Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

संसद्को अङ्कगणित फेरबदल नहुँदासम्म गठबन्धन रहन्छ : गृहमन्त्री खाँड

खबरडबली संवाददाता

म्याग्दी। गृहमन्त्री बालकृष्ण खाँडले वर्तमान सत्ता गठबन्धनले आगामी सङ्घीय र प्रदेशसभा निर्वाचनसम्म निरन्तरता पाउने बताएका छन् । नेपाली कांग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले गठबन्धनमा आबद्ध दललाई समेटेर साथसाथै लैजानुपर्ने धारणा राखे। 

“राजनीतिक विचार फरक भए पनि निश्चित उद्देश्यका लागि इतिहासदेखि नै सहकार्य र सम्झौता गरेको विषय कांग्रेसले बिर्सनु हुँदैन्”, मन्त्री खाँडले भने, “नेपालमा दिगो शान्ति, संविधान, लोकतान्त्रिक मूल्य पद्धतिको रक्षा गर्दै कांग्रेसलाई महत्वपूर्ण भूमिकामा फर्काउन गठबन्धन गरिएको हो ।” गठबन्धनप्रति पूर्ण विश्वास गर्न कार्यकर्तालाई आग्रह गर्दै उहाँले ‘खोलो तरेर लौरो बिर्सन नहुने’ स्मरण गराए। 

“गठबन्धनका लागि हामीले अन्य दललाई वचन दिएका छौँ”, मन्त्री खाँडले भने, “नदीमा बाढी आउँदा लौरेले खोला तर्ने अनी पारी तरेपछि लौरो बिर्सन हुँदैन । नयाँ चुनाव भएर संसद्को अङ्कगणित फेरबदल नहुँदासम्म गठबन्धन कायम रहन्छ ।” संसद्मा साथै भएका दलसँगको सहकार्यलाई निरन्तरता र हातेमालो गरेर संविधान, मानवअधिकार, प्रेस स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्ने मुख्य कार्यभारतर्फ केन्द्रित हुन उहाँले कार्यकर्तालाई निर्देशन दिए ।

नेपाल छन्त्याल सङ्घको सातौँ महाधिवेशनमा भाग लिन बेनी आउने क्रममा मन्त्री खाँड हेलिकप्टरमार्फत धवलागिरि गाउँपालिका–१ गुर्जामा पुगेका थिए । छन्त्याल र दलित समुदायको बसोबास रहेको विकट गुर्जा जस्ता बस्तीका बासिन्दा र त्यहाँ कार्यरत कर्मचारीलाई थप सुविधा दिनेगरी योजना र नीति बनाउनुपर्ने मन्त्री खाँडको भनाइ थियो । 

यसैगरी आमाका नामबाट वंशजका आधारमा नागरिकता पाउने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि नागरिकता ऐन बनाउन छलफलमा जुटेको पनि मन्त्री खाँडले बताए । आमाका नामबाट नागरिकता नपाउँदा समस्यामा परेका बेनी नगरपालिका–७ का यास्मीन बेगम, समिर खान र सेनाज बेगमले उहाँलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएका थिए। 

मन्त्री खाँडलाई नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजा, पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाँले जिल्लाको वस्तु अवस्थाका बारेमा जानकारी गराएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगर प्रहरीलाई मन्त्री लम्सालको आग्रह: मनोबल नघटाउनुहोस्, तपाईंहरूकै कारण धेरै एम्बुलेन्स समयमै अस्पताल पुगेका छन्

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्। मंगलबार प्रत...

यातायात कार्यालयको अनलाइन प्रणाली सञ्चालनमा, देशभर सेवा पुन: सुरु

काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूमा केही दिनयता देखिएको प्राविधिक समस्या समाधान भएसँगै अनलाइन सेवा पुन: सञ्चालनमा आएको छ। केन्द्रीय स...

मलाई ‘गोली हानेर मारिदिन्छु’ भन्दै धम्की आएको छ : ऐन महर

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको गुण र दोषका आधारमा समर्थन तथा विरोध गर्दा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको बत...

प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकको अन्त्य गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक...

करार कर्मचारी हटाउने तयारीको विरोधमा अर्थ मन्त्रालयको गेटमा धर्ना

काठमाडौं । करार सेवामा कार्यरत कर्मचारी हटाउने सरकारको तयारीको विरोधमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले धर्ना दिएका छन्। सरकारले करार सेवामा र...

महरलाई खगेन्द्रको प्रश्न– बालेन मुर्दावाद भन्ने क्रान्तिकारीमा बा मुर्दावाद भन्न सक्ने दम राख्नुहुन्छ ?

खगेन्द्र सुनार यो नेल लगाएर आएको हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको होइन

सरकारी विज्ञापनको एकद्वार प्रणाली खारेज गर्न सर्वोच्चको आदेश

काठमाडौं । सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वार प्रणालीको निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ। मंगलबार सर्वोच्च अदालतका न्या...

प्रतिनिधिसभा बैठकमा पुगेका प्रधानमन्त्री बालेन र रवि लामिछाने २० मिनेटमै बाहिरिए

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने केहीबेर बसेर बाह...

संसद् बैठकमा प्रधानमन्त्री शाह र रवि लामिछानेको प्रवेशलाई लिएर एमालेको आपत्ति, रुलिङको माग

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा प्रवेश गर्ने क्रम...

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका सञ्चालक पक्राउ

सर्लाही । सर्लाहीको धनकौलमा सञ्चालनमा रहेको अन्नपूर्ण चिनी मिलका सञ्चालक शैलेन्द्र गुप्ता र विनोद साह कलवार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्याल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending