काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि जान लागेका मङ्गोलिन हार्टका गाएक राजु लामा र अभिनेत्री दिया पुनलाई आज बिदाइ गरेका छन् ।
मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री आलेले लामा र पुनलाई नेपालको राष्ट्रिय झन्डा प्रदान गरेर बिदाइ तथा आरोहणको शुभकामना दिएको हो । मन्त्री आलेले सगरमाथा आरोहण गर्न लागेका गायक लामा र अभिनेत्री पुनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
मन्त्री आलेले भने, “सतर्कता र सावधानीपूर्वक हिमाल चढ्नुहोला, आवश्यक पर्ने सहयोग भन्नु होला हामी सहयोग गर्न तयार छौँ ।” जलवायु परिवर्तनले ल्याएको असरको सन्देश दिन गाएक लामा र नायिका दियाले हिमाल आरोहण गर्न लागेको बताउए ।
यसैगरी मन्त्री आलेले लामा र पुनलाई शुभकामना पत्रसहित झन्डा हस्तान्तरणसमेत गरेका थिए। गायक लामाले सगरमाथा आरोहणसहित छ हजार ५०० मिटर उचाइको क्याम्प २ मा वैशाख दोस्रो साता साङ्गीतिक कार्यक्रमसमेत गर्ने बताए । उनले भने, “कार्बन उत्सर्जन घटाउनु, पर्यटन प्रवद्र्ध्न गर्न र सङ्गीत तथा हिमालको नातालाई गाढा बनाउन मैले सगरमाथा आरोहण गर्न लागेको छु, विश्वको सबैभन्दा उच्चस्थानमा कन्सर्ट गरेर कीर्तिमान राख्ने योजना छ ।”
उनी चैत २७ गते सगरमाथातर्फ प्रस्थान गर्ने र अभिनेत्री पुन चैत २३ गते नै त्यसतर्फ लाग्ने कार्यक्रम तए भएको छ । जलवायु परिवर्तनले हिमालमा पारेको असर र विश्वमा नेपाली फिल्मको प्रचारप्रसार गर्ने उद्देश्यले अभिनेत्री पुनले हिमाल आरोहण गर्न लागेको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ११ गते, २०८३ - १०:३६
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । कुलेखानी जलविद्युत् आ...
जेष्ठ ११ गते, २०८३ - १०:२८
डडेल्धुरा। रुखबाट खसेर डडेल्धुरामा एक बालविकास शिक्षिकाको मृत्यु भएको छ । आइतबार जिल्लाको अजयमेरु गाउँपालिका–१ खतेडाकी शिक्षिका लक्ष्मी भण्डारीको रुखब...
जेष्ठ ११ गते, २०८३ - १०:२२
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका र भीमदत्त नगरपालिकाका विद्यालय एक साता बन्द हुने भएका छन् । अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्य अव...
जेष्ठ १० गते, २०८३ - १७:२३
बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक संकटसँग जुध्दै आएको हेटौंडा सिमेन्ट उद्योगको आज निरीक्षण गरेकी छन् ।...
जेष्ठ १० गते, २०८३ - १७:११
काठमाडौं । बागमती नदी मा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव फेला परेको छ भने अन्य तीन जना सकुशल भेटिएका छन्। शनिबार दिउँसो रौतहट र सिन्धु...
जेष्ठ १० गते, २०८३ - १६:५३
नेपाल क्रिकेट संघ (क्यान)ले भारत भ्रमणमा सहभागी हुने नेपाल ए टोली घोषणा गरेको छ। क्यानले भारतको उत्तराखण्ड मा मे २२ देखि जुन २, २०२६ सम्म सञ्चालन ह...
जेष्ठ १० गते, २०८३ - १६:३०
काठमाडौँ। सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयो...
जेष्ठ १० गते, २०८३ - १६:२६
कालीकोट। बाजुराको हिमाली गाउँपालिका–३, लाम्पाटामा भएको घटनाको छानबिन, दोषीमाथि कारबाही तथा पीडितलाई न्यायको माग गर्दै हिमाली युवा क्लबले कर्णाली करिडो...
जेष्ठ १० गते, २०८३ - १६:०९
सर्लाही । सर्लाही, रौतहट र मकवानपुरको सीमा क्षेत्रस्थित बागमती नदीले बगाएर बेपत्ता दुई युवक आइतबार दिउँसो मृत फेला परेका छन् । बागमती नदीले बगाएर स...
जेष्ठ १० गते, २०८३ - १६:००
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमश: सम्बोधन गर्दै जाने विश्वास व्यक्त गरेको छन्...



प्रतिकृया लेख्नुहोस्: