Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank

शिक्षा सुधारबारे शिक्षामन्त्री र एडीबीका उपाध्यक्षबीच भेटवार्ता

खबरडबली संवाददाता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र एसियाली विकास बैंक ९एडीबी० का उपाध्यक्ष सिचिन छिनबीच नेपालको शैक्षिक सुधारका विषयमा आज भेटवार्ता भएको छ ।

भेटमा शिक्षामन्त्री पौडेलले नेपालका शिक्षा क्षेत्र सुधारका विभिन्न प्रस्ताव राखेको मन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री पौडेलले तीन वर्षमा सबै विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्ने, शिक्षक दरबन्दी पूरा गर्ने, क्याम्पसहरूको पुनर्निर्माण गर्ने, शिक्षकहरूलाई तालिमको व्यवस्थापन गर्ने, प्राविधिक शिक्षा विस्तार गर्ने र शिक्षण संस्थामा आईसीटी ल्याबहरू पु¥याउनेलगायत प्रस्ताव गर्नुभयो । मन्त्री पौडेलको प्रस्तावमा उपाध्यक्ष छिनले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।  

उनले शिक्षा क्षेत्रमा एडीबीका निरन्तर सहयोग रहेकोसमेत स्मरण गराउँदै आगामी दिनमा विद्यालय क्षेत्र विकास कार्यक्रम, प्राविधि तथा व्यावसायिक शिक्षा र तालिम र उच्च शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा

तेहरान । अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ । आइतबार सार्वजनिक एक ...

दिउँसो ३:३० बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ। मन्त्रिपरिषद् बैठक सोमबार बस्ने भएको छ । आज दिउँसो ३:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधा...

दुर्गा प्रसाईंको अनुसन्धान प्रतिवेदन पेश, राज्यविरुद्धको कसुरमा अभियोग सिफारिस

काठमाडौं । दुर्गा प्रसाईं विरुद्धको अनुसन्धान पूरा गरेर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ। जिल्ला प्रहरी कार्याल...

भारतमा पुन: इन्धन मूल्य वृद्धि

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन् । पछ...

विगतका सरकारका कारण आधारभूत आवश्यकतामै बहस गर्नुपरेको छ - सभामुख अर्याल

काठमाडौं । सभामुख डिपी अर्यालले विगतका सरकारहरूले प्रभावकारी काम नगर्दा अझै पनि आधारभूत आवश्यकताका विषयमा बहस गर्नुपर्ने अवस्था रहेको बताएका छन् । ...

गणतन्त्र दिवस समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने, प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने मूल समारोहलाई यस वर्ष राष्ट्रपतिले सम्बोधन गर्ने भएका छन् । यसबारे प्रधानमन्त्री ब...

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार ९०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु दुई लाख ९०...

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

लेखनाथ। बजेट अधिवेशनका रुपमा चिनिने गण्डकी प्रदेशसभाको अधिवेशन आज दिउँसोबाट सुरु हुँदै छ । सोमबार दिउँसो २ बजे भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्राल...

जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा - ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । कुलेखानी जलविद्युत् आ...

डडेल्धुरामा रुखबाट खसेर बालविकास शिक्षिकाको मृत्यु

डडेल्धुरा। रुखबाट खसेर डडेल्धुरामा एक बालविकास शिक्षिकाको मृत्यु भएको छ । आइतबार जिल्लाको अजयमेरु गाउँपालिका–१ खतेडाकी शिक्षिका लक्ष्मी भण्डारीको रुखब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending