Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

गुरागाईंलाई वसुन्धराश्री, रावललाई मानश्री पुरस्कार

खबरडबली संवाददाता

काठमाडौं । वरिष्ठ साहित्यकार ठाकुरप्रसाद गुरागाईँ (म्यान्मा)लाई २०७९ सालको वसुन्धराश्री पुरस्कार तथा कलाकार थानबहादुर रावल (म्यान्मा)लाई २०७९ सालको मानश्री पुरस्कार प्रदान गरिने भएको छ । 

वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले उत्कृष्ट आधुनिक नेपाली कथा, उपन्यास र नाटकको सिर्जनाद्वारा नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी नेपाली डायस्पोरामा नेपाली भाषा र साहित्यको स्थान र पहिचान उच्च र अक्षुण राख्न विशिष्ट योगदान दिएको भन्दै गुरागाईँलाई वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि रु ७५ हजार रहेको छ । 

यस्तै आधुनिक नेपाली गीत, नाटक, चलचित्र र हास्यव्यङ्ग्यको सिर्जना र अभिनयद्वारा नेपाली वाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरी नेपाली डायस्पोरामा आफ्नो अलग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गर्नुहुने कलाकार रावललाई मानश्री पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

विसं २००४ चैतमा म्यान्माको मोगोकमा जन्मनुभएका वरिष्ठ कलाकार रावलका ‘सुन मायालु’, ‘दुःखीको दाइजो’, ‘जम्काभेट’लगायत कृति प्रकाशित छन् भने दर्जनौँ नेपाली चलचित्र तथा नाटकमासमेत निर्देशन र अभियन गरेका छन्। 

यसअघि वसुन्धराश्री पुरस्कारद्वारा कविवर माधवप्रसाद घिमिरे (२०५७), वरिष्ठ उपन्यासकार दौलतविक्रम विष्ट (२०५८), वरिष्ठ कथाकार तथा नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ (२०५९), वरिष्ठ समालोचक यदुनाथ खनाल (२०६०), वरिष्ठ आख्यानकार मदनमणि दीक्षित (२०६१), वरिष्ठ उपन्यासकार डायमनशम्शेर राणा (२०६२), वरिष्ठ साहित्यकार इन्द्रबहादुर राई (२०६३), वरिष्ठ कवि मोहन कोइराला (२०६४), वरिष्ठ संस्कृतिकर्मी सत्यमोहन जोशी (२०६५), वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधान (२०६६), वरिष्ठ कवि वैरागी काँइला (२०६७, वरिष्ठ कवि धर्मराज थापा (२०६८), वरिष्ठ समालोचक प्रा डा वासुदेव त्रिपाठी (२०६९, वरिष्ठ चित्रकार शशि शाह (२०७०), वरिष्ठ कलाकार हरिप्रसाद रिमाल (२०७१), वरिष्ठ सङ्गीतकार अम्बर गुरुङ (२०६७२), वरिष्ठ आख्यानकार लीलबहादुर क्षेत्री (२०७३), वरिष्ठ समालोचक प्रा  डा तारनाथ शर्मा (२०७४), वरिष्ठ गायक प्रेमध्वज प्रधान (२०७५), वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ (२०७६), आख्यानकार डा ध्रुवचन्द्र गौतम (२०७७) र लोकगायक कुमार बस्नेत (२०७८)लाई सम्मान गरिएको थियो ।

यसैगरी प्रतिष्ठानले यसअघि मानश्री पुरस्कारद्वारा कवि तथा गीतकार दिनेश अधिकारी (२०५७), साहित्यकार विनय रावल (२०५८), नाटककार अशेष मल्ल (२०५९), गजलकार ज्ञानुवाकर पौडेल (२०६०), साहित्यकार मञ्जुल (२०६१), कथाकार मधुवन पौडेल (२०६२), कवि विष्णुविभु घिमिरे (२०६३), कवि कृष्णभूषण बल (२०६४), कथाकार भुवन ढुङ्गाना (२०६५), कथाकार सनत रेग्मी (२०६६), कवि विजय बजिमय (२०६७), समालोचक डा रामदयाल राकेश (२०६८), कथाकार डा वेञ्जु शर्मा (२०६९), चित्रकार किरण मानन्धर (२०७०), कलाकार नीर शाह (२०७१), गायक दीप श्रेष्ठ (२०७२), साहित्यकार दुर्गाप्रसाद श्रेष्ठ (२०७३), साहित्यकार तथा सञ्चारकर्मी खगेन्द्र नेपाली (२०७४), गायक भक्तराज आचार्य (२०७५), कलाकार हरिवंश आचार्य (२०७६), साहित्यकार सरुभक्त (२०७७) र गायिका मीरा राणा (२०७८)लाई प्रदान गरिएको थियो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भने तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ ...

असी करोड आठ लाख राजस्व सङ्कलन

बागमती । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना रु ८० करोड आठ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ ।  चालु आर्थिक वर्षको प्रथम छ महिनामा रु त...

झापामा अज्ञात व्यक्तिद्वारा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

बिर्तामोड । भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ । अज्ञात व्यक्तिको आक्रमणमा सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको छ । जिल्...

खानेतेल र चामलमा देखिएको अस्वाभाविक मूल्यवृद्धि पछाडिका सम्भाव्य कारण

काठमाडौं । विगत केही समयदेखि तेल र चामलजस्ता दैनिक उपभोग्य वस्तुमा देखिएको मूल्यवृद्धिको कारण केलाउने काम भइरहेको र मातहतका निकायले अनुगमन तीव्र पारेक...

चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा-५ मा तालमेलका लागि अघि सारेको प्रस्तावलाई नेपाली कम्युनिस्ट पा...

बैतडी दुर्घटना अपडेट- मृत्यु हुनेको संख्या १३ पुग्यो

बैतडी ।  बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।  जिल्लाको पुर्चौडी नगरपालिका वडा ७ को भौनीबाट बेहुली लिएर लिएर बझाङ...

प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रचारप्रसारमा जानुअघि राजनीतिक दल र उम्मेदवारले घोषणा पत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था न...

फोहर फाल्नेलाई महानगर प्रहरीले कारबाही गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रमा बग्ने बागमती नदी र नदी किनारको दायाँबायाँ फोहर फाल्नेलाई आगामी शनिबारदेखि महानगर प्रहरीले गस्ती गरी कानुनी ...

म्याग्दीमा दलहरुलाई उछिनेर महावीर पुनले मार्लान् बाजी ?

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा हुन...

आइतबारदेखि कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप लगाइने

काठमाडौंँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार) देखि किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE