काठमाडौं । नेपाल पत्रकार महासङ्घले कान्तिपुर टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक लागू गर्नुपर्ने र बिनाकारण निष्काशन गरिएका पत्रकार दीपा दाहालको पुनर्बहाली गर्नुपर्ने माग राख्दै आज दोस्रो दिन पनि धर्ना दिएको छ ।
महासङ्घले सोमबारदेखि उक्त माग गर्दै चरणबद्ध सङ्घर्षका कार्यक्रम अघि सारेको हो । आन्दोलनकारीले तिनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालयको गेटमा धर्ना दिएका थिए । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, सल्लाहकार निर्मला शर्मा, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरीलगायत धर्नामा उपस्थित थिए ।
अध्यक्ष पोखरेलले महासङ्घ जुन उद्देश्यका साथ आन्दोलनमा उत्रिनुपरेको हो त्यसको गन्तव्यमा नपुग्दासम्म पछि नहट्ने र सुरु गरेको लडाइँलाई जितको स्थानमा पुराएरै छोड्ने प्रतिबद्धता व्यक्त गरे। उनले संवाद, सडक सङ्घर्ष र कानुनी प्रक्रियाका आधारमा श्रमजीवी पत्रकारको पक्षमा महासङ्घले काम गरिरहेको तथा तत्काल समस्या समाधानका लागि कान्तिपुर व्यवस्थापन पक्षलाई आग्रह गरे।
महासङ्घका सल्लाहकार शर्माले निष्काशित दाहाललगायत बिना कारण निकालिएका पत्रकारको पुनर्बहालीको माग गर्दै महासङ्घले सुरु गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १० गते, २०८३ - १७:२३
बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक संकटसँग जुध्दै आएको हेटौंडा सिमेन्ट उद्योगको आज निरीक्षण गरेकी छन् ।...
जेष्ठ १० गते, २०८३ - १७:११
काठमाडौं । बागमती नदी मा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव फेला परेको छ भने अन्य तीन जना सकुशल भेटिएका छन्। शनिबार दिउँसो रौतहट र सिन्धु...
जेष्ठ १० गते, २०८३ - १६:५३
नेपाल क्रिकेट संघ (क्यान)ले भारत भ्रमणमा सहभागी हुने नेपाल ए टोली घोषणा गरेको छ। क्यानले भारतको उत्तराखण्ड मा मे २२ देखि जुन २, २०२६ सम्म सञ्चालन ह...
जेष्ठ १० गते, २०८३ - १६:३०
काठमाडौँ। सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयो...
जेष्ठ १० गते, २०८३ - १६:२६
कालीकोट। बाजुराको हिमाली गाउँपालिका–३, लाम्पाटामा भएको घटनाको छानबिन, दोषीमाथि कारबाही तथा पीडितलाई न्यायको माग गर्दै हिमाली युवा क्लबले कर्णाली करिडो...
जेष्ठ १० गते, २०८३ - १६:०९
सर्लाही । सर्लाही, रौतहट र मकवानपुरको सीमा क्षेत्रस्थित बागमती नदीले बगाएर बेपत्ता दुई युवक आइतबार दिउँसो मृत फेला परेका छन् । बागमती नदीले बगाएर स...
जेष्ठ १० गते, २०८३ - १६:००
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमश: सम्बोधन गर्दै जाने विश्वास व्यक्त गरेको छन्...
जेष्ठ १० गते, २०८३ - १५:४२
काठमाडौँ। एसियाली खेलकुद (एसियन गेम्स) अन्तर्गतको क्रिकेट प्रतियोगिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान...
जेष्ठ १० गते, २०८३ - १५:२३
काठमाडौँ । प्रतिनिधि सभाका विपक्षी दलहरू सरकारले अपनाएको कार्यशैलीविरुद्ध थप सशक्त रूपमा प्रस्तुत हुने सहमतिमा पुगेका छन्। नेपाली कांग्रेस, नेकपा (...
जेष्ठ १० गते, २०८३ - १४:५७
सिड्नी। नेपालबाट छोरा भेट्न अस्ट्रेलिया पुगेकी ५५ वर्षीया नेपाली महिलाको सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमै निधन भएको छ। काठमाडौंको सुकेधारा निवासी...



प्रतिकृया लेख्नुहोस्: