Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

रेडियो नेपाललाई जतिसक्दो चाँडो ‘पिएसबी’ मा रुपान्तरण गरिनेछ : प्रवक्ता कार्की

खबरडबली संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेडियो नेपाललाई जतिसक्दो चाँडो सार्वजनिक प्रसारण सेवा ‘पिएसबी’मा रुपान्तरण गरिने बताएका छन् । रेडियो नेपालको ७२औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा सरकार प्रवक्ता कार्कीले रेडियो नेपाललाई पिएसबीमा रुपान्तणका लागि कानुनी तथा संसदीय प्रक्रियाले छिट्टै निकास पाउने विश्वास व्यक्त गरे ।

उनले भने, “यसलाई सार्वजनिक प्रसारण संस्थाका रुपमा लैजान कानुनी प्रक्रिया अगाडि बढिसकेको छ, आगामी दिन रेडियो नेपाललाई प्रभावकारी रुपमा अगाडि बढ्न आवश्यक पर्ने सबै सहयोग गर्न सरकार तयार छ ।” महाभूकम्प र कोरोना महामारीको समयमा वा देशमा हुने विभिन्न विपत्ति तथा प्राकृतिक प्रकोपमा समेत रडियो नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले आगामी दिन रेडियो नेपाललाई सार्वजनिक सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने मा जोड दिए । 

मन्त्री कार्कीले भने, “प्राकृतिक प्रकोप होस् वा विपत्, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनेदेखि नयाँ संविधान निर्माण गर्नेसम्म, भूकम्पदेखि कोभिड सङ्क्रमणको रोकथाम, नियन्त्रण, सतर्कता र सजगताको सन्देश गरेर अतुलनीय योगदान गरेको छ ।” 

उनले रेडियो नेपालका प्रतिस्पर्धीसँग खरो रुपमा उत्रनुपर्ने बाध्यतासँगै दूरदराजमा आफ्नो सेवाको पहुँच विस्तार गर्दै गाउँ र बस्तीका समस्या तथा सम्भावनालाई सम्बोधन गर्नुपर्ने जरुरी रहेको बताए । अझै पनि देशको शत्प्रतिशत भू–भागमा रेडियो सुनाउन रेडियो नेपालले थप प्रसारण सेवा विस्तार गर्ने कार्यमा लाग्नुपर्ने उनको भनाइ छ । 

सञ्चार मन्त्रालयका सचिव तथा रेडियो प्रसार सेवा विकास समिति अध्यक्ष डा बैकुण्ठ अर्यालले सूचना प्रविधिको विकाससँगै रेडियो नेपाललाई सबै जनताको पहुँचमा पुर्‍याउने गरी कार्ययोजना बनाउनुपर्नेमा जोड दिए । 

विसं २००७ चैत २० गते स्थापना भएको नेपालको अग्रणी प्रसारण संस्था रेडियो नेपाल आजदेखि ७१औँ वर्ष पूरा गरी ७२ वर्षमा प्रवेश गरेको छ । ‘आधुनिक नेपालको समावेशी आवाज’ मूल नारा बोकेको रेडियो नेपालले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका हिमाल पहाडदेखि तराई मधेस र इन्टरनेटका माध्यमबाट विदेशमा बस्नेका लागि भरपर्दो र विश्वसनीय प्रसारण सेवा प्रवाह गर्दै आएको छ । 

हाल रेडियो नेपालले २१ भाषाका समाचार र २० भाषाका कार्यक्रम प्रसारण गर्दै आएको छ । रेडियो नेपालले ‘रेडियो नेपाल राष्ट्रिय स्रष्टा सम्मान पुरस्कार’ बाट वरिष्ठ गीतकार किरण खरेल र सङ्गीतकार दीपक जङ्गमलाई प्रदान गरेको छ । त्यसैगरी रेडियो नेपालमा २५ वर्ष सेवा अवधि पूरा गर्ने ३६ कर्मचारीलाई स्वर्ण पदक प्रदान गरिएको छ ।   

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनको मुल्य अहिलेसम्मकै उच्च, प्रतितोला २ लाख ५८ हजार ८ सय

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । सुनको मुल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्य...

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

पर्सा। वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । मुख्य सहरमा रहेका फलफ...

बन्दसत्र सुरु हुनुअघि एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।  भृकुटीमण्डपमा केहिबेरअघि सुरु भएको बैठकमा पार्ट...

अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोलीबारी : दुई विद्याथीको मृत्यु, नौ घाइते

काठमाडौँ। अमेरिकाको रोड आइल्यान्ड राज्यस्थित ब्राउन युनिभर्सिटीमा भएको गोलीबारीमा दुईजना विद्यार्थीको मृत्यु भएको छ । अमेरिकाको रोड आइल्याण्डको प्र...

एक महिनाभित्र काम थाल्न ठेकेदारलाई मन्त्री घिसिङको अल्टिमेटम

तनहुँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले तनहुँ र चितवन जोड्ने बहुप्रतिक्षित घुमाउने मोटरेबल पुलको निर्माण कार्य एक महिनाभित्र सुरु नग...

एसिसी यु–१९ एसिया कप: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।  दुबईको द सेभेन्स रङ्गश...

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् ।  ११ ओभरको चौथो, पाँचौँ र छैटौं...

एउटा देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्: झलनाथ खनाल

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...

एमालेले देशलाई गलत दिशामा जान दिदैन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्।  नेकपा एमालेको ११ औँ मह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending