हेटौँडा । बागमती प्रदेश उच्च शिक्षा ऐन २०७८, कार्यान्वयनमा आएको छ । ऐन कार्यान्वयनमा आएसंगै प्रदेश सरकारले आवश्यक काम समेत अघि बढाएको छ ।
मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा आइतबार बसेको प्रदेश उच्च शिक्षा परिषद्को पहिलो बैठकले ऐन प्रभावकारी कार्यान्वयनका लागि प्राथमिकताका साथ थप काम अघि बढाउने निर्णय गरेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता रुद्रहरि भण्डारीले जानकारी दिए ।
प्रदेशसभाले सो ऐन गत चैत १४ गते जारी गरेको थियो ।
बैठकमा परिषद्का उपाध्यक्ष एवं सामाजिक विकासमन्त्री कुमारी मोक्तान, प्रमुख सचिव मुकुन्दप्रसाद निरौला, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णराज पन्त, सामाजिक विकास मन्त्रालयका सचिव श्रीकृष्ण नेपाललगायतको उपस्थिति थियो ।
उद्योग वाणिज्य सङ्घबीच सहकार्य
आर्थिक नगरी वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र मकवानपुर उद्योग वाणिज्य सङ्घबीच व्यापारिक विस्तार र आपसी समन्वय तथा सहकार्यको लागि दुई सङ्घबीच आपसी सम्झौता भएको छ ।
व्यापारिक अवसर, सम्भावना र समस्यालाई सम्बद्ध सङ्घले घनिभूतरुपमा आ–आफ्नो संस्थामार्फत एकीकृतरुपमा उठान गरी सरोकारवाला निकायसमक्ष पु¥याउन संस्थागतरुपमा प्रभावकारी पहल गर्ने उद्देश्यले दुई सङ्घबीच सम्झौता भएको हो ।
वीरगञ्जको आर्थिक, सामाजिक महत्व, यसले बोकेको सम्भावना दर्शाउँदै वीरगञ्जले मुलुककै आर्थिक उन्नयनका लागि खेलेको भूमिका खेल्ने भएकाले आवश्यक व्यापार व्यवसाय सहजीकरणका लागि यस्तो सम्झौता गरिएको वीरगञ्ज उवासङ्घका अध्यक्ष डा सुबोधकुमार गुप्ता जानकारी दिए ।
आ–आफ्ना क्षेत्रका विषयगत अवसर, सम्भावना र समस्यालाई एक–अर्का सङ्घबीच साझा गर्न र समाधानको पाटोमा एक भई समस्या समाधान गर्ने उद्देश्यले ती दुई वाणिज्य सङ्घसँग यस्तो सम्झौता भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: