Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

यी कारणले गर्दा अधिकांश मानिसको कपाल चाँडै सेतो हुने गर्दछ

खबरडबली संवाददाता

काठमाडौँ ।  आजकाल अधिकांश मानिसको कपाल चाँडै नै फुलेको पाइन्छ । विशेषज्ञका अनुसार सानै उमेरमा कपाल फुल्नुु एक रोग हो । डाक्टरी भाषामा यसलाई ‘केनाइटिस’ भनिन्छ ।  इन्डियन जर्नल अफ डर्माटोलोजीमा सन् २०१६ मा प्रकाशित अनुसन्धान अनुसार भारतमा केनाइटिसका लागि २० वर्षको उमेर तोकिएको छ। अर्थात् २० वर्षभन्दा पहिले कपाल सेतो हुन थाल्छ भने उसलाई केनाइटिस भएको आशंका गर्न सकिन्छ ।

दिल्लीस्थित ट्राइकोलोजिस्ट (कपालका डाक्टर) डा. अमरेन्द्रकुमारका अनुसार कपाल कालो बनाउने कोषमा समस्या आएपछि कपाल सेतो हुन थाल्छ ।

कपाल सेतो हुनुमा अन्य कैयौं कारण पनि हुन सक्छन् । चिकित्सकका अनुसार आनुवंशिक कारण, खानपीनमा प्रोटीन र कपरको कमी र हर्मोनका कारण पनि कपाल असमयमै सेतो हुुन्छ ।

शरीरमा हेमोग्लोबिनको कमी हुनुु, एनिमिया, थाइराइडको समस्या पनि यसका कारण हुन सक्छन् ।

बेलायतको युनिभर्सिटी अफ ब्राडफोर्डका प्राध्यापक डेसमन्ड टोबिनका अनुसार युरोपियन मानिसहरुका लागि २० वर्षभन्दा कम उमेरमै कपाल सेतो हुनु सामान्य हो ।

यस विषयमा गरिएको अनुसन्धानबाट प्राध्यापक टोबीन के नतिजामा पुुगेका छन् भने मानव शरीरमा पाइने जीन कपालको रंग रुपका लागि जिम्मेवार मानिन्छ । अलग–अलग जातिका मानिसको कपाल सेतो हुने समय अलग–अलग हुुन्छ । अफ्रिका र पूर्वी एशियाली मानिसको कपाल करिब एकै उमेरपछि सेतो हुन सुुरु हुुन्छ ।

भारत तथा नेपालमा ४० वर्षको उमेरपछि सेतो हुन सुुरु गर्‍यो भनेचाहिँ रोग मानिँदैंन ।

केनाइटिसको उपचार भने अलि मुस्किल छ । चिकित्सकका अनुसार एकपटक कपाल सेतो भयो भने जति गार्‍हो कालो हुन हुन्छ, उति नै गार्‍हो बाँकी कपाल सेतो हुनबाट बचाउन सकिन्छ । केनाइटिसका लागि बजारमा औषधि र स्याम्पुु उपलब्ध छ, तर यसमा २० देखि ३० प्रतिशत सफलता पाउन सकिन्छ ।

कम उमेरमै कपाल नफुलोस् भनेर खानपीनमा सानैदेखि ध्यान दिनुपर्छ। खानामा बायोटिन ९एकप्रकारको भिटामिन० को प्रयोग गर्नुपर्छ । कुनै पनि प्रकारको रसायन प्रयोग गर्नुहुन्न। प्रायस: एन्टीडेन्ड्रफ स्याम्पुुमा कपाललाई नोक्सान पुर्‍याउने रसायन प्रयोग गरिएको हुन्छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending