काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता गन्तव्यमा साताको तीन उडान सञ्चालन गर्ने भएको छ ।
निगमले काठमाडौँ–नारिता गन्तव्यमा साताको दुई उडान भर्दै आएकोमा मे १ तारिख २०२२ देखि साताको तीन उडान गर्ने भएको हो ।
उक्त गन्तव्यमा निगमले साताको तीन दिन आइतबार, मङ्गलबार र शुक्रबार उडान सञ्चालन गर्ने योजना बनाएको निगमले आज विज्ञप्तिमार्फत जनाएको छ ।
जापान सरकारको नियमानुसार आइतबार र मङ्गलबारको उडानमा जम्मा १४० यात्रुहरु एवं शुक्रबारको उडानमा जम्मा १२० जना यात्रु मात्र बोक्न पाइने विज्ञप्तिमा जनाइएको छ ।
विशेषगरी कोभिड महामारीपछि हवाई यात्रुको चाप बढेको एवं मागको तुलनामा सिट सङ्ख्याको उपलब्धता ज्यादै न्यून रहेकाले उडान सङ्ख्या थप्न लागिएको निगमले जनाएको छ ।
जहाजको क्षमताभन्दा करिब आधा कम क्षमतामा काठमाडौँ–नारिता यात्रु बोक्न परेकाले स्वाभाविकरूपमा हाल भाडादर केही महँगो हुन गएको छ । काठमाडौैँ–नारिता रुटमा करसहित बिजनेश क्लासमा रु एक लाख ५२ हजार र इकोनोमी क्लासमा रु एक लाख १९ हजार भाडादर कायम गरिएको छ ।
यसरी तोकिएको मूल्यभन्दा बढी भाडा लिई टिकट बिक्री वितरण गरेको गुनासो प्राप्त भएको हुँदा कसैले तोकिएको मूल्यभन्दा बढी मूल्य लिई बिक्री वितरण गरेको पाइएमा नियमानुसार कारबाही हुने पनि निगमले स्पष्ट पारेको छ ।
यदि कसैले बढी भाडा असुलेको पाइएमा यात्रु महानुभावलाई प्रमाणसहित निगममा उजुरी गर्नुहुन अनुरोध गरिएको छ । काठमाडौँ–नारिता सेक्टरमा सिट सङ्ख्या बढाउन नेपालस्थित जापानी राजदूतावासलाई अनुरोध गरिसकिएको पनि निगमले जानकारी दिएको छ । निगमले नारिता–काठमाडौँ सेक्टरमा भने जहाज पूर्ण क्षमतामा उडान गरिरहेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: