काठमाडौं । सत्ता गठबन्धनका दलहरूलाई उम्मेदवार छान्न वडास्तरमै सकस भएको छ।
आकाङ्क्षी धेरै हुँदा वडाध्यक्ष र सदस्यका उम्मेदवार छनोट गर्न गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)लाई सकस भएको हो। नेकपा एमालेले भने सबै ठाउँमा सर्वसम्मत उम्मेदवार बनाउने नीति लिएको समाचार आजको नागरिक दैनिकमा छ।
'केही ठाउँमा सर्वसम्मत चयन भएको छ भने धेरैजसोमा आकाङ्क्षी धेरै हुँदा वडा समितिले पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र हुँदै जिल्लामा नामावली पठाउनेछ' काँग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले भने।
जिल्लासम्म आउँदा उम्मेदवार टुंग्याउँछौं, प्रक्रिया सुरु भइसकेको छ। सदरमुकाम रहेको गोरखा नगरपालिका-६ मा काँग्रेसका तर्फबाट अध्यक्षमा उम्मेदवार दाबी गर्ने सातजना छन् भने एक दलित महिला, एक महिला र दुई खुला सदस्यका लागि १५ भन्दा बढी आकाङ्क्षी छन्।
दुईभन्दा बढी उम्मेदवार अधिकांश वडामा छन्। सदरमुकामको वडा भएकाले पनि अन्य दलमा पनि सर्वसम्मत उम्मेदवार चयन गर्न मुस्किल भएको छ।
‘पालिकाले टुङ्ग्याउन नसके क्षेत्रीय समितिमा र त्यसले पनि टुंग्याउन नसके चैत २७ भित्र जिल्लामा आइपुग्नेछ' सभापति न्यौपानेले भने, 'क्षेत्रसम्म नटुगिएको उम्मेदवार जिल्लाले टुंगो लगाउनेछ।'
सत्ता गठबन्धनमा रहेका दलहरूबीच तालमेल हुँदा सहजै जित हात पार्न सकिने दाउमा कतिपयले उम्मेदवारको दाबी छाडेका छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - ०८:२७
काठमाडौं । नेपाली कांग्रेसका केही पूर्व सांसदहरूले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेपछि उक्त दलकै वर...
मंसिर २५ गते, २०८२ - ०८:२१
काठमाडौं । २३ र २४ भदौका घटना जाँचबुझ गर्न गठित आयोगले नीतिगत निर्णय गर्ने र निर्देशन दिने तहका अधिकारीहरूको बयान लिन थालेको छ । तर तत्कालीन प्रधानमन्...
मंसिर २५ गते, २०८२ - ०८:१७
काठमाडौं । शनिबारदेखि सुरु हुने नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा तय भइरहेका बेला महासच...
मंसिर २५ गते, २०८२ - ०७:३९
जेनेभा । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनका अनुसार विश्वभरका विमान कम्पनीहरूले विभिन्न आर्थिक तथा राजनीतिक चुनौतीका बाबजुद सन् २०२६ मा करिब पाँच अर...
मंसिर २५ गते, २०८२ - ०७:३५
काठमाडौँ । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ । आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयो...
मंसिर २५ गते, २०८२ - ०७:३२
महोत्तरी । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्...
मंसिर २५ गते, २०८२ - ०७:३०
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी ...
मंसिर २५ गते, २०८२ - ०७:२६
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्...
मंसिर २५ गते, २०८२ - ०७:२२
बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...
मंसिर २५ गते, २०८२ - ०७:१८
काठमाडौँ । चर्चित ब्रिटिस र्यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् । बेलायतको महानगरीय ...




प्रतिकृया लेख्नुहोस्: