कालीकोट । जिल्लाका सामुदायिक विद्यालयमा रु १४ करोड बेरुजु देखिएको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट विद्यालय भौतिक पूर्वाधार निर्माणका लागि पेश्की निकासा गरी लिएको रकम हालसम्म फछ्र्योट नगर्दा सबै विद्यालयमा रु १४ करोड २० लाख ५० हजार बेरुजु देखिएको हो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट पेश्की बेरुजु भएका कारणले आगामी वर्षको बजेटमा प्रभाव पर्ने भन्दै शिक्षा विकास तथा समन्वय एकाइ कालीकोटलाई तत्काल पेस्की फछ्र्योट गर्न ताकेता गरेको छ ।
आफूलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ताकेता गरे पनि शिक्षा विकास तथा समन्वय एकाइ कालीकोटले सबै विद्यालयको नाम उल्लेख गरेर चैत ३० गतेसम्म पेश्की फछ्र्योट गर्न सार्वजनिक सूचना गरेपछि बेरुजु रकमबारे जानकारी भएको हो ।
तत्कालीन जिल्ला शिक्षा कार्यालय कालीकोटबाट विद्यालय भौतिक पूर्वाधार निर्माणका लागि २०६९ सालदेखि आर्थिक वर्ष २०७४/७५ सम्म लिएको पेश्कीको फछ्र्योट नगरेको देखिन्छ ।
आर्थिक वर्ष २०६९/७० देखि २०७४/७५ सम्मको बेरुजु देखिएको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय कालीकोटका निमित्त एकाइ प्रमुख प्रकाशचन्द्र धितालले बताए । “पटक पटक स्थानीय तहमार्फत विद्यालयलाई जानकारीका लागि पत्राचार गर्दा पनि सुनुवाइ नभएपछि सञ्चारमाध्यममार्फत सूचना दिएर छिटो पेश्की फछ्र्योट गर्न अनुरोध गरेका छौँ”, उनले भने, “अहिलेसम्म कुनै पनि विद्यालयले गरेका छैनन् ।”
सबैभन्दा बढी बेरुजु नरहरिनाथ गाउँपालिकाको रहेको छ । नरहरिनाथ गाउँपालिकाभित्रका विभिन्न विद्यालयको रु तीन करोड ८० लाख बेरुजु रहेको छ भने सबैभन्दा कम महावै गाउँपालिकाभित्रका विद्यालयको रु १० लाख २५ हजार छ ।
खाँडाचक्र नगरपालिकामा रु एक करोड ९९ लाख ७५ हजार, पलाँता गाउँपालिकामा रु एक करोड ७४ लाख, सान्नी त्रिवेणी गाउँपालिकामा रु एक करोड ७३ लाख, रास्कोट नगरपालिकामा रु एक करोड ५५ लाख ५० हजार, तिलागुफा नगरपालिकामा रु एक करोड ३९ लाख २५ हजार, पचालझरना गाउँपालिकामा रु एक करोड १६ लाख २५ हजार र शुभकालिका गाउँपालिकामा रु ६० लाख ७५ हजार सामुदायिक विद्यालयमा बेरुजु आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - ०९:२४
प्रतिसिलिन्डर २१६ रुपैयाँ बढेर आए पनि ग्यासको मूल्य नबढाएको प्रस्टीकरण
चैत्र २ गते, २०८२ - ०९:१०
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्र...
चैत्र २ गते, २०८२ - ०९:०७
बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको हो । गत माघ दोस्रो सातापछि पनि जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो ।...
चैत्र २ गते, २०८२ - ०८:२३
काठमाडौं । ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिटअनुसारका सांसदको नाम तय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास...
चैत्र २ गते, २०८२ - ०८:१५
अब काठमाडाैंमा प्रतिलिटर पेट्रोल १७२ र डिजेल–मट्टीतेल १५२ पर्ने
चैत्र २ गते, २०८२ - ०८:१०
काठमाडौं । नवनिर्वाचित सरकारले शासन सम्हालेको करिब दुईअढाई महिनामै नयाँ बजेट ल्याउनुपर्ने छ। अबको केही दिनमा नयाँ सरकार गठन भइसक्ने आकलनका माझ उक्त...
चैत्र २ गते, २०८२ - ०७:३८
रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेपछि रूपन्देहीका उद्योगी र व...
चैत्र २ गते, २०८२ - ०७:२५
काठमाडौँ । कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । दूतावासले विज्ञप्तिमार्फत...
चैत्र २ गते, २०८२ - ०७:२१
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्न...
चैत्र २ गते, २०८२ - ०७:१८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने भएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र स...


प्रतिकृया लेख्नुहोस्: