सक्ने र हिँडडुल गर्न सक्ने सहरको निर्माण, विपद् थेग्नसक्ने क्षमतायुक्त सहरको निर्माण गर्ने सङ्कल्प राख्नुभएको छ ।
उनले संस्कृति, सम्पदा र सभ्यता बचाउनका लागि मौलिक ज्ञान, भाषा, जात्रा, बाजागाजा, चाडपर्व, मेला, ग्रन्थ, पेशालाई समुदायको अपनत्व र संलग्नतामा संवद्र्धन तथा संरक्षण गर्दै महानगरको संस्कृतिलाई पर्यटनसँग जोड्ने तथा गुठी प्रणालीको प्रवद्र्धन, संरक्षण गर्दै दिगो विकासका लागि प्रतिबद्ध रही कार्य गर्ने बताएकि छन्।
सिंहले सबल र समुन्नत पूर्वाधारअन्तर्गत सहजरूपमा हिँडडुल गर्ने पूर्वाधारको निर्माण गरी पैदलयात्री केन्द्रित सहरका रूपमा महानगरलाई विकास गर्ने, महानगर क्षेत्रभित्र सबैखालका पूर्वाधारको निर्माणमा मौलिक ज्ञान, प्रविधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्ने, महानगरको कार्यक्षेत्र भित्रपर्ने सम्पूर्ण पूर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीयरूपमा समयमै सम्पन्न गर्ने तथा मर्मत–सम्भारका लागि अविलम्ब कार्य गर्न सक्ने गरी संस्थागत क्षमताको विकास गर्ने सङ्कल्प गरेका छन्।
त्यस्तै सवल युवा, स्वावलम्बी महिला, सिर्जनशील महानगरबासी बनाउन उनले युवाका लागि अवसर, महिलाको सशक्तीकरण र सम्पूर्ण महानगरबासीको सिर्जनशीलता अभिवृद्धि गर्न आवश्यक पहलकदमी लिनुका साथै उद्यमशीलताको विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्ने बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - १७:५७
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट यूएफसीको छनोट प्रतियोगिता ‘रोड टु यूएफसी सिजन ५’ को सेमिफाइनलमा प्रवेश गरेका छन्। बिहीबार मकाउस्थित ग्य...
जेष्ठ १४ गते, २०८३ - १७:३१
तेहरान। इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि बढेको छ भने अधिकांश एसियाली शेयर बजारमा गिरावट आए...
जेष्ठ १४ गते, २०८३ - १७:०६
काठमाडौँ । राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम एसियामा राष्ट्रसङ्घीय शान्ति स्थापना सञ्चालन भएको दिवसको स्मरणमा शुक्रबार राष्ट्रसङ्घीय श...
जेष्ठ १४ गते, २०८३ - १६:५७
काठमाडौं । सहकारी संस्थाहरूमा देखिएको अनियमितता र बेथितिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले सहकारी दर्ता, कार्यक्षेत्र विस्तार, शाखा तथा सेवा केन्द्र...
जेष्ठ १४ गते, २०८३ - १६:४०
काठमाडौँ। कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु भएको छ । कान्तिपुर फिल्म एकेडेमीको थिएटरमा हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल पहिलो...
जेष्ठ १४ गते, २०८३ - १६:३४
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेको छ। ...
जेष्ठ १४ गते, २०८३ - १६:०५
काठमाडौं । सरकारले सिंहदरबार परिसरभित्र अस्थायी टहरामा सञ्चालन भइरहेका चमेना गृह (क्यान्टिनरखाजा घर) हटाउने निर्णय कार्यान्वयनमा ल्याएको छ। प्रधानम...
जेष्ठ १४ गते, २०८३ - १५:४५
काठमाडौँ। मलेसियामा जारी एसियन गेम्स छनोटमा लागातार दोस्रो जित निकाल्दै नेपाली महिला क्रिकेट टिम सेमिफाइनल प्रवेश गरेको छ । महिला क्रिकेटको दोस्रो...
जेष्ठ १४ गते, २०८३ - १५:३२
काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ । सोमबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक वासना थापाले सरकार बहु...
जेष्ठ १४ गते, २०८३ - १५:१६
नयाँदिल्ली। भारतको पूर्वी राज्य विहारमा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । बिहीबार भएको घटनाको पुष्...



प्रतिकृया लेख्नुहोस्: