Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank

काठमाडौँलाई सुशासन दिलाउनु मेरो प्रमुख लक्ष्य हो: नेत्री सिंह

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ महानगरपालिकाको नगरप्रमुखको उम्मेदवार सिर्जना सिंहले काठमाडौँलाई सुशासन दिलाउनु आफ्नो प्रमुख लक्ष्य भएको बताएकि छन्।

नेपाल महिला सङ्घ काठमाडौँ जिल्ला कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले २५ वर्षदेखि लथालिङ्ग अवस्थामा रहेको काठमाडौँ महानगरपालिकालाई सुव्यवस्थित गर्नका लागि आफूले नगरप्रमुख पदमा उम्मेदवारी दिएको बताइन्।

“कांग्रेस पार्टीले सार्वजनिक गरेको घोषणापत्र र मेरो प्रतिबद्धतापत्रलाई समावेश गरेर म जनताको घरदैलोमा पुग्छु, महिला अधिकार मेरो प्रमुख मुद्दा हुनेछ”, उनले भनिन् । काठमाडौँ महानगरभित्र आफू कसैको आमा, कसैको दिदी, कसैको भाउजु, कसैको बुहारी र कसैको सासु भएर काम गरेर देखाउने उनको भनाइ छ । नेत्री सिंहले विद्यार्थीकालमा आफूले राजनीति गरे पनि पछिल्लो समय राजनीतिक परिवारमा विवाह गरेपछि ससुरा गणेशमान सिंह, सासु मङ्गलादेवी सिंह र श्रीमान् प्रकाशमान सिंहको राजनीतिलाई सहयोग गर्दा आफू सक्रिय राजनीतिबाट पछाडि परेको उल्लेख गरिन्। “मैले राजनीतिमा पद लिइन, राजनीति गर्न छोडिन, अब पद लिनका लागि अगाडि बढेको छु, सारा काठमाडौँवासीले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु”, उनले भनिन् ।

कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले नेपालको मुटु काठमाडौँमा महिलाले नगरप्रमुखको उम्मेदवार पाउनु खुसीको कुरा भएको बताइन्। “राजनीतिक परिवारको व्यक्ति सिर्जनाले काठमाडौँ महानगरपालिकालाई राम्रो व्यवस्थापन गर्ने विश्वास लिएको छु”, उनले भनिन् । नेत्री देउवाले राजनीतिमा नातालाई भन्दा योग्यतालाई हेर्नुपर्ने बताइन् । कांग्रेस पार्टीले हरेक कुरामा छलफल र बहस गरेर निर्णय गर्ने बताउँदै पार्टीको साझा उम्मेदवार सिंह भएको भन्दै उनलाई जिताउनका लागि लाग्न काठामाडौँका जनतालाई उनले आग्रहसमेत गरिन्।

कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले महानगरको मेयरजस्तो कार्यकारी पदमा महिलालाई उम्मेदवार बनाउनु सम्पूर्ण महिलाप्रतिको सम्मान भएको बताइन् । काठमाडौँ महानगरपालिकी उपप्रमुख हरिप्रभा खड्गी ९श्रेष्ठ०ले आफूले काठमाडौँमा सुरुदेखि महिला प्रमुख हुनुपर्छ भन्ने विचार राख्दै आएको बताउँदै आफ्नै पार्टीले महिलालाई टिकट दिएर राम्रो काम गरेको बताइन् ।

नेपाल महिला सङ्घ काठमाडौँकी अध्यक्ष विष्णुदेवी पुडासैनी, नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य कल्याणी रिजाल, कांग्रेस काठमाडौँ महानगरपालिकाका सभापति नीलकाजी शाक्यलगायतले काठमाडौँ महानगरपालिकाको मुहार फेर्नका लागि सिंहलाई विजय गराउनु आवश्यक रहेको बताएकि थिइन्। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा

तेहरान । अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ । आइतबार सार्वजनिक एक ...

दिउँसो ३:३० बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ। मन्त्रिपरिषद् बैठक सोमबार बस्ने भएको छ । आज दिउँसो ३:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधा...

दुर्गा प्रसाईंको अनुसन्धान प्रतिवेदन पेश, राज्यविरुद्धको कसुरमा अभियोग सिफारिस

काठमाडौं । दुर्गा प्रसाईं विरुद्धको अनुसन्धान पूरा गरेर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ। जिल्ला प्रहरी कार्याल...

भारतमा पुन: इन्धन मूल्य वृद्धि

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन् । पछ...

विगतका सरकारका कारण आधारभूत आवश्यकतामै बहस गर्नुपरेको छ - सभामुख अर्याल

काठमाडौं । सभामुख डिपी अर्यालले विगतका सरकारहरूले प्रभावकारी काम नगर्दा अझै पनि आधारभूत आवश्यकताका विषयमा बहस गर्नुपर्ने अवस्था रहेको बताएका छन् । ...

गणतन्त्र दिवस समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने, प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने मूल समारोहलाई यस वर्ष राष्ट्रपतिले सम्बोधन गर्ने भएका छन् । यसबारे प्रधानमन्त्री ब...

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार ९०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु दुई लाख ९०...

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

लेखनाथ। बजेट अधिवेशनका रुपमा चिनिने गण्डकी प्रदेशसभाको अधिवेशन आज दिउँसोबाट सुरु हुँदै छ । सोमबार दिउँसो २ बजे भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्राल...

जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा - ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । कुलेखानी जलविद्युत् आ...

डडेल्धुरामा रुखबाट खसेर बालविकास शिक्षिकाको मृत्यु

डडेल्धुरा। रुखबाट खसेर डडेल्धुरामा एक बालविकास शिक्षिकाको मृत्यु भएको छ । आइतबार जिल्लाको अजयमेरु गाउँपालिका–१ खतेडाकी शिक्षिका लक्ष्मी भण्डारीको रुखब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending