काठमाडौँ । हालसम्म भएका १५ सयभन्दा बढी अध्ययनहरुले नरिवलको तेल संसारकै सबैभन्दा स्वस्थ खाद्यपदार्थ भएको प्रमाणित गरेका छन् । यसमा तीन प्रकारका विशेष फ्याट्टी एसिड हुन्छन्, जसलाई क्याप्रिलिक एसिड, लौरिक एसिड र क्याप्रिक एसिड भनिन्छ । नरिवलको तेलको ६२ प्रतिशत तैलीय पदार्थ यी तीन स्वस्थकर फ्याट्टी एसिडले बनेका हुन्छन् । छाला र कपालमा गर्ने फाइदाबाहेक यसका अन्य स्वास्थ्यसम्बन्धी फाइदाहरु निम्न छन्
१. मुटुको रोग र उच्च रक्तचाप रोकथाम गर्छः नरिवलको तेलमा प्राकृतिक स्याचुरेटेड फ्याट बढी हुन्छ । यसले स्वस्थ कोलेस्टेरोल (एचडील) बढाउनेमात्र होइन, खराब कोलेस्टेरोल (एलडिएल) लाई स्वस्थ कोलेस्टेरोलमा परिवर्तन गर्न सहयोग गर्छ । यसबाट मुटुको रोग र उच्च रक्तचापको समस्याबाट रोकथाम हुन्छ ।
२. अल्जाइमरको प्राकृतिक उपचारः कलेजोले यसको एसिड पचाउँदा केटोन भन्ने तत्व निस्कन्छ, जसले दिमागलाई ऊर्जा प्रदान गर्छ । यसो गर्दा ग्लुकोजबाट शक्ति पैदा गर्न इन्सुलिनको आवश्यकता पर्दैन । अध्ययनहरुबाट के पत्ता लागेको छ भने दिमागले आफ्नै इन्सुलिन पैदा गर्छ । अल्जाइमरका रोगीको दिमागले आफ्नै इन्सुलिन पैदा गर्न सक्दैन । नरिवलको तेलबाट प्राप्त हुने केटोनले दिमागलाई आवश्यक पर्ने वैकल्पिक ऊर्जा पैदा गर्न मद्धत गर्छ ।
३. मिर्गौला स्वस्थ राख्छः नरिवलको तेलमा मुत्राशय तथा मिर्गौलालाई स्वस्थ राख्ने क्षमता हुन्छ । यस्तै, यसले कलेजोमा क्षति पुग्नबाट समेत जोगाउँछ ।
४. आर्थराइटिसबाट जोगाउँछः भारतमा भएको अध्ययनले नरिवलको तेलले अन्य आधुनिक औषधिभन्दा आर्थराइटिसलाई प्रभावकारी रुपमा निको पार्न सहयोग गर्ने देखाएको थियो ।
५. क्यान्सर रोकथाम गर्छः यसले क्यान्सरसंग लड्न पनि सहयोग गर्छ ।
६. स्मरण क्षमता बढाउँछः सन् २००४ मा भएको अध्ययनले नरिवलको तेलमा पाइने एसीड स्मरण क्षमता बढाउनमा उपयोगी भएको पाइएको थियो ।
७. छालाको समस्या समाधान गर्छः यसले अनुहार सफा राख्नुका साथै मोस्चराइजरको काम गर्छ। साथै छालाका धेरै समस्या समाधान गर्न पनि सहयोग गर्छ ।
८. तौल घटाउँछः विभिन्न अध्ययनहरुले नरिवलको तेलले तौल घटाउन सहयोग पु¥याउने देखाएका छन् । सन् १९८५ मै गरिएको एक अध्ययनले नरिवलको तेलसहितको क्याप्रिक एसिडको इन्जेक्सनले मुसाहरुमा तीब्र रुपमा तौल घटेको पाइएको थियो ।
९. ब्याक्टेरिया मार्छः नरिवलको तेलमा पाइने आधाजति फ्याटी एसिड लौरिक एसिड हुन् । यो एसिडले ब्याक्टेरिया, भाइरस, ढुसीलाई मार्छ। यसलाई शरीरमा लगाउनाले यस्ता ब्याक्टेरिया मर्छन् ।
१०. बेडरुममा पनि प्रयोग गर्न सकिन्छ
यो स्वास्थ्यका लागि फाइदाजनक त हुन्छ नै, यसलाई बेडरुममा छर्कनाले मानिसको यौन जीवनमा सकारात्मक महसुस गराउँछ । यो एन्टी फंगल र एन्टी ब्याक्टेरियल भएकाले यसले संक्रमणबाट पनि बचाउँछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: