Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

नेपालमा आठ सय वर्षमा ५० वटा ठूला भूकम्प, गएको थियो राजाको पनि ज्यान

खबरडबली संवाददाता

काठमाडौं । वि.सं. २०७२ मा ठूलो धनजनको क्षति हुनेगरी भैँचालो जानुअघिसम्म धेरैले 'नब्बे सालको भैँचालो' भनेर चिन्ने वि.सं. १९९० को भूकम्पलाई पछिल्लो समयको सबैभन्दा ठूलो भैँचालोको रूपमा लिने गर्थे।

भैँचालोको जोखिम क्षेत्रमा रहेको भनिएको नेपालमा वारंवार 'नब्बे सालको जस्तै भैँचालो आउन सक्छ' भनेर जनमानसलाई सार्वजनिक रूपमा भन्ने गरेको पाइन्थ्यो।

त्यसबारे कैयौँ लेख लेखिएको भेटिन्थ्यो। स्वदेशी र विदेशी दातृनिकायको आर्थिक सहयोगमा हुने भैँचालोसम्बन्धी कार्यक्रमहरूमा पनि यस्ता अभिव्यक्ति सार्वजनिक हुने गरेको सुनिन्थ्यो।

वि.सं. २०७२ साल वैशाख १२ गते दिउँसो ११:५६ मा गएको भैँचालोले मुलुकभरि ठूलो धनजनको क्षति गर्‍यो। र, धेरैले आज पनि त्यसलाई नब्बे सालकै भैँचालोसँग तुलना गर्ने गरेका छन्।

पाठ

बहत्तर सालको भैँचालोमा हामीले आफ्नै पालामा हाम्रा बा वा हजुरबाहरूले सुनाउने गरेको 'नब्बे सालको भैँचालोको कथा' जस्तै भयानक विपद् भोग्यौँ।

तर न सर्वसाधारण न त सरकारी ओहोदामा रहनेहरूले त्यस भैँचालोबाट पाठ लिएको देखिन्छ। अहिले पनि भैँचालो थाम्ने खाले निर्माण नभइरहेको गुनासो सार्वजनिक हुने गरेको छ।

मृगस्थली

विशेष गरेर सहरी क्षेत्रमा त्यस्तै विपद् पर्दा आवश्यक पर्ने खुला स्थानहरू राखेको देखिँदैन।

विभिन्न ऐतिहासिक ग्रन्थ, लेख र लेखोटहरू हेर्दा नेपालमा हरेक शताब्दीमा एक वा दुई ठूला खाले भैँचालाहरू गएकै देखिन्छ।

त्यस्ता भैँचालाको प्रभाव देशका धेरै भागमा परेको विवरणहरू पाइन्छन्। साना र मझौला खाले भैँचालोहरू त गइरहेकै हुन्छन्।

गल्ती 

नेपालमा गएका भैँचालाहरूको विवरण समावेश गरेर लेखिएका कतिपय पुस्तक र लेखहरूमा पनि गल्तीहरू भेटिएका छन्।

भैँचालाहरूको कुरा गर्दा धेरैले सम्झना गर्ने पुस्तकमध्येमा ब्रह्मशमशेर जङ्गबहादुर राणाले लेखेको 'नेपालको महाभूकम्प' पर्छ।

महेशराज पन्त

यो पुस्तकमा नब्बे सालको भैँचालोको विषयमा धेरै र त्यसभन्दा अघिका भैँचालोहरूका विषयमा केही उल्लेख गरिएको पाइन्छ।

यो नब्बे सालको भैँचालो गएको एक वर्षपछि प्रकाशित भएको थियो। तर त्यसमा नब्बे साल अघिको भैँचालोबारे राणाले लेख्दा गल्ती हुन गएको भनी नयराज पन्त भन्ने गर्थे। उक्त पुस्तकको आफ्नो निजी प्रतिमा उनले त्यसको संशोधन पनि गरेर राखेका थिए।

खोजी 

अध्ययन गर्दै जाँदा मैले पनि त्यो पुस्तकमा गल्तीहरू भेट्दै गएँ। नेपालको खानी तथा भूगर्भ विभागका भूगर्भशास्त्रविद् र भूकम्पविद्याविद् जीआर चित्रकार र माधवराज पाण्डेले अङ्ग्रेजी भाषामा लेखेको 'इतिहासमा चढेका, नेपालमा गएका भैँचाला' भन्ने एउटा लेखमा पनि ब्रह्मशमशेरकै गल्ती दोहोर्‍याएको भेटियो।

यस्तै कारणहरूले मैले नेपालमा गएका भैँचालाहरूको इतिहास खोतल्ने निधो गरेँ र वि.सं. १८६८ जेठ २४ गते गएको एउटा भैँचालोबारे सप्रमाण लेखी संशोधन मण्डलद्वारा प्रकाशित हुँदै आएको 'पूर्णिमा'को ९५ पूर्णाङ्कमा त्यसलाई २०५५ सालमा छपाएँ।

नब्बे सालको भूकम्पलगत्तै ब्रह्मसंशेर जङ्गबहादूर राणाले लेखेको 'नेपालको महाभूकम्प' पुस्तकलाई नेपालमा गएका भूकम्पहरूको विवरण भएको एउटा महत्त्वपूरण किताब मानिन्छ

फ्रान्सको 'सँत्र नासओनल् दे ला रशेर्‍शे साँतिफिक्' अर्थात् शास्त्रीय अन्वेषणको राष्ट्रिय केन्द्रबाट मलाई २०५६ सालको हिउँदमा तीन महिनाका लागि त्यहाँ अन्वेषण गर्ने प्रस्ताव आयो।

मैले त्यहाँ तीन महिनामा सकिने खालको अन्वेषण गर्नुपर्ने थियो। त्यसैले मैले नेपालका भैँचालाकै विषय समातेँ। प्यारिसमा गरेको त्यस अध्ययनबाट एउटा छाप्न मिल्ने पुस्तिका नै तयार भयो।

त्यो लेख २०५७ वैशाख ८ गते काठमाण्डूमा भएको एउटा गोष्ठीमा प्रस्तुत हुनुका साथै संशोधन मण्डलबाट प्रकाशित भएको अङ्ग्रेजी भाषाको जर्नल 'आदर्श'मा पनि त्यो लेख छापियो। पछि प्यारिसबाट पनि उक्त लेखको सारांश फ्रेन्च भाषामा छापिएको छ।

राणा

कुन हो सबैभन्दा पुरानो भैँचालो?

यसरी मैले ऐतिहासिक तथ्यहरूमा आधारित भएर नेपालका भैँचालासम्बन्धी इतिहासको अध्ययन गर्दा कतिपय पुस्तक र लेखहरूमा प्रशस्त गल्तीहरू भेटेँ र तिनलाई सच्याउने प्रयास पनि गरेँ।

नेपालका प्राचीन टिपोट र अभिलेखहरूको मेरो हालसम्मको अध्ययनले नेपालमा गएका भैँचालामध्ये ऐतिहासिक तथ्य भेटिएको सबैभन्दा पुरानो भैँचालो भनेको वि.सं. १२८० मा गएको भैँचालो हो।

यो त्यस वर्षको पौष शुक्ल प्रतिपदाका दिन गएको भनिएको छ। मैले अध्ययन गर्दा लक्ष्मीपति-नयराज सङ्ग्रहमा जुनजुन सालका पात्राहरू उपलब्ध भए तिनको पनि उपयोग गरेँ।

यसबीच दिनेशराज पन्तको अन्वेषणबाट पनि भैँचालाको इतिहासको विषयमा केही तथ्य फेला परे।

गोपालराजवंशावली, मण्डलवंशावली, भाषावंशावली, नेपालिकभूपवंशावलीसहित पुराना हस्तलिखित पात्राहरूमा उल्लेख गरिएका विवरणहरू भेला पारेर मैले नेपालका भैँचालाहरूबारे तथ्यहरू खोजेको हुँ।

त्यस क्रममा एकै साल पनि धेरैवटा भैँचालाहरू गएको तथ्य भेटिन्छ। चाँडचाँडै दोहोरिएका भैँचालाहरू अहिले भन्ने गरिएको परकम्प पनि हुनसक्छन्।

राजाकै मृत्यु

गोपालराजवंशावली अनुसार वि.सं. १३१२ को भैँचालोमा त्यसबेलाका राजा अभय मल्लको मृत्यु भएको उल्लेख छ।

त्यस भैँचालोले देवल र घरहरू धेरै भत्किएको र तीन भागको एक भाग प्रजाहरूको मृत्यु भएको भन्ने विवरण त्यसमा देखिन्छ।

त्यसबेला चार महिनासम्म जमिन हल्लिरहेको वंशावलीमा उल्लेख भएकोले उसबेला पनि अहिले जस्तै परकम्पहरू आएका रहेछन् भन्ने बुझिन्छ।

भैँचालोकै कारण १५ दिन देखि एक महिनासम्म देश छाडेर बाहिर जानुपरेको विवरण ऐतिहासिक दस्तावेजमा पाइन्छ।

वि.सं. १४०१ मा गएको भैँचालोलाई चाहिँ ठूलो भैँचालो भनेर गोपालराजवंशावलीमा लेखिएको छ। त्यो भैँचालो दशैँको फूलपातीका दिन गएको रहेछ।

त्यसको भोलिपल्ट महाष्टमीका दिन राजा अरि मल्लको मृत्यु भएको ऐतिहासिक विवरण भेटिएको छ।

त्यसबेला भक्तपुर शासनको केन्द्र थियो। तर अरि मल्लको मृत्यु भने देउपाटन (पशुपतिक्षेत्र)मा भएको उल्लेख छ।

त्यसबेला राजाहरूको राज्याभिषेक देउपाटनमा नै गर्ने चलन थियो। मृत्यु हुन लागेकाहरूलाई पशुपतिक्षेत्र लाने चलनअनुसार अरि मल्ललाई पनि त्यसबेला देउपाटन लगिएको हुनसक्छ।

नेपालमा गएका भूकम्पहरूको विवरण. .  .

वि.सं. १२८० देखि वि.सं. १९९० सम्ममा ४८ वटा भैँचालाहरू गएका विवरणहरू तथ्यसहित भेटिएका छन्।

त्यस यता २०४५ सालमा मझौला खालको र २०७२ सालमा ठूलो भैँचालो गएका हुन्। झन्डै आठ सय वर्ष (७९५ वर्ष)को नेपालको इतिहासमा २०४५ सालको भैँचालोलाई पनि सामेल गर्दा कुल ५० वटा ठूला भैँचाला गएको देखिन्छ।

कतिपय ऐतिहासिक विवरणहरूमा ती भैँचालाहरूले ठूलो क्षति पुर्‍याएको उल्लेख छ।

अपूर्ण

अन्य शास्त्रमा जस्तो औसत निकाल्न मिल्ने भए करिब आठ सय वर्षको यो विवरण हेरेर हामी हरेक १६ वर्षमा एउटा भैँचालो जानसक्छ भन्न सक्थ्यौँ।

तर इतिहासमा न यस्तो औसत निकाल्न मिल्छ न त त्यसो गर्नु वैज्ञानिक नै हुन्छ। यसरी औसत निकाल्न किन पनि मिल्दैन भने कुनैकुनै साल एकै वर्षमा धेरैपटक भैँचाला पनि गएका छन्।

यसले नेपाल भैँचालाको जोखिममा रहेको कुरालाई भने स्पष्ट पार्छ। इतिहासका यी विवरणहरूको विश्लेषण गरेर भूकम्पविद्याविद्हरूले आफ्नै ढङ्गले वैज्ञानिक विश्लेषण पनि गर्न सक्लान्।

नेपालमा अभिलेख राख्ने राम्रो परम्परा नभएकोले यस्ता भैँचाला यी भन्दा धेरै नै बढी गए होलान् भनी अनुमान गर्न सकिन्छ।

भैँचालोको इतिहासको जे जति खोजी भयो त्यो पनि एकाध मानिसको व्यक्तिगत प्रयासमा भएकोले यो निकै अपूर्ण छ। भैँचालाको बारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै तर्फबाट प्रशस्त खर्च भइरहेको छ।

भैँचालोको इतिहासको खोजीमा योग्य व्यक्तिहरूलाई जिम्मेवारी सुम्पेको खण्डमा अझ बढी प्रकाश पर्थ्यो कि जस्तो मलाई लाग्छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending