चितवन । नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्डले भरतपुर नगरपालिका २ का ४६ घरधुरी भूमिहिन दलित परिवारलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरेका छन्। प्रचण्ड सोही क्षेत्रका निर्वाचित जनप्रतिनिधि हुन्।
चितवनको भरतपुर महानगरमा आयोजित एक कार्यक्रममा त्यहाँका दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गरेको राष्ट्रिय भूमि आयोग चितवनले जनाएको छ ।
लालपूर्जा वितरण गर्दै आफुले निर्वाचनमा गरेका प्रतिबद्धता पुरा गर्दै गएको बताए । भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भरतपुर महानगरपालिका वडा नम्बर २ का भूमिहीनहरुको रातो पुर्जा (लालपूर्जा) मा हस्ताक्षर गरि प्रक्रिया पुरा गरेसँगै यहाँका दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीले आफ्नै जग्गा धनी पुर्जा पाएका हुन्।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ सहित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वयम् उपस्थित भएर लालपूर्जा वितरण गरिएको भुमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सीनाले जानकारी दिए ।
महिलाको अग्रसरता
प्रचण्डले तुलनात्मक रुपमा महिलाहरुले अग्रसरता लिएको ठाउँमा सफलता, इमानदारिता सुशासन बढी देखिएको बताए। तुलनात्मक रुपमा महिलाले अग्रसरता लिएको स्थानमा सफलतासँगै इमानदारिता र सुशासन बढी देखिएको बताए ।
प्रचण्डले भने, त्यसकारण महिलालाई धेरै ठाउँमा पालिका प्रमुख र मेयर बनाउने मेरो विचार छ ।’
‘महिलाहरुले चाह्यो भने धेरै गर्न सक्छन् भन्ने देखियो । मैले शशीजीलाई भूमि व्यवस्था मन्त्री बनाउँदा उहाँको इच्छाशक्ति र दृढता देखेर तपाईले सक्नुहुन्छ, तपाईले आँट गर्नुपर्छ भनेको थिएँ उहाँले गरेर देखाउनुभयो’, प्रचण्डले मन्त्री शशी श्रेष्ठलाई धन्यवाद दिँदै उनले भने, ‘उर्जामन्त्री अहिले पम्फालाई बनाइयो, उहाँले २० युनिट मुक्त गर्नुभएको छ, त्यसले लाखौ ग्राहक लाभान्वित भएका छन् ।’
धेरै बेइमानी, जालझेल, षड्यन्त्र कम हुँदोरहेछ भन्ने देखिएको दाबी गरे।
छोरीको पनि प्रशंसा
उनले आफ्नी छोरी रेणु दाहालले भरतपुर महानगरपालिकामा गरेको कामको खुलेर प्रशंसा गरेका छन्।
‘युद्ध कालदेखि राजनीतिमा रेनुको आफ्नै त्याग–तपस्या थियो तर, २०७४ सालको चुनावमा रेनु चितवन आउँदा उनको परिचय प्रचण्डको छोरी भन्ने थियो’ प्रचण्डले भने, अहिले आउँदा प्रचण्डको छोरी होइन रेनुको बुबा प्रचण्ड भएको छ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - ०९:१८
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान युद्ध अन्त्य गर्नेबारे "अहिले" कुराकानी चलिरहेको र अमेरिकाले कुराकानी गरिरहेका "मानिसहरू" "सम्झौता ...
चैत्र ११ गते, २०८२ - ०९:१५
काठमाडौँ । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस हो । न्यायको माग, सुरक्षा सुनिश्चितता तथा वि...
चैत्र ११ गते, २०८२ - ०९:०२
पर्सा । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आव...
चैत्र ११ गते, २०८२ - ०७:५१
काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफू सहभागी हुने हल्लाको खण्डन गरेका छन्। जनताको म्यान्डेटविपरीत व...
चैत्र ११ गते, २०८२ - ०७:५०
काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यको शपथग्रहण नजिकिएसँगै संसद्मा प्रतिनिधित्व गर्ने ६ वटै राजनीतिक दल संसदीय दलको नेता चयन गृहकार्यमा जुट...
चैत्र ११ गते, २०८२ - ०७:४३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्या...
चैत्र ११ गते, २०८२ - ०७:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको नेतृत्व सम्हालेको पहिलो दिनदेखि नै प्रशासनिक संरचना परिवर्तनको प्रक्रिया अघि बढाउने तयारी ग...
चैत्र ११ गते, २०८२ - ०७:२६
काठमाडौँ । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस। मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्...
चैत्र ११ गते, २०८२ - ०७:२३
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हि...
चैत्र ११ गते, २०८२ - ०७:२१
बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्ति पीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमशः मन्दिरमा दर्शन गर्न आ...


प्रतिकृया लेख्नुहोस्: