काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले स्थानीय तहको निर्वाचनमा सहभागीता जनाएको छ। रोल्पा जिल्लाका विभिन्न ६ पालिकामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको हो।
रोल्पा इन्चार्ज केशबहादुर बाँठा (सुवाश) ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ६ स्थानीय तहमा उम्मेदवारी दर्ता भएको जानकारी दिए।
पार्टीका केन्द्रीय सदस्य तथा धादिङ जिल्ला इन्चार्ज चुडामणि वली (आदर्श) ले गंगादेव गाउँपालिका अध्यक्षमा, उपाध्यक्षमा सुशीला वलीसहित वडामा समेत उम्मेदवारी दिएको छ।
वडा नम्बर २, ३, ४, ५ र ६ मा उम्मेदवारी दिएको उक्त पार्टीले जानकारी दिएको छ।
वडा नम्बर २ मा टिकाराम नेपाली, ३ मा लालबहादुर वली, ४ मा नन्दे वली, ५ मा यमन मल्ल र ६ मा दिपेन्द्र खत्रीले ९स्वतन्त्र० रूपमा उम्मेदवारी दिएका छन्। जसमा वडा नम्बर ५ बाहेक सबै वडामा महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्यमा समेत उम्मेदवारी दिएको पार्टीले जनाएको छ।
पार्टीका अनुसार परिवर्तन गाउँपालिका अध्यक्षमा लालबहादुर वली र उपाध्यक्षमा मीरा बुढामगरले उम्मेदवारी दिएका छन्। परिवर्तनको वडा नम्बर १ बाहेक सबै वडामा उम्मेदवार दर्ता भएका छन्।
गाउँपालिकाको वडा नम्बर २ मा अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष अनिल केसी, ३ मा जिल्ला सदस्य पृथ्वी डाँगी, ४ मा जिल्ला सदस्य चित्रबहादुर बुढा (गणेश), ५ मा खिमप्रसाद घर्ती शाह र ६ मा दिपक थापाले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै बिद्रोही मानिने थबाङ गाउँपालिका अध्यक्षमा अमित घर्ती, अजय घर्ती र महेश बुढामगरले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। यहाँ गाउँपालिकाको उपाध्यक्षमा रायबहादुर पुन मगरको उम्मेदवारी परेको छ। सोही गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा फर्के झाँक्री, २ मा तिर्थनारायण मिजार र ५ मा डुकमन रोकाले (स्वतन्त्र) उम्मेदवारी दिएका छन्।
यीमध्ये थबाङ गाउँपालिकामा दर्जित रोकामगरको समेत स्वतन्त्र उम्मेदवारी परेको छ। जिल्लाको सुनिलस्मृति गाउँपालिका अध्यक्षमा कमल थापा र उपाध्यक्षमा दिपेश विष्टले उम्मेदवारी दिएका छन्।
सोही गाउँपालिकाको वडा नम्बर २ मा बेगमध्वज थापा र वडा नम्बर ६ मा सन्तोष सुवेदीले वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। सुवेदी नेकपाका विशेष कमिटी सदस्य हुन्।
लुंग्री गाउँपालिका अध्यक्षमा भूपेन्द्र खड्का क्षेत्री र उपाध्यक्षमा ज्ञानुमाया बिकले उम्मेदवारी दिएकी छन्। लुंग्रीको वडा नम्बर १ मा धनबहादुर खत्री, २ मा जितमान खड्का, ३ मा लिलाबहादुर घर्ती क्षेत्री, ४ मा टेकबहादुर विष्ट र ५ मा श्रवण कुमार रोकामगरले वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
त्यस्तै सुनछहरी गाउँपालिका अध्यक्षमा नेकपा नेता पुस्तमन घर्ती मगरले उम्मेदवारी दिएका छन्। स्रोतका अनुसार सुनछहरीमा नेकपाका (स्वतन्त्र) उम्मेदवार पुस्तमन घर्ती एमालेको सूर्य चिन्हबाट चुनावमा भाग लिन लागेका छन्।
नेकपा (स्वतन्त्र) मा हेमन्त पुनले ६ नम्बर वडा अध्यक्षमा उम्मदेवारी दिएका छन्। सुनछहरीमा नेकपाका केन्द्रीय सदस्य अमर झाँक्री (सन्जीव कुमार) अध्यक्ष हुने गरी तीन पार्टीबीच गठबन्धन गर्ने सहमति भएको छ।
विप्लव नेतृत्वको नेकपाबाट रोल्पा नगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा धनबहादुर थापा र माडी गाउँपालिका –५ को वडाध्यक्षमा प्रकाश खत्रीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
त्यस्तै त्रिवेणी गाउँपालिकाको ३ नम्बर वडामा वेदबहादुर पुन र ६ नम्बरमा खिमराज पुनले अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: