Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

अनलाइन पत्रकारितालाई जिम्मेवार बनाउन आचारसंहिता अभिमुखीकरण

खबरडबली संवाददाता

काठमाडौं । प्रेस काउन्सिल नेपालले अनलाइन पत्रकारितालाई व्यवस्थित र जिम्मेवार बनाउन पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिने भएको छ । काउन्सिलको पछिल्लो अभियानअन्तर्गत अनलाइन दर्ताअघि सञ्चालक, सम्पादक र प्रतिनिधिले अनिवार्यरूपमा अभिमुखीकरणमा सहभागी हुने कार्यक्रम ल्याएको हो । 

काउन्सिलले आचारसंहिता र विभिन्न निर्देशिकाबारे सञ्चारमाध्यमलाई जानकारी दिने उद्देश्यले नियमितरुपमा अभिमुखीकरण सुरू गरेको हो । सोही शृङ्खलाअनुरुप आज प्रेस काउन्सिल नेपालमा अभिमुखीकरण सञ्चालन गरिएको थियो । 

सो अभिमुखीकरणमा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले विभिन्न जिल्लामा आचारसंहिता जागरण अभियान सञ्चालन गरिरहेको जानकारी दिए । उनले नयाँ अनलाइन सूचीकरण हुँदा अनिवार्यरुपमा आचारसंहिता अभिमुखीकरणमा सामेल हुनुपर्ने अभ्यासले सचेतना बढ्ने विश्वास प्रेस काउन्सिलले लिएको बताए।

पत्रकारितालाई थप मर्यादित गराउन अनुगमन र कारबाही मात्रभन्दा पनि आचारसंहिता शिक्षा जरुरी रहेकाले काउन्सिलले यस कार्यक्रमको थालनी गरेको अध्यक्ष बस्नेतले बताउनुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले महासङ्घ र प्रेस काउन्सिलले संयुक्तरूपमा जारी गरेको आचारसंहिता पत्रकारको मूलमन्त्र भएको बताए । 

उनले पत्रकारको निश्चित उद्देश्य र चरित्र हुुने भएकाले समाजमा पत्रकारिताका माध्यमबाट सकारात्मक सन्देश प्रवाह गर्दै असल चरित्र निर्माणका लागि ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कायक्रम’ आवश्यक रहेको उल्लेख गरे ।

आजको अभिमुखीकरणमा विज्ञका रुपमा प्रस्तुति दिँदै राससका प्रधानसम्पादक एकराज पाठकले पत्रकार आचारसंहिताको पालनाबाट मात्रै स्वच्छ र मर्यादित पत्रकारिताको प्रवद्र्धन हुने बताउनुभयो । उहाँले पत्रकारिता हतारको साहित्य हो भन्दै समाचार सम्प्रेषणका क्रममा सजगता अपनाउनुपर्ने र यदि गल्ती भएमा त्यसलाई सच्याउने तत्परता सबै पत्रकारमा हुनुपर्ने सुझाव दिनुभयो । 

त्यस्तै अभिमुखीकरण कार्यक्रमका अर्का विज्ञ नेपाल पत्रकार महासङ्घका पूर्वउपाध्यक्ष अनिता विन्दुले काउन्सिलले जारी गरेको विभिन्न निर्देशिकाबारे जानकारी दिँदै आचारसंहिताले समेट्न नसकेका कुरा निर्देशिकामा आएको बताउनुभयो । उहाँले महिला उत्तरदायी सञ्चार निर्देशिका–२०७६, अपाङ्गतामैत्री सञ्चार निर्देशिका–२०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३ मा उल्लेख प्रावधानबारे जानकारी दिनुभएको थियो । 

काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले नयाँ सूचीकृत हुन आउने अनलाइन सञ्चारमाध्यमलाई पत्रकार आचारसंहिताका बारेमा जानकारी दिँदा यसले उहाँहरुलाई आगामी दिनमा पत्रकारिता गर्दा पनि यस विषयमा सजग बनाउने भएकाले नियमितरुपमा अभिमुखीकरण राखिएको बताउनुभयो । आजको सो कार्यक्रममा भौतिकरूपमा र जुममार्फत अनलाइन सञ्चालक, सम्पादक एवं समाचारदाता सहभागी थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending