काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाको प्रमुखमा २१ र उपप्रमुखमा १० जनाको उम्मेदवारी परेको छ ।आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी प्रमुखमा २१ र उपप्रमुखमा १० जनाको उम्मेदवारी परेको हो ।चन्द्रागिरि नगरपालिकाका निर्वाचन अधिकृत सिर्जना थपलियाले नगर प्रमुख, उपप्रमुखसहित ३८७ जनाको उम्मेदवारी परेको जानकारी दिए। उनका अनुसार वडाध्यक्षमा ९३ जनाको उम्मेदवारी परेको छ ।
यस्तै, वडा सदस्यमा १३७, महिला वडा सदस्यमा ६९ र दलित महिला सदस्यमा ५७ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत थपलियाले बताए । काठमाडौँ प्रवेशद्धारको मुख्य नाकामा रहेको चन्द्रागिरि नगरपालिकामा विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नगरप्रमुख नेपाली कांग्रेसको तर्फबाट घनश्याम गिरी र उपप्रमुखमा नेकपा ९एमाले०बाट लिशा नकर्मी निर्वाचित भएका थिए । हाल नेपाली कांग्रेसबाट नगरप्रमुखमा गिरी र उपप्रमुखमा यमुनादेवी श्रेष्ठको उम्मेदवारी तथा नेकपा ९एमाले०बाट नगरप्रमुखमा उत्तमबहादुर राउत र उपप्रमुखमा वसन्ती श्रेष्ठको उम्मेदवारी परेको छ । नेकपा (माओवादी केन्द्र)बाट नगरप्रमुखमा दिलबहादुर श्रेष्ठ र उपप्रमुखमा रुपा महर्जन (श्रेष्ठ)को उम्मेदवारी परेको छ ।
यस्तै, सञ्चारकर्मी रोशन दानीले पनि राष्ट्रिय जनमोर्चा पार्टीको तर्फबाट उपप्रमुखमा उम्मेदवारी दिनुभएको छ ।चन्द्रागिरि काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका साविक थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ मच्छेगाउँ गाउँ विकास समिति मिलेर बनेको काठमाडौँ उपत्यकाकै सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा १५ वडा रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १७:०१
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
पौष ३ गते, २०८२ - १६:३५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...
पौष ३ गते, २०८२ - १६:२५
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
पौष ३ गते, २०८२ - १६:१७
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...
पौष ३ गते, २०८२ - १६:१३
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...
पौष ३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...
पौष ३ गते, २०८२ - १५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...
पौष ३ गते, २०८२ - १५:२१
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...
पौष ३ गते, २०८२ - १५:१२
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...
पौष ३ गते, २०८२ - १५:०१
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...




प्रतिकृया लेख्नुहोस्: