जुम्ला । जुम्लाका ४१ मतदान केन्द्र अतिसंवेदनशील केन्द्रको सूचीमा परेका छन् । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा जिल्ला सुरक्षा समिति जुम्लाले मतदान केन्द्रको वर्गीकरण गरेको हो ।
अति संवेदनशील, संवेदनशील र सामान्य संवेदनशील मतदान केन्द्रका रूपमा वर्गीकरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार जिल्लाका ६९ मतदान केन्द्रमध्ये ४१ मतदान केन्द्र अति संवेदनशील सूचीमा रहेको बताए । संवेदनशील १५ मतदान केन्द्र रहेका छन् । सामान्य मतदान केन्द्र २३ वटा छन् ।
प्रनाउ चन्दले भन्नुभयो, “विसं २०७४ को निर्वाचनको अवस्था हेरेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो । भौगोलिक विकटता र यातायातको सहज पहुँच नपुगेको मतदान केन्द्रलाई अति संवेदनशील केन्द्रका रूपमा राखिएको छ । जिल्लाको सडक पुगेको तर पुल नहुँदा सवारी साधन जान नसकेको तिला गाउँपालिकाको मतदान केन्द्रलाई अति संवेदनशील केन्द्रका रूपमा हेरिएको प्रनाउ चन्दले बताए ।” त्यहाँ पुग्नका लागि करिब ७ घण्टा लाग्ने अनुमान गरिएको छ ।
स्थानीय निर्वाचनमा सुरक्षा जनशक्ति अभाव देखिएको छ । म्यादी प्रहरीलाई १० दिनको तालिम दिएर परिचालन गर्ने तयारी भइरहेको छ । जुम्लामा ६६९ म्यादी प्रहरी भर्ना गरिएको छ । सबै मतदान केन्द्रमा प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा रहेको सुरक्षा समितिको टोली पुगेर सुरक्षा चुनौतीको अनुगमन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिलो स्थानीय निर्वाचन २०७४ मा तीन चरणमा निर्वाचन भएकाले सुरक्षा जनशक्ति परिचालन गर्न सहज भएको थियो । अहिले सबै स्थानीय तहमा एकैपटक निर्वाचन हुने भएकाले समस्या छ । एकीकृत सुरक्षा योजनानुसार सुरक्षाकर्मी खटाइने भएको छ । केन्द्रसँग पनि जनशक्ति माग भइरहेको छ ।
निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा अघि बढाउनका लागि जिल्ला सुरक्षा समितिले हरेक विकल्प अपनाउँदै आएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - ११:४८
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले संसद पुनर्स्थापनाको बाटो रोज्दै पार्टी महाधिवेशन ढिलो गर्नु कांग्रेसका लागि गम्भीर रूपमा प्रत्युत्पाद...
पौष ८ गते, २०८२ - ११:३८
काठमाडौं । काठमाडौंमा उत्पादन भएको रायो सागमा उच्च मात्रामा विषादी भेटिएको छ। बिक्रीका लागि मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा ल्याइएको रायो साग...
पौष ८ गते, २०८२ - ११:३०
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ। मंगलबार सुनको मूल्य एकैदिन ५ हजार ५ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन...
पौष ८ गते, २०८२ - ११:२०
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको तीन महिनामै उप्किएको छ । ठेकदारको लापरबाहीका कारण सडकका विभिन्न स्थानमा काल...
पौष ८ गते, २०८२ - ११:०२
काठमाडौं । बंगलादेशमा इन्कलाब मञ्चसँग आबद्ध विद्यार्थी नेता उस्मान हादीको हत्यापछि फेरि अर्का एक राजनीतिक नेतालाई सार्वजनिक स्थानमै गोली हानी हत्या गर...
पौष ८ गते, २०८२ - १०:५४
काठमाडौँ । हेटौँडा सडक विस्तारका क्रममा प्रभावित भएका स्थानीयहरूले माइतीघर मण्डलामा बाजासहित विरोध प्रदर्शन गरेका छन्। हेटौँडामा २५ गज सडक सीमाभित्...
पौष ८ गते, २०८२ - १०:४६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको क्षेत्रभित्र अनुमति लिएर पनि भौतिक रूपमा सञ्चालनमा नरहेका १०७ वटा विद्यालय फेला परेका छन्। महानगरपालिकाको नगर शिक्ष...
पौष ८ गते, २०८२ - १०:१९
भैरहवा। नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका उम्मेदवारका लागि जिल्लाबाट सिफारिस भएर आएका सबै नाम केन्द्रीय सम...
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...




प्रतिकृया लेख्नुहोस्: