Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

पार्टीले जनताको भावना बुझेर राजसंस्थाको विचार त्याग्यो : अध्यक्ष थापा

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जनताको भावना तथा चाहनाअनुसार पार्टीले राजसंस्थाको विचार त्यागेको बताएका छन् । आज आयोजित एक कार्यक्रममा अध्यक्ष थापाले राजनीतिक दलले समयसापेक्ष आफ्नो दर्शन, मान्यता र विचारका साथै योजना परिवर्तन गर्ने र सोहीअनुसार आफ्नो पार्टीले पनि राजसंस्था त्यागेको बताए । 

राष्ट्र निर्माणमा वैकल्पिक विचार र पार्टी बनाउने उद्देश्यले आफूहरू सङ्गठित भएको बताउँदै उनले भने, “फरक विचार कसैका विरुद्ध होइन, प्रजातन्त्रको विशेषता र सौन्दर्य भनेको वैचारिक विविधता हो ।” मुलुकमा अहिलेको निर्वाचन प्रणाली महँगो भएकाले राजनीतिक क्षेत्रमा अनेक विकृति आएको तर्क गर्दै अध्यक्ष थापाले प्रत्यक्ष निर्वाचनबाट कार्यकारी प्रधानमन्त्री र दलहरू पूर्ण समानुपातिक प्रणालीबाट आउन सक्ने व्यवस्थाको खाँचो औँल्याए । 

देश विकासका लागि राजनीतिक स्थिरता आवश्यक भएको बताउँदै उनले खुला बजारसहितको उदारवादी अर्थ व्यवस्था र सम्वद्र्धनवाद राप्रपा नेपालको महत्वपूर्ण वैचारिक आधार भएको स्पष्ट पारे । ‘वर्तमानका चुनौती र विकल्प’ विषयक कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष थापाले पारदर्शी र सुशासनसहितको प्रशासनको महत्वबारे प्रकाश पारेका थिए। उक्त कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिबाट मुलुकमा देखिएको अर्थ व्यवस्थाका सङ्कटका साथै राजनीतिक स्थिरताबारे सुझाव सङ्कलन गरिएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आरोप प्रमाणित भए सार्वजनिक जीवन त्याग्न तयार छु : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले विद्युतीय सवारीसाधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। आरोप पुष्टि भए आफू ...

नेपालमा नयाँ प्रकारका ड्रग्सको प्रयोग बढ्दो: १९–४५ उमेर समूह जोखिममा

काठमाडौँ। नेपालमा लागुऔषधको दुर्व्यसन र कारोबार जटिल बन्दै गएको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरोले सीमित स्रोतसाधनका बाबजुद आफ्नो सक्रियता बढाएको छ। ...

कर्णाली करिडोर भासियो, यातायात ठप्प

कालीकोट। लगातारको वर्षासँगै आएको पहिरो र कटानका कारण कर्णाली करिडोर सडकखण्डमा ठुलो क्षति पुगेको छ। करिडोरको कालीकोट खण्डमा पर्ने सडकको एक भाग भासिएर क...

सुन प्रतितोला ५ हजार १०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तो

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार...

रौतहटमा ९० लाखको फर्सीको बीउ बरामद

गौर। रौतहटको बौधीमाई नगरपालिका–७ बंकुल टोलबाट प्रहरीले अवैध रूपमा राखिएको करिब ९० लाख १६ हजार रुपियाँ बराबरको फर्सीको बीउ बरामद गरेको छ। विशेष सूचनाको...

आयातित सवारीमा ५ अर्बभन्दा बढी राजस्व हिनामिना भएको राप्रपाको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले आयातित सवारीसाधनमा गलत वर्गीकरण गरी ठूलो परिमाणमा राजस्व हिनामिना भएको आ...

गण्डकी विश्वविद्यालयको रजिष्ट्रारमा डा. भण्डारी नियुक्त

लेखनाथ। गण्डकी विश्वविद्यालयको रजिष्ट्रारमा डा. ढाकाराम भण्डारी नियुक्त भएको छन्। विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले डा. भण्डारीलाई...

सदनमा बोल्न पनि आन्दोलन गर्नुपर्ने अवस्था आयो: हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले संसदमा बोल्नका लागि समेत आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै असन्तुष्टि व्यक्त गरे...

बोल्ने समय नपाएको भन्दै श्रम संस्कृति पार्टीद्वारा संसद्को वेल घेराउ

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभामा बोल्ने समय नपाएको भन्दै संसद्को वेल घेराउ गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले आफ्नो दललाई...

बोल्न नपाएको भन्दै श्रम संस्कृति पार्टीको आपत्ति

काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले बोल्न नपाएको भन्दै सभामुखको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। उनीहरूले आफ्नो दललाई बो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending