काठमाडौं । ‘राम्रोसँग बस्नुहोला । म एक वर्षपछि आउँछु, अनि नयाँ घरमा सरौंला ।’ सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ स्थायी घर भएका ३२ वर्षीय अनिल गुरुङले बाबु लालबहादुर गुरुङलाई अफ्रिकी मुलुक कंगो जानुअघि यही भनेका थिए ।
तर, दुर्भाग्य, उनी आफ्नो जन्मभूमि नेपाल नै फर्कन पाएनन् । नेपाल नै फर्कन नपाएपछि आफूसहित नयाँ घरमा सर्ने त कुरै भएन ।
सुर्खेतमा अनिलको टायलले छाएको घर छ, जहाँ उनका बाबुआमा बस्छन् । टायलले छाएको सो घरबाट बाबु आमालाई पक्की घरमा सार्ने उनको योजना थियो । यसका लागि उनले एकतले घर पनि बनाउन सुरु गरिसकेका थिएकोे समाचार आजको राजधानी दैनिकले लेखेको छ ।
सो घर पूर्णरूपमा बनिसकेको छैन । प्लास्टरसहितका काम बाँकी नै छन् ।
नेपाली सेनामा कार्यरत अनिल संयुक्त राष्ट्रसंघको आह्वानमा कंगोमा तैनाथ ‘नेप क्यूआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफ्फामा कार्यरत थिए । उनी गत ७ पुसमा कंगो गएका थिए ।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार, शान्ति सेनाको नेपाली टोलीलाई विद्रोही मिलिसियाले आक्रमण गर्दा अनिलको निधन भएको छ ।
अनिलको निधन सेनाका प्रवक्ता सिलवालले भने, ‘मंगलबार हतियारधारी समूहले कंगोको इतुरी प्रान्तको बाली भन्ने क्षेत्र कब्जा गर्न खोज्दा शान्ति सेनाहरूले सशस्त्र विद्रोही समूहको कब्जा तोड्दै त्यो क्षेत्र सुरक्षित गरिसकेका थिए ।
सेनाको प्रत्याक्रमणपछि हतियारधारी जत्था भागिसकेका थिए, भागेका हतियारधारी समूहले अज्ञातस्थलबाट गोली प्रहार गर्दा अनिल गुरुङले वीरगति प्राप्त गरे ।’
सैनिक प्रवक्ता सिलवालका अनुसार, ‘अपरेसन बाली’का सिलसिलामा यो घटना हुन गएको हो । प्रमुख सेनानी निकिल कुँवरको कमान्डमा यो कारबाही चलाइएको थियो । कारबाहीमा विद्रोहीको अब्जेटिभ कब्जा गरी जमिन होल्ड गरेपछि विद्रोहीबाट भएको फायरमा उनी घाइते भएका थिए ।
उनलाई हेलिकोप्टरमार्फत उद्धार गरी बुनियाँस्थित लेबल–२ अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: