Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

धनगढी उपमहानगरपालिकाको प्रमुखमा दश जनाको उम्मेदवारी

खबरडबली संवाददाता

धनगढी । आसन्न स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा १० र उपप्रमुखमा सात जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। 

उम्मेदवारी दर्ता गाराउनेमा राजनीतिक दलका सहित स्वतन्त्र उम्मेदवारसमेत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपमहानगर प्रमुखमा सत्ता साझेदार दल नेपाली कांग्रेसका तर्फबाट नृपबहादुर ओडले उम्मेदवारी दर्ता गराए।  यस्तै नेकपा ९एमाले०बाट रणबहादुर चन्द, लोकतान्त्रिक समाजवादी पार्टीका वसन्तबहादुर विश्वकर्मा, सचेत पार्टी नेपालका भारती थापा, जनता समाजवादी पार्टीका कलेन्द्र ऐर, राष्ट्रिय जनमोर्चाका अञ्जना श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीका निमकुमार चौधरी र स्वतन्त्र गोपाल हमाल, उद्धवराज पन्त र मदनकृष्ण भट्टले उम्मेदवारी दर्ता गराएका छन्। 

उपमहानगरको उपप्रमुखमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का शान्ति अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै उपप्रमुखमा नेकपा (एमाले)का कन्दकला राना थारू, नेपाल परिवार दलका विष्णुकुमारी विश्वकर्मा, नागरिक उन्मुक्ति पार्टीका सावित्रा चौधरी, राप्रपाका दुर्गादत्त पन्त, विवेकशील साझा पार्टीका विमलाकुमारी पन्त ओझा र स्वतन्त्रबाट कांग्रेसका नेता प्रभाकर भण्डारीले उम्मेदवारी दर्ता गराए। 

जिल्लाका अन्य १२ पालिकामा समेत उम्मेदवारी दर्ताको काम अबेर राति सम्पन्न भएको छ ।

थेगिनसक्नु भीड

उम्मेदवारीको मनोनयन दर्ता गराउने सोमबार अन्तिम दिन जिल्लाका पालिका तहमा मनोनयन गर्न आउनेको थेगिनसक्नु भीड लागेको थियो । थेग्नै नसक्ने गरी भीड लागेपछि निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको काम पनि अबेर रातिसम्म भएको थियो । 

उम्मेदवारी दिन चाहने अधिकांश एकसाथ निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि देखिएको भीडले उम्मेदवारी दर्ताको काम केही असहजसमेत बनेको देखिन्थ्यो ।

कैलारी गाउँपालिकाका निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले भने, “सर्वदलीय बैठकमा उम्मेदवारी दर्ताका लागि पालैपालो आउन आग्रह गरेका थियौँ, तर आज उहाँहरु एकसाथ आउँदा दर्ता काममा केही असहजता महसुस भएको छ ।” 

भीड लागे पनि उम्मेदवारी दर्ताको काम शान्तिपूर्ण र उत्साहजनक वातावरणमा भएको निर्वाचन अधिकृतले जानकारी दिए। 

सत्ता साझेदार दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले जिल्लाका १३ पालिकाको प्रमुख तथा उपप्रमुखमा तालमेल गरेर उम्मेदवारी दिने सहमति गरेका थिए । 

सहमतिअनुसार कांग्रेसले सात, माओवादीले चार र एकीकृत समाजवादीले दुई पालिकाको प्रमुखमा  उम्मेदवारीको मनोनयन दर्ता गराएको छ । यी दलबीच पालिका तहका प्रमुख, उपप्रमुखमा तालमेल भए पनि सहमति जुट्न नसकेका वडा तहका पदमा भने मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति गरेका थिए ।

एउटै पार्टीका दुई जनाको उम्मेदवारी

जिल्लाको लम्कीचुहा नगरपालिकाको प्रमुखमा कांग्रेसका तर्फबाट दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसका भक्तबहादुर थापा र सुशीला शाहीले प्रमुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो । 

उनीहरु दुवैले पार्टीको सिफारिसपत्रसहित उम्मेदवारी दर्ता गराइसकेको छन्। 

उम्मेदवारी दर्ता गराउनुभएका थापाले आफूले कांग्रेस प्रदेश समितिको आधिकारिकपत्रसहित उम्मेदवारी दर्ता गराएको बताए। उनले भने, “आफूले प्रदेश समितिले दिएको टिकट र आधिकारिकपत्रसहित उम्मेदवारी दर्ता गराएँ, पछि उहाँ सुशीला शाहीले पनि पार्टीकै तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको सुन्नमा आएको छ ।”

पार्टीको आधिकारिक उम्मेदवारले मात्र पार्टीको चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने जनाइएको छ । जिल्लाका १३ पालिका तहका झण्डै ६८९ जनप्रतिनिधिका लागि निर्वाचन हुन लागेको हो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending