Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

कैलालीमा भागबण्डा मिलाउन गठबन्धनलाई सकस

खबरडबली संवाददाता

सुदूरपश्चिम । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सत्ता साझेदार गठबन्धन दलहरू भागबण्डा मिलाउन कस्सिएका छन् । 

कैलालीमा गठबन्धनलाई संयोजन गरिरहेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी स्थानीय तहमा उम्मेदवारको भागबण्डा मिलाउन पटक–पटक बैठक बसेको हो । तर, हालसम्म भागबण्डामा कुरा मिलेको छैन । गठबन्धनका दलले आ–आफ्नै दाबी बैठकमा प्रस्तुत गरिसकेका छन् । 

दलहरुले आ–आफ्नो दाबी नछोड्दा पालिका तहको प्रमुख उपप्रमुखमा भागबण्डा गर्न सकस भइरहेको हो । गठबन्धन दलबीच औपचारिक अनौपचारिक रुपमा पटकपटक बैठक छलफल भइरहे पनि कुनै प्रगति हुन नसकेको बताइएको छ । जिल्लामा यसअघिको निर्वाचनमा विजयी भएकाबाहेक चार तहमा नेपाली कांग्रेस र चार तहमा नेकपा माओवादी केन्द्रले प्रमुखमा दाबी गरेको छ । एमाले विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादीले पाँच पालिकाको प्रमुखमा दाबी गरेको छ । 

कतिपय दलले आफ्नो हैसियतभन्दा बढी पालिका प्रमुखमा दाबी गर्दा सहमति जुटाउन समस्या भएको नेपाली कांग्रेसका जिल्ला सचिव नृप सुनारले बताए । उनले भने, “नेकपा (माओवादी केन्द्र)को दाबी जायज देखिए पनि नेकपा एकीकृत समाजवादीले हैसियतभन्दा बढी दाबी गर्दा समस्या भइरहेको छ ।” नेकपा माओवादी केन्द्रका नेता रमेश धामीले गठबन्धन दलका बीच निरन्तर बैठक छलफल भइरहेको भए पनि आजसम्म सहमति जुट्न नसकेको बताए। 

“सकभर तालमेल गरेर चुनामा होमिन्छौँ”, नेकपा (माओवादी केन्द्र)का नेता रमेश धामीले भने “तालमेल हुन नसके गठबन्धन दलबीच नै स्वास्थ्य प्रतिस्पर्धा गर्छौं, गठबन्धन बाहिरका दलसँग तालमेल गर्दैनौँ ।” उहाँले गठबन्धनमा सहभागी जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पालिकाको प्रमुख, उपप्रमुखमा नभई वडाध्यक्ष र सदस्य पदमा दाबी गरिरहेको उाले बताए ।
   
विसं २०७४ को स्थानीय तहको निर्वाचनमा एमाले सात, कांग्रेस तीन, नेकपा माओवादी केन्द्र दुई तहको प्रमुखमा विजयी भएको थियो । एक तहको प्रमुखमा विजयी तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिक कांग्रेसमा समाहित भइसकेको छ । एकीकृत समाजवादीको साङ्गठनिक अवस्था र जनाधार स्पष्ट नहुँदा पनि सहमति जुटाउन समस्या देखिएको जनाइएको छ । पालिका तहमा उम्मेदवार हुने सबै दलका आकाङ्क्षी बढ्दा पनि दलहरु बीच सहमति जुटाउन सकस भइरहेको जनाइएको छ । अघिल्लो निर्वाचनमा पाएको मतभारको विश्लेषण अध्ययन गरेर उम्मेदवारको टुङ्गो लगाउने प्रयास दलहरुबीच भइरहेको छ । 
  
गठबन्धनतर्फका उम्मेदवारको निर्वाचनमा जित सुनिश्चित देखिएको दाबी गर्दै ती दलका नेता कार्यकर्ताले सबै दलमा आकाङ्क्षी बढ्न थालेको बताएका छन् । पाँच दलीय गठबन्धन बाहिर रहेको नेकपा एमालेले पनि राप्रपा र परिवार दललगायतसँग चुनावी तालमेल गरेर जाने विषयमा छलफल गरिरहेको छ । “राप्रपा र परिवार दललगायतसँग छलफल भइरहेको भए पनि ठोस सहमति बन्न सकेको छैन”, एमाले नेता रणबहादुर चन्दले भने, “एमालेले सकभर एक्लै चुनावमा जाने तयारी गरिरहेको छ ।”

सो पार्टीले अहिलेसम्म जिल्लामा आफ्ना उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । आइतबार बस्ने एमाले प्रदेश समितिको बैठकले उम्मेदवारको टुङ्गो लगाउन सक्ने बताइएको छ । टीकापुर घटनामा अदालतबाट दोषी ठहर भएका रेशमलाल चौधरीकी पत्नीको नेतृत्वमा गठन गरिएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो प्रभाव रहेको क्षेत्रका तीन पालिकाको प्रमुखमा उठ्ने उम्मेदवारको टुङ्गो लगाइसकेको छ ।
  
टीकापुर नगरपालिका, भजनी नगरपालिका र जानकी गाउँपालिकाको प्रमुखमा उठ्ने उम्मेदवारको टुङ्गो लगाइसकेको सो पार्टीका जिल्ला अध्यक्ष कैलाश चौधरीले जानकारी दिए । उक्त पार्टीले जिल्लाका १३ पालिमामध्ये ११ मा आफ्ना उम्मेदवार उठाउन लागेको जनाइएको छ । 

जिल्लाको पूर्वी क्षेत्र टीकापुर र आसपासका क्षेत्रमा उक्त पार्टीको सङ्गठन बलियो मानिन्छ । विसं २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा रेशमलाल चौधरी सो क्षेत्र ९कैलाली क्षेत्र नं १०बाट अत्यधिक मतसहित विजयी हुनुभएको थियो । एक प्रदेशसभा सदस्यमा पनि उक्त पार्टी विजयी भएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसिसी यु–१९ एसिया कप: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।  दुबईको द सेभेन्स रङ्गश...

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् ।  ११ ओभरको चौथो, पाँचौँ र छैटौं...

एउटा देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्: झलनाथ खनाल

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...

एमालेले देशलाई गलत दिशामा जान दिदैन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्।  नेकपा एमालेको ११ औँ मह...

एमाले अनेक धक्का चिरेर पनि न्यातपोल र धरहराजस्तै उठ्ने शक्ति हो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...

एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।  प्रशासन कार्यालयले सा...

विकास निर्माणमा ढिलासुस्ती सैह्य हुन्न, काम नगरे ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...

लोकदोहोरी प्रतिष्ठानमा आवद्धको उपचारमा २५ प्रतिशत छुट

गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending