काठमाडौं । प्रेस काउन्सिल नेपालले अनलाइन पत्रकारितालाई व्यवस्थित र जिम्मेवार बनाउन पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिने भएको छ । काउन्सिलको पछिल्लो अभियानअन्तर्गत अनलाइन दर्ताअघि सञ्चालक, सम्पादक र प्रतिनिधिले अनिवार्यरूपमा अभिमुखीकरणमा सहभागी हुने कार्यक्रम ल्याएको हो ।
काउन्सिलले आचारसंहिता र विभिन्न निर्देशिकाबारे सञ्चारमाध्यमलाई जानकारी दिने उद्देश्यले नियमितरुपमा अभिमुखीकरण सुरू गरेको हो । सोही शृङ्खलाअनुरुप आज प्रेस काउन्सिल नेपालमा अभिमुखीकरण सञ्चालन गरिएको थियो ।
सो अभिमुखीकरणमा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले विभिन्न जिल्लामा आचारसंहिता जागरण अभियान सञ्चालन गरिरहेको जानकारी दिए । उनले नयाँ अनलाइन सूचीकरण हुँदा अनिवार्यरुपमा आचारसंहिता अभिमुखीकरणमा सामेल हुनुपर्ने अभ्यासले सचेतना बढ्ने विश्वास प्रेस काउन्सिलले लिएको बताए।
पत्रकारितालाई थप मर्यादित गराउन अनुगमन र कारबाही मात्रभन्दा पनि आचारसंहिता शिक्षा जरुरी रहेकाले काउन्सिलले यस कार्यक्रमको थालनी गरेको अध्यक्ष बस्नेतले बताउनुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले महासङ्घ र प्रेस काउन्सिलले संयुक्तरूपमा जारी गरेको आचारसंहिता पत्रकारको मूलमन्त्र भएको बताए ।
उनले पत्रकारको निश्चित उद्देश्य र चरित्र हुुने भएकाले समाजमा पत्रकारिताका माध्यमबाट सकारात्मक सन्देश प्रवाह गर्दै असल चरित्र निर्माणका लागि ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कायक्रम’ आवश्यक रहेको उल्लेख गरे ।
आजको अभिमुखीकरणमा विज्ञका रुपमा प्रस्तुति दिँदै राससका प्रधानसम्पादक एकराज पाठकले पत्रकार आचारसंहिताको पालनाबाट मात्रै स्वच्छ र मर्यादित पत्रकारिताको प्रवद्र्धन हुने बताउनुभयो । उहाँले पत्रकारिता हतारको साहित्य हो भन्दै समाचार सम्प्रेषणका क्रममा सजगता अपनाउनुपर्ने र यदि गल्ती भएमा त्यसलाई सच्याउने तत्परता सबै पत्रकारमा हुनुपर्ने सुझाव दिनुभयो ।
त्यस्तै अभिमुखीकरण कार्यक्रमका अर्का विज्ञ नेपाल पत्रकार महासङ्घका पूर्वउपाध्यक्ष अनिता विन्दुले काउन्सिलले जारी गरेको विभिन्न निर्देशिकाबारे जानकारी दिँदै आचारसंहिताले समेट्न नसकेका कुरा निर्देशिकामा आएको बताउनुभयो । उहाँले महिला उत्तरदायी सञ्चार निर्देशिका–२०७६, अपाङ्गतामैत्री सञ्चार निर्देशिका–२०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३ मा उल्लेख प्रावधानबारे जानकारी दिनुभएको थियो ।
काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले नयाँ सूचीकृत हुन आउने अनलाइन सञ्चारमाध्यमलाई पत्रकार आचारसंहिताका बारेमा जानकारी दिँदा यसले उहाँहरुलाई आगामी दिनमा पत्रकारिता गर्दा पनि यस विषयमा सजग बनाउने भएकाले नियमितरुपमा अभिमुखीकरण राखिएको बताउनुभयो । आजको सो कार्यक्रममा भौतिकरूपमा र जुममार्फत अनलाइन सञ्चालक, सम्पादक एवं समाचारदाता सहभागी थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ११ गते, २०८३ - ११:२५
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार ९०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु दुई लाख ९०...
जेष्ठ ११ गते, २०८३ - ११:०८
लेखनाथ। बजेट अधिवेशनका रुपमा चिनिने गण्डकी प्रदेशसभाको अधिवेशन आज दिउँसोबाट सुरु हुँदै छ । सोमबार दिउँसो २ बजे भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्राल...
जेष्ठ ११ गते, २०८३ - १०:३६
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । कुलेखानी जलविद्युत् आ...
जेष्ठ ११ गते, २०८३ - १०:२८
डडेल्धुरा। रुखबाट खसेर डडेल्धुरामा एक बालविकास शिक्षिकाको मृत्यु भएको छ । आइतबार जिल्लाको अजयमेरु गाउँपालिका–१ खतेडाकी शिक्षिका लक्ष्मी भण्डारीको रुखब...
जेष्ठ ११ गते, २०८३ - १०:२२
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका र भीमदत्त नगरपालिकाका विद्यालय एक साता बन्द हुने भएका छन् । अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्य अव...
जेष्ठ १० गते, २०८३ - १७:२३
बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक संकटसँग जुध्दै आएको हेटौंडा सिमेन्ट उद्योगको आज निरीक्षण गरेकी छन् ।...
जेष्ठ १० गते, २०८३ - १७:११
काठमाडौं । बागमती नदी मा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव फेला परेको छ भने अन्य तीन जना सकुशल भेटिएका छन्। शनिबार दिउँसो रौतहट र सिन्धु...
जेष्ठ १० गते, २०८३ - १६:५३
नेपाल क्रिकेट संघ (क्यान)ले भारत भ्रमणमा सहभागी हुने नेपाल ए टोली घोषणा गरेको छ। क्यानले भारतको उत्तराखण्ड मा मे २२ देखि जुन २, २०२६ सम्म सञ्चालन ह...
जेष्ठ १० गते, २०८३ - १६:३०
काठमाडौँ। सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयो...
जेष्ठ १० गते, २०८३ - १६:२६
कालीकोट। बाजुराको हिमाली गाउँपालिका–३, लाम्पाटामा भएको घटनाको छानबिन, दोषीमाथि कारबाही तथा पीडितलाई न्यायको माग गर्दै हिमाली युवा क्लबले कर्णाली करिडो...



प्रतिकृया लेख्नुहोस्: