Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank

मुलुकको आर्थिक विकास र संविधान कार्यान्वयनमा मिडियाको भूमिका महत्वपूर्ण: भट्टराई

खबरडबली संवाददाता

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताहरुले संविधानको कार्यान्वयनका निम्ति आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्न सबैमा अपिल गरेका छन् । 

रिपोर्टर्स क्लब नेपालको २४औँ वार्षिकोत्सका अवसरमा यहाँ आज आयोजित समारोहमा शुभकामना व्यक्त गर्दै जनता समाजवादी पार्टी, नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई पूर्ण रुपमा संस्थागत गर्दै मुलुकको आर्थिक विकास गर्न र संविधान कार्यान्वयनमा मिडियाको भूमिका महत्वपूर्ण हुने विचार राखे। 

उनले भने, “राजनीतिक दलले उठाउनुपर्ने मुद्दा नेपाली मिडियाले उठाएपछि मात्रै त्यसलाई दलले उठाउने गरेका छन्, राजनीतिक नेतृत्वले गर्नुपर्ने काम मूलत: नेपालमा मिडियाले उठाउने गरेको पाउँछु  भ्रष्टाचार, आम जनताको विषयलाई मिडियाले उठाउँछ र हामीले पछ्याउने गरेका छौँ, त्यस अर्थमा पनि मिडियाको भूमिका महत्वपूर्ण छ ।” नेपालले विभिन्न देशसँग सन्तुलित सम्बन्ध बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो । 

नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुक अब स्थानीय निकायको निर्वाचनमा प्रवेश गर्न लागेको सन्दर्भ उल्लेख गर्दै संविधानको कार्यान्वयनका लागि सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले भने, “व्यापार घाटा झनै बढेको छ, विविध खालका आर्थिक समस्या सामना गर्नुपरेको छ, राजनीतिक रुपमा स्थिरता दिन सकिएको छैन, अब हामी जनताको अदालतमा खडा हुने स्थिति छ, अब प्राप्त हुने जनमतले अग्रगति र स्थिरतातर्फ लैजान मार्गदर्शन गर्छ, आउने निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष ढङ्गले सम्पन्न गर्नुपर्छ ।”

नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आगामी निर्वाचनमा गठबन्धन गर्दा संसदीय मूल्य र मान्यतालाई ध्यान दिनुपर्ने धारणा राख्नुभयो । पूर्वसभामुख नेम्वाङले भन्नुभयो, “हाम्रो संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको छ, यो निर्वाचन प्रणालीमा अपवादमा बहुमत आउँछ, गठबन्धन गर्नुपर्छ, तर, त्यो मूल्य र मान्यताका आधारमा हुनुपर्छ ।”

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालकी नेत्री तथा सांसद चन्दा चौधरीले नेताहरुलाई अब व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर देशको हितमा केन्द्रित हुन सुझाव दिए । 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले सरकारसमक्ष प्रेस स्वतन्त्रता र पत्रकारको पेसागत सुरक्षाको माग गरे । क्लबका सभापति ऋषि धमलाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नतर्फ केन्द्रित हुन दलका शीर्ष नेताहरुलाई आग्रह गरे। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गा प्रसाईंको अनुसन्धान प्रतिवेदन पेश, राज्यविरुद्धको कसुरमा अभियोग सिफारिस

काठमाडौं । दुर्गा प्रसाईं विरुद्धको अनुसन्धान पूरा गरेर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ। जिल्ला प्रहरी कार्याल...

भारतमा पुन: इन्धन मूल्य वृद्धि

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन् । पछ...

विगतका सरकारका कारण आधारभूत आवश्यकतामै बहस गर्नुपरेको छ - सभामुख अर्याल

काठमाडौं । सभामुख डिपी अर्यालले विगतका सरकारहरूले प्रभावकारी काम नगर्दा अझै पनि आधारभूत आवश्यकताका विषयमा बहस गर्नुपर्ने अवस्था रहेको बताएका छन् । ...

गणतन्त्र दिवस समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने, प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने मूल समारोहलाई यस वर्ष राष्ट्रपतिले सम्बोधन गर्ने भएका छन् । यसबारे प्रधानमन्त्री ब...

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार ९०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु दुई लाख ९०...

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

लेखनाथ। बजेट अधिवेशनका रुपमा चिनिने गण्डकी प्रदेशसभाको अधिवेशन आज दिउँसोबाट सुरु हुँदै छ । सोमबार दिउँसो २ बजे भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्राल...

जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा - ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । कुलेखानी जलविद्युत् आ...

डडेल्धुरामा रुखबाट खसेर बालविकास शिक्षिकाको मृत्यु

डडेल्धुरा। रुखबाट खसेर डडेल्धुरामा एक बालविकास शिक्षिकाको मृत्यु भएको छ । आइतबार जिल्लाको अजयमेरु गाउँपालिका–१ खतेडाकी शिक्षिका लक्ष्मी भण्डारीको रुखब...

कञ्चनपुरका दुई नगरपालिकाका विद्यालय एक साता बन्द

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका र भीमदत्त नगरपालिकाका विद्यालय एक साता बन्द हुने भएका छन् । अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्य अव...

हेटौंडा सिमेन्ट उद्योग बन्द हुनु दु:खद हो, यसलाई सरकारले चलाउँछ : उद्योगमन्त्री

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक संकटसँग जुध्दै आएको हेटौंडा सिमेन्ट उद्योगको आज निरीक्षण गरेकी छन् ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending