Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

म्याग्दीमा गर्मी सुरु भएसँगै खानेपानीको अभावः छिमेकीसँग सधैँ झगडा

खबरडबली संवाददाता

म्याग्दी । भर्खरै गर्मी सुरु भएको छ । गर्मीसँगै म्याग्दीको ग्रामीण क्षेत्रमा खानेपानीको अभाव पनि सुरु भएको छ । 

जिल्लाको बेनी नगरपालिका–२ बगरफाँट गाउँको सिरानमा हरियो जङ्गल छ । जङ्गलभन्दा माथिपट्टी विशाल पहरो र दक्षिण पश्चिमतर्फ उत्तरतिर फर्किएको भीर र छहरा छन् । गाउँको पुछारमा म्याग्दी नदी सललल बगिरहेको छ । बाहिरबाट पहिलो पटक गाउँमा आएका मानिसका लागि यहाँ के कुराको दुःख होला र ? जस्तो लाग्ने बगरफाँट गाउँमा गर्मी सुरु हुने वित्तिकै खानेपानीको हाहाकार नै हुने गर्दछ ।

गाउँमा धारा छन् । बाढीपहिरो र समय समयमा ट्याङ्की तथा पाइपलाइनमा देखिने खराबीका कारणबाहेक अघिपछि ती धारामा पानी पनि आउँछ । तर त्यो पानीले स्थानीयवासीको आवश्यकतालाई पूर्ति गर्न नसक्दा पानी भर्ने र घरघरमा पाइपमार्फत पानी लैजाने निहुँमा छिमेकीसँग स्थानीयवासिन्दा झगडा गर्न बाध्य हुन्छन् ।

बगरफाँटको खहरेखोला टोलमा सात घर परिवारका लागि एउटा धारो छ । धारोमा सानो पानी झर्छ । धारा वरिपरि पाइप असरल्ल विछ्याइएका छन् । पाइप जोडेर आफ्नो घरमा पानी लैजानका लागि छिमेकी हानथाप गर्ने गरेको स्थानीयवासी बताउँछन् । स्थानीयवासी डोलेन्द्र शर्मा ९गोपाल० ले सात घर परिवारका करिब ३० व्यक्तिले दैनिक रुपमा एउटै धारो प्रयोग गर्नुपर्दा समस्या हुने गरेको बताए। उनले भने, “धारामा सानो पानी आउँछ । सबैले धाराको पानी पाइपमार्फत आआफ्नो घरसम्म पु¥याउन खोज्छन् । त्यही पानी तरकारी र फलफूलमा सिँचाइका लागि पनि प्रयोग गर्नुपर्ने हुँदा छिमेकीको सधैँ झगडा हुने गर्दछ ।”

खहरेखोला टोलमा मात्रै होइन, २२२ घरधुरी रहेको बगरफाँट गाउँभरि नै यस्तै समस्या रहेको स्थानीयवासी बताउँछन् । यहाँ माघदेखि जेठसम्म सधैँ खानेपानीको समस्या हुने गरेको स्थानीयवासी टीकाबहादुर कार्कीले बताए। “वस्ती विस्तार हुँदै जाँदा पानीको समस्या उत्पन्न हुँदै गएको छ”, उनले भने,  “पानीको स्रोत सुक्दै गएपछि यो समस्या आएको हो ।”

स्थानीयवासीका अनुसार बगरफाँटका जलकुनी, आप्रे छहरो, भिरकुना, उडाइनो छहरा, जरुवालगायत ६ ठाउँका पानीका मूल सुकेपछि खानेपानीको समस्या जटिल बन्दै गएको छ । बगरफाँट गाउँ सदरमुकामदेखि नजिकै रहेको र प्रायः सबै सुविधा यहाँ उपलब्ध भएकाले जिल्लाका अरु गाउँबाट पनि बसाइ सरेर कामको खोजीमा यहाँ आउने क्रम बढेकाले पनि खानेपानीका लागि थप समस्या उत्पन्न भएको स्थानीयवासी दुर्गाबहादुर थापाले बताए।

बगरफाँटमा बेनी नगरपालिका–३ भकिम्ली र वडा नं २ को बगरफाँट सामुदायिक वनको सिमानामा पर्ने दुधेखोलाको मुहानबाट पाइपमार्फत पानी ल्याइएको छ । विसं २०६८ मा सञ्चालनमा आएको बगरफाँट खानेपानी तथा सरसफाइ आयोजना १० वर्ष नबित्दै जीर्ण बन्दै गएको र मर्मत सम्हारको अभावमा पानीको चुहावटसमेत हुने गरेको स्थानीयवासीको गुनासो छ । साविकको खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय म्याग्दी र स्थानीयवासीको श्रमदान गरी करिब रु ६० लाखको लागतमा निर्माण भएको सो आयोजना स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरेपछि अहिले समस्या देखिएको हो । आयोजना पूर्णरुपमा उपभोक्ता समितिकै स्वामित्वमा रहेको छ । अहिले सो समिति पनि निस्क्रिय अवस्थामा रहेकाले पाइपलाइनमा समस्या देखिएको छ । समयमा मर्मत कार्य नहुँदा खानेपानीको समस्या झन विकाराल हुँदै गरेको स्थानीयवासीको भनाइ छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending