Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

कर्णाली राजमार्गको स्तरवृद्धि गर्न माग

रासस

कर्णाली । कर्णालीमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस आइतबारदेखि आरम्भ भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरु भएको बहसमा कर्णालीको पूर्वाधार, कृषि, जलविद्युत्, खनिज, जडिबुटीका विषयवस्तुमा छलफल भइरहेको छ । 

बहसको क्रममा आइतबार बेलुका कर्णाली राजमार्गको स्तरवृद्धि, सुरक्षित यात्रा, न्यायोचित भाडादर, ट्राफिक नियम तथा चेकजाँचलगायतका विषयमा छलफल भयो । छलफलमा सहभागीहरुले कर्णाली राजमार्गको स्तरवृद्धि कहिले हुन्छ मन्त्रीज्यू रु भनेर प्रश्न गरेका थिए । 

यसमा प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायले कर्णाली राजमार्गको स्तरवृद्धि गर्ने अधिकार प्रदेश सरकारसँग नभएको जानकारी गराएका थिए। 

कर्णाली राजमार्ग सङ्घ सरकार मातहत हुँदा प्रदेश सरकारको आवश्यकतामा विकास गर्ने अधिकार नभएको उनले बताए ।“राजमार्ग दुईलेनको हुन नसक्दा बर्सेनि दुर्घटनाबाट मानिसको ज्यान जाने गरेको छ”, उनले भने, “तर यसको निर्माण स्तरोन्नति गर्ने अधिकार प्रदेश सरकारसँग छैन ।”

यसको विषयमा बारम्बार सङ्घ सरकारसँग अनुरोध गर्दा सुनुवाइ नभएको उनको भनाइ थियो । यद्यपि प्रदेश सरकारले भने अहिले १० मिटर लम्बाईका सडक निर्माण गर्ने नीतिलाई अगाडि सारेको मन्त्री रोकायले बताए । 

प्रदेश सरकार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले यतिबेला कर्णाली राजमार्गलगायत विभिन्न जिल्लाको स्थलतगत अनुगमन गरी त्यहाँका वास्तविक अवस्था बुझेको र आगामी वर्षमा पूर्वाधार विकासका क्षेत्रमा ठोस योजना बनाएर अघि बढ्ने उनको भनाइ थियो । 

कनकासुन्दरी गाउँपालिका जुम्ला र चौकुन गाउँपालिका सुर्खेतका अध्यक्षद्वय नरबीर रावल र धीरबहादुर शाहीले पालिकास्तरमा स्थानीय सरकारले सबै वडामा मापदण्डअनुसार सडक सञ्जा पु¥याएको बताए । 

अध्यक्ष शाहीले आफ्नो पालिकाका सबै वडामा सडक पु¥याएको भन्दै बरु सम्बन्धित निकायले सडक सञ्चालनको अनुमति दिन आग्रह गरे ।

कर्णाली प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भूमेश्वर तिवारीले भौगोलिक विकटता, रोड इन्जिनियरिङ राम्रो नहुँदा र अनुमति प्रणाली कमजोर भएकोले सडक दुर्घटनामा बढेको बताए । उनले सडक सुरक्षा, ट्राफिक व्यवस्थापन कसरी गर्ने भन्ने विभिन्न योजना बनाएर अगाडि बढ्ने तयारी गरिएको जनाए । 

उद्योग वाणिज्य सङ्घ सुर्खेतका महासचिव लक्ष्मण कँडेलले विकासको सञ्जालीकरणका लागि पूर्वाधार निर्माण आवश्यक रहेको जनाए । काक्रेविहार यातायात प्रालि सुर्खेतका अध्यक्षले सरकारले निर्माण गर्ने सडकको मापदण्ड नपुग्दा दुर्घटना बढेको बताउँदै यातायातमा मनोमानी भाडा लिनेलाई कारबाही गर्ने र सबैले देख्ने गरी भाडादरको सूचना बोर्ड राख्ने बताए । 

दोभान मल्टिमिडियाको आयोजना र कर्णाली प्रदेश सरकार, उद्योग वाणिज्य महासङ्घ, कर्णाली प्रदेश, होटल एशोसिएशन कर्णाली प्रदेश, नाट्टा कर्णाली प्रदेश, गैरसरकारी संस्था महासङ्घलगायतका सङ्घ÷संस्थाको सहयोगमा सञ्चालन भएको उक्त कार्यक्रम भोलिसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद

दाङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड तुलसीपुरले यस वर्ष दाङको देउखुरी क्षेत्रका तीन पालिकाका २१२ जना किसानले उत्पादन गरेको पाँच हजार क्वि...

संसद्‌ ब्युँताउने रिट निवेदनमा देउवाको समर्थन छ ?

काठमाडौं । नेपाली कांग्रेसका केही पूर्व सांसदहरूले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेपछि उक्त दलकै वर...

बयानमा नआउने ओलीको अडान, प्रहरी परिचालन गर्ने आयोगको तयारी

काठमाडौं । २३ र २४ भदौका घटना जाँचबुझ गर्न गठित आयोगले नीतिगत निर्णय गर्ने र निर्देशन दिने तहका अधिकारीहरूको बयान लिन थालेको छ । तर तत्कालीन प्रधानमन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending