काठमाडौँ । आजकाल अधिकांश मानिसको कपाल चाँडै नै फुलेको पाइन्छ । विशेषज्ञका अनुसार सानै उमेरमा कपाल फुल्नुु एक रोग हो । डाक्टरी भाषामा यसलाई ‘केनाइटिस’ भनिन्छ । इन्डियन जर्नल अफ डर्माटोलोजीमा सन् २०१६ मा प्रकाशित अनुसन्धान अनुसार भारतमा केनाइटिसका लागि २० वर्षको उमेर तोकिएको छ। अर्थात् २० वर्षभन्दा पहिले कपाल सेतो हुन थाल्छ भने उसलाई केनाइटिस भएको आशंका गर्न सकिन्छ ।
दिल्लीस्थित ट्राइकोलोजिस्ट (कपालका डाक्टर) डा. अमरेन्द्रकुमारका अनुसार कपाल कालो बनाउने कोषमा समस्या आएपछि कपाल सेतो हुन थाल्छ ।
कपाल सेतो हुनुमा अन्य कैयौं कारण पनि हुन सक्छन् । चिकित्सकका अनुसार आनुवंशिक कारण, खानपीनमा प्रोटीन र कपरको कमी र हर्मोनका कारण पनि कपाल असमयमै सेतो हुुन्छ ।
शरीरमा हेमोग्लोबिनको कमी हुनुु, एनिमिया, थाइराइडको समस्या पनि यसका कारण हुन सक्छन् ।
बेलायतको युनिभर्सिटी अफ ब्राडफोर्डका प्राध्यापक डेसमन्ड टोबिनका अनुसार युरोपियन मानिसहरुका लागि २० वर्षभन्दा कम उमेरमै कपाल सेतो हुनु सामान्य हो ।
यस विषयमा गरिएको अनुसन्धानबाट प्राध्यापक टोबीन के नतिजामा पुुगेका छन् भने मानव शरीरमा पाइने जीन कपालको रंग रुपका लागि जिम्मेवार मानिन्छ । अलग–अलग जातिका मानिसको कपाल सेतो हुने समय अलग–अलग हुुन्छ । अफ्रिका र पूर्वी एशियाली मानिसको कपाल करिब एकै उमेरपछि सेतो हुन सुुरु हुुन्छ ।
भारत तथा नेपालमा ४० वर्षको उमेरपछि सेतो हुन सुुरु गर्यो भनेचाहिँ रोग मानिँदैंन ।
केनाइटिसको उपचार भने अलि मुस्किल छ । चिकित्सकका अनुसार एकपटक कपाल सेतो भयो भने जति गार्हो कालो हुन हुन्छ, उति नै गार्हो बाँकी कपाल सेतो हुनबाट बचाउन सकिन्छ । केनाइटिसका लागि बजारमा औषधि र स्याम्पुु उपलब्ध छ, तर यसमा २० देखि ३० प्रतिशत सफलता पाउन सकिन्छ ।
कम उमेरमै कपाल नफुलोस् भनेर खानपीनमा सानैदेखि ध्यान दिनुपर्छ। खानामा बायोटिन ९एकप्रकारको भिटामिन० को प्रयोग गर्नुपर्छ । कुनै पनि प्रकारको रसायन प्रयोग गर्नुहुन्न। प्रायस: एन्टीडेन्ड्रफ स्याम्पुुमा कपाललाई नोक्सान पुर्याउने रसायन प्रयोग गरिएको हुन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ४ गते, २०७९ - १४:४८
पेट्रोलियम पदार्थको खपत घटाउने, वैकल्पिक ऊर्जाको प्रयोगलाई बढवा दिनुपर्ने
जेष्ठ ४ गते, २०७९ - १४:३९
बनेपा । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार विजयी भएको छ । अध्यक्षमा (नेकपा माओ...
जेष्ठ ४ गते, २०७९ - १४:१०
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा उनीहरुको ...
जेष्ठ ४ गते, २०७९ - १३:५०
मोरङ । विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै छ । प्राप्त पछिल्लो मतपरिणाम अनुसार प्रमुख पदका उम्म...
जेष्ठ ४ गते, २०७९ - १३:२३
काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले १९६ पालिकामा विजयी भएको छ । आज मध्याह्न १२ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्...
जेष्ठ ४ गते, २०७९ - १३:०१
लस एन्जलस । अमेरिकामा करिब १ करोड ३२ लाख बालबालिका कोभिड १९ बाट संक्रमित भएका छन् । यहाँ महामारी सुरु भएदेखि यता एक करोड ३२ लाख बालबालिका कोभिडबाट प्र...
जेष्ठ ४ गते, २०७९ - १२:४३
सप्तरी । हनुमाननगर कङ्कालिनी नगरपालिकामा जनमत पार्टीले मेयर पदमा विजय हाँसिल गरेको छ । सो पार्टीका उम्मेदवार वीरेन्द्र माझीले छ हजार ४०७ मतप्राप्त गरी...
जेष्ठ ४ गते, २०७९ - १२:२४
भरतपुर । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहाल एक हजार ७१२ मतले अघि भएकी छन् भरतपुर महानगरपालिका–६ को मतगणना स...
जेष्ठ ४ गते, २०७९ - १२:०२
काठमाडौँ । आज (बुधबार) सुन प्रतितोला ९ सय रुपैँयाले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो प्रतितोला ९६ हजार सात सय रूपैयाँ रहेको सुन आ...
जेष्ठ ४ गते, २०७९ - ११:३९
काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको जारी मतगणनामा नगर प्रमुख पदमा नेपाली कांग्रेसका दीपक रिसालले आठ हजार १०९ मत प्राप्त गरी अग्रता लिएका छन् । वैशाख...
प्रतिकृया लेख्नुहोस्: