काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले काठमाडौँ उपत्यकामा पानी वितरणका लागि आवश्यक तयारी पूरा गरेको छ ।
मेलम्चीको पानी आइतबार बिहानसम्ममा महाँकालचौरमा पानी आइपुग्ने बताइएको छ । गत वर्षको अनुभवका आधारमा पानी वितरण गरिने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए। उनका अनुसार गत वर्ष वितरण हुन नसकेका ठाउँमा पानी वितरण गरिनेछ । उनले भने, “अघिल्लो वर्ष के–कारणले ती ठाउँमा पानी नपुगेको हो, त्यो हेरेर त्यसको समाधान गरिनेछ ।”
अहिले पनि अधिकांश स्थानमा नयाँ पाइपको परीक्षण गर्न बाँकी भएकाले पनि पुरानो पाइपबाट नै वितरण गर्न लागिएको लिमिटेडले जनाएको छ । पुरानो पाइपबाट पानी वितरण गर्दा नयाँ पाइप भने परीक्षण हुने प्रमुख कार्यकारी निर्देशक शाक्यले बताए ।
पानी वितरणका क्रममा पाइपमा चुहावट हुँदा मर्मत तत्काल गर्नुपर्ने उनले बताए। गत वर्ष सडकले अनुमति नदिँदा मर्मत गर्न ढिला भएको थियो । उनले भने, “सडक खन्नासाथ तत्काल मर्मत गर्न नपाउँदा ढिला हुन्छ । मेलम्ची खोलाबाट १७ करोड लिटर पानी ल्याउने भए पनि अहिले तत्काल थोरैबाट सुरु गरिने तयारी गरिएको छ ।
गत वर्ष पनि सुरुमा थोरै परिमाणबाट पानी वितरण थालिएको थियो । अहिले सुरुमा पाँच करोड लिटर पानी ल्याइने र विस्तारै बढाइने उनले बताए । उनले भने, “पाँच करोडबाट सुरु गरिएपछि छ करोड लिटर हुँदै आठ करोड लिटरबाट बढाइएको हो ।”
सरकारले विसं २०७६ फागुनमा पानी पथान्तरण गरेको थियो । गत वर्ष असारमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । आयोजनास्थलसम्म पुग्ने पहुँच सडक बाढीका कारणले क्षतिग्रस्त बन्दा कोही पनि आयोजनास्थल पुगेका थिएनन् । केही महिना पहिले सडक मर्मत गरेर आयोजनाका संरचना खुलाइएपछि हाल पानी काठमाडौँ ल्याइएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ११ गते, २०८३ - ११:२५
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार ९०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु दुई लाख ९०...
जेष्ठ ११ गते, २०८३ - ११:०८
लेखनाथ। बजेट अधिवेशनका रुपमा चिनिने गण्डकी प्रदेशसभाको अधिवेशन आज दिउँसोबाट सुरु हुँदै छ । सोमबार दिउँसो २ बजे भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्राल...
जेष्ठ ११ गते, २०८३ - १०:३६
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । कुलेखानी जलविद्युत् आ...
जेष्ठ ११ गते, २०८३ - १०:२८
डडेल्धुरा। रुखबाट खसेर डडेल्धुरामा एक बालविकास शिक्षिकाको मृत्यु भएको छ । आइतबार जिल्लाको अजयमेरु गाउँपालिका–१ खतेडाकी शिक्षिका लक्ष्मी भण्डारीको रुखब...
जेष्ठ ११ गते, २०८३ - १०:२२
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका र भीमदत्त नगरपालिकाका विद्यालय एक साता बन्द हुने भएका छन् । अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्य अव...
जेष्ठ १० गते, २०८३ - १७:२३
बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक संकटसँग जुध्दै आएको हेटौंडा सिमेन्ट उद्योगको आज निरीक्षण गरेकी छन् ।...
जेष्ठ १० गते, २०८३ - १७:११
काठमाडौं । बागमती नदी मा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव फेला परेको छ भने अन्य तीन जना सकुशल भेटिएका छन्। शनिबार दिउँसो रौतहट र सिन्धु...
जेष्ठ १० गते, २०८३ - १६:५३
नेपाल क्रिकेट संघ (क्यान)ले भारत भ्रमणमा सहभागी हुने नेपाल ए टोली घोषणा गरेको छ। क्यानले भारतको उत्तराखण्ड मा मे २२ देखि जुन २, २०२६ सम्म सञ्चालन ह...
जेष्ठ १० गते, २०८३ - १६:३०
काठमाडौँ। सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयो...
जेष्ठ १० गते, २०८३ - १६:२६
कालीकोट। बाजुराको हिमाली गाउँपालिका–३, लाम्पाटामा भएको घटनाको छानबिन, दोषीमाथि कारबाही तथा पीडितलाई न्यायको माग गर्दै हिमाली युवा क्लबले कर्णाली करिडो...



प्रतिकृया लेख्नुहोस्: