काठमाडौं । भारतमा कोइलाको आपूर्तिमा देखिएको व्यवधानका कारण बिजुली उत्पादनमा असर परेपछि त्यसको प्रभाव नेपालमा समेत परेको छ । भारतको ऊर्जा एक्सचेञ्ज बजारमा नेपाल विद्युत् प्राधिकरणले माग गरेअनुसारको बिजुली पाउन नसक्दा त्यसको असर नेपालका औद्योगिक क्षेत्रमा पर्ने देखिएको छ । समस्या समाधानका लागि अझै १५ देखि २० दिन थप लाग्ने देखिएको छ । प्राधिकरणले भारतबाट द्विपक्षीय सम्झौता, इनर्जी एक्सचेञ्जलगायतबाट बिजुली आयात गरिरहेको छ ।
प्राधिकरणले हाल भारतबाट दैनिक ३०० देखि ३५० मेगावाट बराबर बिजुली आयात गरिरहेको छ । इनर्जी एक्सचेञ्ज बजारमा हरेक १५ मिनेटको एक स्ल्याब तयार गरी ९६ वटा स्लट तय गरिएको छ । त्यसमा दैनिक नै शेयर बजारमा जसरी बिजुलीको खरिद र बिक्री मूल्य तय हुन्छ । प्राधिकरण सहभागी हुने बोलपत्र प्रक्रियामा औसतमा ७० देखि १०० मेगावाट बराबर मात्रै बिजुली प्राप्त हुने गरेको छ ।
हाल देशभर बिजुलीको माग एक हजार ६०० मेगावाटको हाराहारीमा छ । देशभित्र आन्तरिकरुपमा एक हजार ३०० मेगावाट बराबरको बिजुली उपलब्ध बाँकी रहने ३०० मेगावाट बिजुली जोहो गर्न समस्या भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ ।
पाँचसय मेगावाट बराबरको बिजुलीका लागि बोलकबोल गर्दा समेत बिजुली पाउन सकिएको छैन । भारतमा कोइलाको आपूर्तिमा समस्या पैदा भएको छ भने अन्तर्राष्ट्रिय बजारमा नै कोइलाको मूल्यमा चार गुणाभन्दा बढीले वृद्धि भएको छ”, कार्यकारी निर्देशक घिसिङले भने, “थप एक महिना हामीलाई माग र आपूर्ति सन्तुलन मिलाउन समस्या भएको छ ।”
आगामी एक महिनाभित्रमा मनसुन सुरु हुने र खोलामा पानीको सतहसमेत बढ्ने भएकाले कुनै समस्या नहुने उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले घरायसी ग्राहकका लागि कुनै समस्या नहुने तर औद्योगिक ग्राहकका लागि भने केही समस्या पर्ने बताए।
प्रधानमन्त्री शेरबहादुर देउवाको गत महिनासम्म भारत भ्रमणको क्रममा ३६४ मेगावाट बराबरको बिजुली निर्यातका लागि मार्ग प्रशस्त भएको जानकारी दिँदै उनले छ महिनाका मात्रै बिजुली बिक्री गर्ने वातावरण बनेको खण्डमा हाल आयात भइरहेको बिजुलीकोको तुलनामा ठूलो धनराशि नेपाल भित्रिने उल्लेख गरे।
भारतको ऊर्जा बजारमा देखिएको समस्या केही महिना अझै जाने जानकारी आएको उल्लेख गर्दै उनले नेपालका लागि यो अवस्था अवसर पनि भएको बताए। आन्तरिकरूपमा देशभित्र पछिल्ला दिनमा ३०० देखि ८०० मेगावाटसम्म थप बिजुलीको माग बढेको छ । काठमाडौँ उपत्यकालगायत औद्योगिक क्षेत्रमा समेत माग बढेको तथ्य पेश गरे । कार्यकारी निर्देशक घिसिङले आन्तरिकरूपमा बिजुली व्यवस्थापनका लागि अधिकतम प्रयास भइरहेको र माथिल्लो तामाकोसीलगायतका आयोजनाबाट ठूलो राहत भएको समेत बताए ।
बुधबारबाट औद्योगिक ग्राहकका लागि लोडसेडिङ घोषणा हुने भएको छ । बिजुली माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादनले नपुग्ने र भारतबाट समेत बिजुली किन्न नपाएपछि नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्न लागेको हो । घरायसी र सामुदायिक ग्राहकका लागि भने बिजुली काटिने छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - १७:४४
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...
श्रावण १७ गते, २०८३ - १७:४४
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...
श्रावण १७ गते, २०८३ - १७:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले पार्टीका सदस्यले आफ्नो धार्मिक आस्था अनुसार विभिन्न सामाजिक वा धार्मिक अभियानमा सहभा...
श्रावण १७ गते, २०८३ - १६:५०
बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन अस्थायी बाँध भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भत्काएको आरोपपछि नेपाल–भारत सीमा क्षेत्रमा तनाव...
श्रावण १७ गते, २०८३ - १६:३९
बेइजिङ। उत्तर-पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन् । सरकारी सञ्चारमाध्यमले आइतबार सार्वजनि...
श्रावण १७ गते, २०८३ - १६:२०
म्याग्दी। विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाई’ को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएपछि उहाँको जन्मथलो म्याग्दी श...
श्रावण १७ गते, २०८३ - १६:०३
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते आइतबार बस्ने गरी आह्वान गरेको छ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, स...
श्रावण १७ गते, २०८३ - १५:५२
काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालले लघुवित्त संस्थाबाट पीडित नागरिकका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै...
श्रावण १७ गते, २०८३ - १४:०८
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा चालु कार्यकालमा दर्ता भएका १७ वटा उजुरीमाथि प्रारम्भिक छलफल गर्न समितिको बैठक सोमबार बस्ने भए...
श्रावण १७ गते, २०८३ - १३:५०
बोगोटा। पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को ...



प्रतिकृया लेख्नुहोस्: