काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति ध्रुवीकरण भइरहेको बेलामा एमालेले नेतृत्व गरेको ध्रुवमा सबै गोलबद्ध हुनुपर्ने बताउनुभएको छ । अहिले फरकफरक विचार र सिद्धान्तका पार्टीहरुले गठबन्धन गरेको भन्दै पोखरेलले देशमा स्थायित्व चाहने सबै एमालेभित्र गोलबद्ध हुनुपर्ने बताएको हो ।
चितवनका जनप्रिय नेता जागृतप्रसाद (जेपी) भेटवालको चौथो स्मृति दिवसको अवसरमा आज चितवनको भरतपुरमा आयोजित श्रद्धाञ्जलीसभा एवं स्मृति ग्रन्थ विमोचन समारोहमा उनले अहिलेको राष्ट्रिय राजनीतिमा दुई वटा ध्रुव भएको बताए । “नेपाली राजनीतिमा दुई वटा ध्रुव छन्, एउटा विचारको नेतृत्व नेपाली कांग्रेस र अर्को विचारको नेतृत्व नेकपा एमालेले गरेको छ”, पोखरेलले भने । राष्ट्रिय राजनीति ध्रुवीकरण भइरहेको बेलामा एमालेले नेतृत्व गरेको विचारमा अहिले सबै गोलबद्ध हुनुपर्ने अवस्था सिर्जना भएको पोखरेलले बताए ।
सो कार्यक्रममा वरिष्ठ नेता पोखरेलले जेपी भेटवालजस्तो नेता नेपालमा कमै जन्मिने गरेका बताए। भेटवालले पार्टीभित्र कडारूपमा टिप्पणी गर्ने, विरोध गर्ने तर पार्टीले निर्णय गरेको कुरा आफू अनुकूल नहुँदासमेत स्वीकार गरेर हिँड्ने गरेको स्मरण गर्नुभयो । सो अवसरमा पोखरेलले जागृतप्रसाद भेटवाल स्मृति ग्रन्थको विमोचन गर्नुभएको थियो ।
राजनीतिमा मात्र नभएर साहित्यमा झर्रो आन्दोलन गर्नुभएका नेता भेटवालले ‘नौलो साहित्य’ भन्ने पत्रिका छपाएर ह्रस्व मात्र लेख्ने अभियानको थालनी गरेका थिए । यस पत्रिकाले तत्कालीन राजतन्त्र र फासिस्ट पञ्चायती व्यवस्था विरुद्ध ठूलो जनमत सिर्जना गरेको थियो । विसं २०४२ मा फासिस्ट पञ्चायती व्यवस्थाको निर्वाचनमा क्रान्तिको लक्ष्यलाई बहुदलीय प्रतिस्पर्धासहितको जनवादका रूपमा विकसित गर्ने चिन्तनअनुसार नै यसलाई उपयोग गर्ने नीति लिएर भेटवाल अगाडि बढ्नुभएको नेता काशिनाथ अधिकारीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १२:५३
गुल्मी। रेसुङ्गा नगपालिका–८ को एउटा ग्यारेजमा भीषण आगलागी भएको छ । बिक्रम सुनारको सुजता अटो वर्क (ग्यारेज) मा एक्कसी आगलागी भएको हो । अहिले रेसुङा ...
पौष ७ गते, २०८२ - ११:४१
विराटनगर। विदेशी नागरिकले मात्र प्रवेश गर्न पाउने कानुनी व्यवस्था उल्लङ्घन गर्दै क्यासिनोमा नेपालीहरुलाई लुकिछिपी प्रवेश दिएपछि प्रहरीले विराटनगरमा सञ...
पौष ७ गते, २०८२ - ११:३३
सुलीकोट। उत्तरी गोरखाको हिमाली गाउँबस्ती जाडोबढेसँगै फेरि सुनसान बन्दै गएका छन् । हरेक वर्ष जस्तै यस वर्ष पनि कठयाङ्रग्रिने चिसो छल्न स्थानीय बासिन्दा...
पौष ७ गते, २०८२ - ११:११
काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्र...
पौष ७ गते, २०८२ - ११:०३
काठमाडौँ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्र...
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...




प्रतिकृया लेख्नुहोस्: