काठमाडौँ । मस्तिष्कको कुनै भागमा अस्वाभाविक रुपमा कोशिकाहरु विकसित हुने स्थितिलाई ब्रेन ट्युमर भनिन्छ । यस्तो ट्युमर क्यान्सरसँग सम्बन्धित (मालिग्नेन्ट ट्युमर) वा विना क्यान्सर (बिनाइन ट्यमर) पनि हुनसक्छ । मस्तिष्कमा ट्युमर बढ्दा भित्र दबाब बढ्छ, जसबाट मस्तिष्कको संरचना हुन थाल्छ। ट्युमर एकखालको ज्यानै लिने रोग हो । यदि यो मस्तिष्कमा विकसित हुन्छ भने यसलाई प्राइमरी ट्युमर र शरीरका अन्य भागमा विकसित हुन्छ भने सेकेण्डरी ट्युमर भनिन्छ । मस्तिष्कमा विकसित क्यान्सर क्यान्सरयुक्त या क्यान्सर नभएको खालको पनि हुनसक्छ । जबकि शरीरका अन्य भागमा विकसित हुने ट्युमर निश्चित रुपमा क्यान्सरसँगमात्र सम्बन्धित हुन्छ ।
हरेक वर्ष ब्रेन ट्युमरका कारण विश्वभर हजारौं मानिसको मृत्यु हुने गरेको छ। ब्रेन ट्युमरका बिरामीमध्ये सबैभन्दा बढी बालबालिका रहेको पाइन्छ । भारतको एक तथ्यांकअनुसार ब्रेन ट्युमरका बिरामीमध्ये बालबालिकाको संख्या २० प्रतिशत छ ।
ब्रेन ट्युमरको लक्षण यो मस्तिष्कको कुन स्थानमा विकसित भएको छ भन्ने कुरामा भर पर्छ । यदि ट्युमर आँखा या हात, खुट्टा नियन्त्रण गर्ने स्थानमा छ भने ती अंगमा कमजोरी देखा पर्छ ।
यसका मुख्य लक्षण
टाउको दुख्नुः सामान्यतः टाउको दुख्नु ब्रेन ट्युमरको सुरुवाती संकेत मान्ने गरिन्छ । तर यसो नभई ब्रेन ट्युमरको विकसित रुप हुँदा टाउको दुख्ने समस्या हुन्छ ।
अचानक झड्का लागेजस्तो हुनुः हिड्ने क्रममा अचानक झड्का लाग्नु पनि ब्रेन ट्युमरको सुरुवाती लक्षण हुनसक्छ । मस्तिष्कमा रहेको ट्युमरका कारण न्युरोन्स अनियन्त्रित हुन्छन् । जसका कारण मानिसको हलचल असामान्य हुन सक्छ । यो स्थितिमा पुरै शरीरका साथ कुनै एक अंगमा अचानक झड्का लागेको महसुस हुन सक्छ ।
अचानक सन्तुलन बिग्रनुः सही रुपले उठ्न नसक्नु, सिढीमा ठीकसँग हिँड्न नसक्नु, सन्तुलन बिग्रनुजस्ता कुराहरु खतराका सूचक हुनसक्छन् । बोल्नु, निल्नु या अनुहारको भाव नियन्त्रण गर्न नसक्नु पनि ट्युमरको सूचक हुनसक्छ ।
शरीरको कुनै अंगमा झन्झनाहट उत्पन्न हुनुः यदि शरीरको कुनै अंगले कुनै पनि कुराको महसुस गर्दैन भने ध्यान दिनुपर्छ । जब ट्युमर ब्रेन स्टेममा हुन्छ भने समस्या उत्पन्न भएको मानिन्छ ।
स्मरणशक्ति कमजोर हुनुः ट्युमरका कारण व्यक्तिको स्वभाव र व्यक्तिमा परिवर्तन आउँछ । ब्रेन ट्युमर भएका व्यक्ति हरेक कुराहरु बिर्सन थाल्छन्, अन्योलमा रहन्छन् र उनीहरुलाई सानातिना कुरामा पनि समस्याग्रस्त भएकाजस्ता देखिन्छन् ।
वान्ता आउनेः यदि पेट खराबजस्तो भएर वान्ता आउने गरेको छ भने ब्रेन ट्युमरको संकेत हुनसक्छ। खासगरी लगातार वान्ता आइरहेको छ र त्यसको खास कारण थाहा छैन भने खराब संकेत हुनसक्छ, तत्काल चिकित्सकको सहायता लिनुपर्छ ।
आँखा धमिलो हुनुः धमिलो देख्नु, डबल देख्नु र आँखाको ज्योति जानु पनि ट्युमरको लक्षण हुनसक्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: