काठमाडौं । सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकाकालाई जुकाको औषधि खुवाउने तयारी गरेको छ । भिटामिन ‘ए’ क्याप्सुल २७ लाख बालबालिका तथा जुकाको औषधि २४ लाख बालबालिकालाई खुवाइने परिवार कल्याण महाशाखा, पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिए।
भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र भिटामिन ‘ए’सँगै जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो । उहाँका अनुसार भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने छ । उक्त कार्यक्रमका लागि रु ६ करोड ७२ लाख बजेट बिनियोजन गरिएको उनले बताए।
वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ । मन्त्रालयले नजिकैको वितरण केन्द्रमा गई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १५ गते, २०८० - १८:०१
पशुपतिनाथको गुरुयोजना अघि बढाइने र बुद्ध सर्किट बनाउने
जेष्ठ १५ गते, २०८० - १७:५७
न्यूनतम ३ महिनालाई पुग्ने गरी पेट्रोलियम पदार्थको भण्डारण गर्ने
जेष्ठ १५ गते, २०८० - १७:५१
काठमाडौँ । सरकारले श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड रकम बजेट बिनियोजन गरेको छ । सो मन्त्रालयमातहत विभिन्न कार्यक्रम घोषणा गर...
जेष्ठ १५ गते, २०८० - १७:४४
काठमाडौँ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड बजेट विनियोजन भएको छ । सरकारले आगामी आर्थिक वर्षमा ५ करोड ६० लाख डोज भ्याक्सिन उत्...
जेष्ठ १५ गते, २०८० - १७:३५
काठमाडौँ । सरकारले जग्गाको कित्ताकाट आगामी आर्थिक वर्षमा फुकुवा गर्ने घोषणा गरेको छ । डा. प्रकाशशरण महतले केही अघिदेखि रोकिँदै आएको जग्गाको कित्ताकाट...
जेष्ठ १५ गते, २०८० - १७:२८
काठमाडौँ ।सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले औषधि प्रयोजनका ...
जेष्ठ १५ गते, २०८० - १७:१२
काठमाडौं । सरकारले सवै स्थानीय तहमा रोजगारी सिर्जना गर्ने भएको छ । सरकारले आर्थिक बर्षको बजेटमा यस कामका लागि सात अर्ब बजेट बिनियोजन गरेको अर्थमन्त्री...
जेष्ठ १५ गते, २०८० - १७:०४
सरकारी कर्मचारीलाई सवारी साधनको सट्टा नगदै प्रदान गरिने
जेष्ठ १५ गते, २०८० - १६:५२
काठमाडौं । काठमाडौं । चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ । अर्थमन्त्री डा प्रकाशशरण महत...
जेष्ठ १५ गते, २०८० - १६:४५
काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षको सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ हुने अनुमान सार्वजनिक गरेका छन् । यसमध्ये च...
प्रतिकृया लेख्नुहोस्: