काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन् । रिपोर्टर्स् क्लब नेपालको २४औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएको हो ।
नेपाली कांगे्रसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस नागरिकको विचार अभिव्यक्ति एवं पूर्ण प्रेस स्वतन्त्रतासहितको लोकतन्त्रको पक्षमा रहेको पनि स्पष्ट गरे।
उनले नेपाली कांग्रेसले स्थापना कालदेखि नै लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएको बताउँदै अहिले पनि आफ्नो पार्टी यही पक्षमा दृढ रहेको धारणा राखे ।
प्रधानमन्त्री देउवाले पूर्ण प्रेस स्वतन्त्रताले लोकतन्त्रलाई चलाएमान बताउने बताउँदै अब हुने स्थानीय, प्रदेश र सङ्घको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी सहयोग गर्न आमसञ्चार माध्यमसँग अनुरोध पनि गरे।
उनले भने, “मुलुकको विकासको लागि सञ्चार माध्यमको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ, मुलुकमा लोकतान्त्रिक शासन व्यवस्था स्थापित गर्न मिडियाको भूमिका महत्वपूर्ण छ, अब निर्वाचन सम्पन्न गरी मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानका लागि पनि मिडियाले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने छ ।”
प्रधानमन्त्री देउवाले गठनबन्धनलाई निरन्तरता दिने पार्टीको निर्णय सुनाउँदै यही गठबन्धनलाई अझै बढी बलियो र एकताबद्ध बनाएर लैजाने बताए। उनले पछिल्लो समयमा सूचना प्रविधिको विकासले सञ्चार क्षेत्रमा ठूलो फड्को मारेको बताउँदै सूचना प्रविधिको विकाससँगै पछिल्लो समयमा मिथ्या र भ्रामक समाचार र सूचना पनि बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरे।
प्रधानमन्त्री देउवाले मिथ्या र भ्रामक समाचारले सबै सञ्चार माध्यमको विश्वसनीयता सङ्कटमा पर्दै जाने बताउँदै सत्यतथ्यमा आधारित भएर पत्रकारिता गनुपर्ने आवश्यकता औँल्याए ।
मिडिया स्वाभावैले आवाज विहीनको आवाज भएका कारण पनि मिडियालई राज्यको चौँथो अङ्ग भनिएको उल्लेख गर्दै अन्य विकसित देशमा जस्तै नेपालमा पनि मिडियाले विभिन्न नीति परिवर्तनसँगै आर्थिक, सामाजिक, सांस्कृति विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...
मंसिर २९ गते, २०८२ - १६:२१
काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...
मंसिर २९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...




प्रतिकृया लेख्नुहोस्: