Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank

ललितपुर जिल्लाका छ पालिकामा १४८८ जनाको उम्मेदवारी दर्ता

खबरडबली संवाददाता

ललितपुर । ललितपुर जिल्लाका छ पालिकामा गरी जम्मा एक हजार ४८८ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । ललितपुर महानगरपालिकामा प्रमुखमा १४ र उपप्रमुखमा १३ ले उम्मेदवारी दर्ता गराएका छन् । वडाध्यक्षमा १६९, वडा सदस्यमा २६६, महिला सदस्यमा १२६ र दलित महिला सदस्यमा ५७ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

गोदावरी नगरपालिकामा छ पालिकामध्ये प्रमुखका उम्मेदवार सबैभन्दा बढी २१ रहेका छन् । यो पालिकामा उपप्रमुखमा १०, वडाध्यक्ष ७६, वडा सदस्य ११०, महिला सदस्य ४८ र दलित महिला ३९ गरी ३३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

महालक्ष्मी नगरपालिकामा प्रमुखमा ११ र उपप्रमुखमा पाँचले उम्मेदवारी दर्ता गराएका छन् । सो पालिकामा वडाध्यक्षमा ५६, वडा सदस्य १०२, महिला सदस्य ४७ र दलित महिला सदस्य ३२ गरी जम्मा २५३ ले उम्मेदवारी दर्ता गराएका छन्। 

कोञ्जयोसोम गाउँपालिकामा अध्यक्षमा तीन जना र उपाध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । वडाध्यक्षमा १७, वडा सदस्यमा ३१, महिला सदस्य १५, दलित महिला सदस्य १२ गरी ८० ले उम्मेदवारी दर्ता गराएका छन् । 
बागमती गाउँपालिकामा प्रमुखमा नौ, उपप्रमुखमा पाँच र वडाध्यक्षमा २५ जनाको उम्मेदवारी परेको छ । वडा सदस्यमा ३२, महिला सदस्य १५ र दलित महिला सदस्य १२ गरी ९८ जनाको उम्मेदवारी परेको छ । 

महाङ्काल गाउँपालिकामा प्रमुख नौ, उपाध्यक्ष छ र वडाध्यक्षमा २८ जनाको उम्मेदवारी परेको छ । वडा सदस्यमा ३८, महिला सदस्य १६, दलित महिला सदस्य १२ गरी १०९ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारले आइतबार र सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए । आइतबार थोरै सङ्ख्यामा उम्मेदवार पुगे पनि प्रमुख राजनीतिक दलका प्रतिनिधि सोमबार अपराह्न मात्रै पुगेकाले उम्मेदवारी दर्ता गर्न नै ढिला भएको जिल्ला निर्वाचन अधिकारी गोमा धमला घिमिरेले बताए। कतिपय पालिकामा रातभर त कतिपयमा आज पनि दिउँसोसम्म तथ्याङ्कको कम्प्युटरमा राख्ने काम भइरहेको देखिन्थ्यो । कोञ्जयोसोम गाउँपालिकाले राति अबेर दर्ता सकाएको थियो भने अरु पालिकाले आज मात्रै सकाएका हुन् । 

ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन, नेकपा एमालेबाट हरिकृष्ण ब्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायतले उम्मेदवारी दिएका छन् । उपप्रमुखमा नेकपा एमालेबाट मञ्जली शाक्य ९आस्था०, नेकपा ९माओवादी केन्द्र० बाट बाबुराज बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वर्णिमा शाक्यलगायले उम्मेदवारी दर्ता गरेका छन् । 

गोदावरी नगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसका गजेन्द्र महर्जन, नेकपा ९एमाले० का गम्भीरबहादुर राना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजकुमार महर्जनले उम्मेदवारी दर्ता गराएकाछन् । उपप्रमुखमा नेपाली कांग्रेसबाट मुना अधिकारी, नेकपा ९एमाले० बाट रमी प्रधानाङ्ग, नेकपा ९एकीकृत समाजवादी० बाट श्यामकृष्ण सिलवाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रञ्जिता श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। 

महालक्ष्मी नगरपालिकाबाट प्रमुखमा नेकपा एमालेबाट हरिगोविन्द श्रेष्ठ, नेकपा माओवादी केन्द्रबाट शिव कट्टेल, नेकपा (एकीकृत समाजवादी) बाट नकुल थापाले उम्मेदवारी दिएका छन् । उपप्रमुखमा नेपाली कांग्रेसबाट लक्ष्मी महर्जन, नेकपा एमालेबाट वीना सुवेदी केसीले उम्मेदवारी दिएका छन्। 

बागमती गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट वीरबहादुर लोप्चन, नेकपा (एमाले) बाट नमराज सञ्जेल, नेकपा (एकीकृत समाजवादी) बाट केशवप्रसाद बजगाइँले उम्मेदवारी दिएका छन्। गाउँपालिका उपाध्यक्षमा नेकपा (एमाले) बाट नमूना दोङ र नेकपा (माओवादी केन्द्र) बाट भक्तकुमारी दर्लामीले उम्मेदवारी दिएका छन् । 

कोञ्जेसोम गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेबाट कृष्णमान लामा, नेकपा (माओवादी केन्द्र) बाट गोपीलाल सिङ्तानले उम्मेदवारी दिएका छन् । गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसबाट राजनप्रसाद घिमिरे, नेकपा ९एमाले० बाट रणिता तामाङले उम्मेदवारी दिएका छन् । 

महाङ्काल गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसबाट गणेश केसी, नेकपा (एमाले) बाट कमला तामाङ, नेकपा (एकीकृत समाजवादी) बाट राजनप्रसाद बञ्जाराले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै, उपप्रमुखमा नेकपा (एमाले) बाट पुरुषोतम हुमागाइँ, नेकपा ९माओवादी केन्द्र०बाट डोल्मा लामा र नेकपा (एकीकृत समाजवादी) बाट रोजिना दुलालले उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धन दलले साझा उम्मेदवार दिने समझदारी भए पनि ललितपुरमा भने नेकपा (एकीकृत समाजवादी) ले छुट्टै उम्मेदवारी दिएको छ । पार्टीले महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका, बागमती गाउँपालिका र महाङ्काल गाउँपालिकामा उम्मेदवारी दिइएको पार्टीका केन्दीय सदस्य अमृतनाथ तिमिल्सेनाले जानकारी दिए।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा

तेहरान । अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ । आइतबार सार्वजनिक एक ...

दिउँसो ३:३० बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ। मन्त्रिपरिषद् बैठक सोमबार बस्ने भएको छ । आज दिउँसो ३:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधा...

दुर्गा प्रसाईंको अनुसन्धान प्रतिवेदन पेश, राज्यविरुद्धको कसुरमा अभियोग सिफारिस

काठमाडौं । दुर्गा प्रसाईं विरुद्धको अनुसन्धान पूरा गरेर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ। जिल्ला प्रहरी कार्याल...

भारतमा पुन: इन्धन मूल्य वृद्धि

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन् । पछ...

विगतका सरकारका कारण आधारभूत आवश्यकतामै बहस गर्नुपरेको छ - सभामुख अर्याल

काठमाडौं । सभामुख डिपी अर्यालले विगतका सरकारहरूले प्रभावकारी काम नगर्दा अझै पनि आधारभूत आवश्यकताका विषयमा बहस गर्नुपर्ने अवस्था रहेको बताएका छन् । ...

गणतन्त्र दिवस समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने, प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने मूल समारोहलाई यस वर्ष राष्ट्रपतिले सम्बोधन गर्ने भएका छन् । यसबारे प्रधानमन्त्री ब...

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार ९०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु दुई लाख ९०...

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

लेखनाथ। बजेट अधिवेशनका रुपमा चिनिने गण्डकी प्रदेशसभाको अधिवेशन आज दिउँसोबाट सुरु हुँदै छ । सोमबार दिउँसो २ बजे भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्राल...

जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा - ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । कुलेखानी जलविद्युत् आ...

डडेल्धुरामा रुखबाट खसेर बालविकास शिक्षिकाको मृत्यु

डडेल्धुरा। रुखबाट खसेर डडेल्धुरामा एक बालविकास शिक्षिकाको मृत्यु भएको छ । आइतबार जिल्लाको अजयमेरु गाउँपालिका–१ खतेडाकी शिक्षिका लक्ष्मी भण्डारीको रुखब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending