Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

टाइफाइडविरुद्धको खोप छुटेका बालबालिकालाई वैशाख ९ गते लगाइने

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौँ महानगरपालिकाले छुटेका बालबालिकालाई यही वैशाख ९ गते टाइफाइडविरुद्धको खोप लगाउने जनाएको छ । सरकारले गत चैत २५ देखि यही वैशाख १८ गतेसम्म खोप लगाउने तालिका सार्वजनिक गरेको भए पनि अहिले विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गर्ने समय भएकाले यही वैशाख ९ गते यसअघि छुटेकालाई खोप लगाउन लागिएको हो । कामपा सहरी स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीका अनुसार धेरै बालबालिकाले खोप लगाइसकेका छन् । छुटेका केहीलाई वैशाख ९ गते प्रत्येक वडा क्लिनिकबाट खोप लगाउने कार्यक्रम छ ।    

यसअघि छुटेकालाई वैशाख ९ गते र त्यसपछि पनि लक्षित समूहमा कोही छुटे भने सरकारले तोकेको नियमित खोप लगाउने खोप केन्द्रमा गएर लगाउनुपर्ने प्रमुख त्रिपाठीले भन्नुभयो । सरकारले गत चैत २५ देखि वैशाख १८ गतेसम्म १५ महिनामाथि १५ वर्षसम्मका उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने कार्यक्रम अभियानका रूपमा सञ्चालन गरिरहेको छ । अभियान सहज होस् भन्नका लागि सामुदायिक र निजी गरी ६०० विद्यालयमा खोप केन्द्रको व्यवस्था गरिएको छ । कामपाले कम्तीमा २०० विद्यार्थी भएको प्रत्येक विद्यालयमा केन्द्र सञ्चालन गरेको थियो । 

राष्ट्रिय खोप कार्यक्रमलाई सरकारको पहिलो प्राथमिकता एवं जनस्वास्थ्यको सफल कार्यक्रमका रूपमा लिइएको छ । हाल यो कार्यक्रममार्फत १२ वटा एन्टिजेनसमेत समावेश गरी नियमित खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट बालबालिकाको बिरामी दर, अपाङ्गता र शिशु तथा बाल मृत्युदरसमेतमा उल्लेख्य कमी आउनसक्ने विश्वास सरकारको छ । नेपालमा अझै पनि टाइफाइड रोगको उच्च सङ्क्रमण र जोखिम रहनुका साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँच कारणभित्र यसलाई लिइएको छ । अभियानको सुरुआत गत चैत २४ गते प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खोटाङमा हत्या आरोपमा तीन जना पक्राउ

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित निभारेका ३१ वर्षीय धनजित राईको हत्या आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ...

एसीसी प्रिमियर कप- कतारले मलेसियालाई हराएपछि नेपाल सेमिफाइनलमा

काठमाडौँ । कतारले एसीसी प्रिमियर कपमा मलेसियालाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा कतारले मलेसियालाई ४ विकेटले पराजित गरेको हो । मलेसियाले दिएक...

प्रधानमन्त्रीलाई कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेश

काठमाडौँ । प्रधानमन्त्री तथा राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेश गरिएको छ । सङ्...

आयोगले सिफारिस गरेका ४३ जनालाई कारवाही गर्न शिक्षा मन्त्रालयले पठायो अख्तियारलाई पत्र

काठमाडौँ । शिक्षा मन्त्रालयले ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’ ले कारबाही सिफारिस गरेकामाथि अनुसन्धान गर्न अख्तियारलाई पत्र पठ...

मुसिकोटमा आगो निभाउने क्रममा १ जनाको मृत्यु, १ घाइते

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।   ...

हङकङलाई हराउदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जित हासिल गरेको छ । सोमबार सम्पन्न खेलमा हङकङलाई २ विकेटले पराजित गरेसँगै नेपालले प्रतियोगितामा ल...

नागढुङ्गा सुरूङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्तावेज हुनेछ- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार विकासमा नागढुङ्गा सुरूङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्तावेज हुने बताएका छन् ।  ना...

वैवाहिक बलात्कारको आरोपमा पूर्वन्यायाधीश गिरी जेल चलान

काठमाडौं । वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित भएपछि जेल चलान भएका छन् । सर्वोच्च अदा...

नेपालले पर्वत र जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद गर्दै

काठमाडौँ । नेपालले पहिलो पटक आगामी जेठमा पर्वत र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संवादको आयोजना गर्ने भएको छ । पर्वतीय क्षेत्रको मुद्दामा सबै ...

कानुन निर्माणमा सांसद गम्भीर बन्नुपर्छ:अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संविधान निर्माण भइसकेपछि आवश्यक कानुन निर्माणमा सङ्घीय सांसदहरु गम्भीर हुनुपर्ने बताएका छन...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies