Khabar Dabali ६ जेष्ठ २०८३ बुधबार | 20th May, 2026 Wed
Investment bank

चिढ्याउने, होच्याउने गरेकाले सहपाठीबाटै दाजुसँग मिलेर कविताको हत्या

खबरडबली संवाददाता

उदयपुर । उदयपुरको बेलका नगरपालिका–३ बुद्ध चोककी १६ वर्षीया कविता सुनुवारको हत्याका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । 

घरबाट बिहान ४ बजे टयुसन पढ्न निस्किएकी किशोरीको हत्यामा संलग्न भएको आरोपमा मृतकका सहपाठीसहित दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो । 

जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिका–३ किराँत चोककी सहपाठी १७ वर्षीया सरिता ढकाल (खत्री) उनको ठूलो बुवाको छोरा १९ वर्षीय विनोद ढकाल (खत्री)लाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

बेलका नगरपालिका–३ स्थित कोसी जनता माध्यमिक विद्यालय रामपुरको कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको एउटै कक्षामा पढ्ने अति मिलनसार सहपाठीको योजनामा बेलका नगरपालिका–३ डंगटोलस्थित बाँसघारीमा हत्या गरिएको थियो । 

बाँसघारीमा विनोदले लुकाएर ल्याएको बियरको बोतलले कवितालाई पछाडिबाट हिर्काएर ढालेका थिए । ढलि सकेपछि दुवै जनाले कवितालाई ४० मिटर घिसार्दै लगी यशोदा खोला किनाराको काठको गोलिया पु¥याएर पुन ढुंगाले हिर्काई मरेपछि लुकाएका थिए ।

सरिता ढकाल (खत्री)ले दुई तीनसाता अघि नै कविता सुनुवारलाई मार्ने योजना बनाएको प्रहरीसमक्ष दिएको बयानमा उल्लेख गरिएको छ । हत्या गर्ने दिन बिहान ४ बजेर ५ मिनेट जाँदा आरोपित ढकालले कविताको मोबाइलमा एसएमएस गरी विद्यालयले सञ्चालन गरेको अतिरिक्त कक्षा (ट्युसन कक्षा) जान बोलाएको देखिन्छ । 

मृतक कविताले प्रयोग गर्ने मोबाइलमा सहपाठी ढकालले बोलाएर गएको तर विद्यालय पुग्नुअघि नै उनको ज्यान गए पनि सरिता भने विद्यालय नगएको देखिएको समाचार आजको राजधानी दैनिकले लेखेको छ ।

हत्या आरोपित बेलका नगरपालिका–३ किराँत चोककी सरिता ढकाल (खत्री) घरमा बस्दै आए तापनि विनोद भने भारतको सिक्किम राज्य बियुङ घर भई एक वर्षदेखि काका जितबहादुर ढकालको घरमा बस्दै आएका थिए । मृतक कविताले आपूmलाई विद्यालयमा ससानो कुरामा चिढ्याउने, होच्याउने गरेकाले मार्ने योजना बनाएको सरिताले बयान दिएकी छन् । 

आफूलाई अपहेलना गर्ने काम बारम्बार भएकाले आफूले दाजु विनोद ढकाललाई भनी मार्ने योजना बनाएको उल्लेख गरिन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending