Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank

चन्द्रागिरिमा प्रमुखमा २१ र उपप्रमुखमा १० जनाको उम्मेदवारी

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाको प्रमुखमा २१ र उपप्रमुखमा १० जनाको उम्मेदवारी परेको छ ।आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी प्रमुखमा २१ र उपप्रमुखमा १० जनाको उम्मेदवारी परेको हो ।चन्द्रागिरि नगरपालिकाका निर्वाचन अधिकृत सिर्जना थपलियाले नगर प्रमुख, उपप्रमुखसहित ३८७ जनाको उम्मेदवारी परेको जानकारी दिए। उनका अनुसार वडाध्यक्षमा ९३ जनाको उम्मेदवारी परेको छ ।

यस्तै, वडा सदस्यमा १३७, महिला वडा सदस्यमा ६९ र दलित महिला सदस्यमा ५७ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत थपलियाले बताए । काठमाडौँ प्रवेशद्धारको मुख्य नाकामा रहेको चन्द्रागिरि नगरपालिकामा विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नगरप्रमुख नेपाली कांग्रेसको तर्फबाट घनश्याम गिरी र उपप्रमुखमा नेकपा ९एमाले०बाट लिशा नकर्मी निर्वाचित भएका थिए । हाल नेपाली कांग्रेसबाट नगरप्रमुखमा गिरी र उपप्रमुखमा यमुनादेवी श्रेष्ठको उम्मेदवारी तथा नेकपा ९एमाले०बाट नगरप्रमुखमा उत्तमबहादुर राउत र उपप्रमुखमा वसन्ती श्रेष्ठको उम्मेदवारी परेको छ । नेकपा (माओवादी केन्द्र)बाट नगरप्रमुखमा दिलबहादुर श्रेष्ठ र उपप्रमुखमा रुपा महर्जन (श्रेष्ठ)को उम्मेदवारी परेको छ ।

यस्तै, सञ्चारकर्मी रोशन दानीले पनि राष्ट्रिय जनमोर्चा पार्टीको तर्फबाट उपप्रमुखमा उम्मेदवारी दिनुभएको छ ।चन्द्रागिरि काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका साविक थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ मच्छेगाउँ गाउँ विकास समिति मिलेर बनेको काठमाडौँ उपत्यकाकै सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा १५ वडा रहेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा

तेहरान । अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ । आइतबार सार्वजनिक एक ...

दिउँसो ३:३० बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ। मन्त्रिपरिषद् बैठक सोमबार बस्ने भएको छ । आज दिउँसो ३:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधा...

दुर्गा प्रसाईंको अनुसन्धान प्रतिवेदन पेश, राज्यविरुद्धको कसुरमा अभियोग सिफारिस

काठमाडौं । दुर्गा प्रसाईं विरुद्धको अनुसन्धान पूरा गरेर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ। जिल्ला प्रहरी कार्याल...

भारतमा पुन: इन्धन मूल्य वृद्धि

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन् । पछ...

विगतका सरकारका कारण आधारभूत आवश्यकतामै बहस गर्नुपरेको छ - सभामुख अर्याल

काठमाडौं । सभामुख डिपी अर्यालले विगतका सरकारहरूले प्रभावकारी काम नगर्दा अझै पनि आधारभूत आवश्यकताका विषयमा बहस गर्नुपर्ने अवस्था रहेको बताएका छन् । ...

गणतन्त्र दिवस समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने, प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने मूल समारोहलाई यस वर्ष राष्ट्रपतिले सम्बोधन गर्ने भएका छन् । यसबारे प्रधानमन्त्री ब...

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार ९०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु दुई लाख ९०...

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

लेखनाथ। बजेट अधिवेशनका रुपमा चिनिने गण्डकी प्रदेशसभाको अधिवेशन आज दिउँसोबाट सुरु हुँदै छ । सोमबार दिउँसो २ बजे भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्राल...

जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा - ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । कुलेखानी जलविद्युत् आ...

डडेल्धुरामा रुखबाट खसेर बालविकास शिक्षिकाको मृत्यु

डडेल्धुरा। रुखबाट खसेर डडेल्धुरामा एक बालविकास शिक्षिकाको मृत्यु भएको छ । आइतबार जिल्लाको अजयमेरु गाउँपालिका–१ खतेडाकी शिक्षिका लक्ष्मी भण्डारीको रुखब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending