काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको निमित्त प्रतिबद्ध रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवसको अवसरमा यहाँ आज आयोजित ‘पत्रकार तथा सञ्चारमाध्यममा कोभिड–१९ को प्रभाव’ विषयक छलफलमा सरकारका प्रवक्तासमेत रहेका कार्कीले लोकतन्त्र र प्रेस स्वतन्त्रता अभिन्न अङ्ग भएको बताए।
उनले लोकतन्त्रलाई बलियो र संस्थागत गर्न पत्रकारिता क्षेत्रबाट अझै सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्राप्त गर्न र हालै कोभिड–१९ को समयमा समग्र पत्रकारिता क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गरे। नेपालको संविधानले नै संवैधानिक हकको रूपमा प्रेस तथा सूचनाको हकको प्रत्यभूति गरेको सन्दर्भमा प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाप्रति वर्तमान सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।
मन्त्री कार्कीले नागरिक समक्ष सूचनाको हक, सूचना पहुँचको कार्यान्वयन तथा पत्रकारको हकका लागि विभिन्न नीतिगत, कानूनी र संस्थागत विकास गर्नका लागि सरकारले विभिन्न कार्यक्रमसमेत ल्याएको जानकारी दिए।
ज्येष्ठ पत्रकारको जीवन यापनमा सहयोग पुर्याउने उद्देश्यले सरकारले रु पाँच करोड ३२ लाखको पत्रकार वृद्धि कोष स्थापना गरेको उनले बताए । मन्त्री कार्कीले भने, “त्यसबाट प्राप्त हुने ब्याज आम्दानीबाट ६५ वर्षभन्दा माथिका पत्रकारलाई वृद्धि कोष मापदण्ड स्वीकृत गरी कार्यान्वयनको चरणमा रहेको छ, सरकारले आमसञ्चारमाध्यम तथा पत्रकारमध्ये छ जनालाई प्रत्येक वर्ष जनही रु एक लाखको राष्ट्रिय पत्रकारिता पुरस्कारको व्यवस्था गरेको छ ।”
प्रत्येक वर्ष दुई जना पत्रकारलाई रु दुई लाख र सम्मान पत्रसहितको सम्मान गर्नुका साथै सञ्चार गृहले आयात गर्ने अखबारी कागजमा एक प्रतिशत मात्रै भन्सार लाग्ने व्यवस्था गरिएको उनको भनाइ थियो । उनले आगामी आर्थिक वर्षदेखि पत्रकार र आमसञ्चारसम्बन्धी सबै कार्य सूचना प्रविधिको माध्यमबाट गर्ने तयारी हुनुका साथै संसद्मा छलफलका क्रममा रहेका सञ्चारसम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल भइरहेको बताए।
उनले भने, “राष्ट्रिय आमसञ्चार ऐनको मस्यौदालाई टुङ्ग््याउने विषय, राष्ट्रिय प्रसारण नियमावली पछिल्लो संशोधनबारे सरोकारवालाले उठाएका प्रश्नको विषय, पत्रकारका लागि नि:शुल्क उपचार गर्ने विषय, पत्रकार कल्याण कोषको कार्यान्वयन गर्ने विषय, आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थानपना गर्ने विषय तथा मिडियाको हकहित तथा संरक्षणका लागि गर्नुपर्ने विषयका बारेमा सुझाव दिनका लागि आग्रह गर्दछु ।”
महासङ्घका अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रता र श्रमजीवि पत्रकारका मुद्दालाई सँगसँगै उठाउँदै आएको जानकारी दिए। कोरोना र अन्य समयमा पनि पत्रकारको स्वास्थ्य उपचारका निम्ति सहयोग गर्दै आएको उनको भनाइ छ ।
उनले सरोकारवालासँगको प्राप्त छलफलका आधारमा सञ्चारमैत्री कानून बनाउनुपर्ने मागसमेत गरे। दिवसको अवसरमा आज महासङ्घले प्रभातफेरी, फुटसल प्रतियोगिता, सञ्चारका विविध विषयमा विज्ञसहितको अन्तरक्रिया, रक्तदान, स्वास्थ्य शिविरजस्ता रचनात्मक कार्यक्रमको आयोजनासमेत गरको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ११ गते, २०८३ - १३:३५
तेहरान । अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ । आइतबार सार्वजनिक एक ...
जेष्ठ ११ गते, २०८३ - १३:१७
काठमाडौँ। मन्त्रिपरिषद् बैठक सोमबार बस्ने भएको छ । आज दिउँसो ३:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधा...
जेष्ठ ११ गते, २०८३ - १३:०३
काठमाडौं । दुर्गा प्रसाईं विरुद्धको अनुसन्धान पूरा गरेर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ। जिल्ला प्रहरी कार्याल...
जेष्ठ ११ गते, २०८३ - १२:५१
नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन् । पछ...
जेष्ठ ११ गते, २०८३ - १२:४०
काठमाडौं । सभामुख डिपी अर्यालले विगतका सरकारहरूले प्रभावकारी काम नगर्दा अझै पनि आधारभूत आवश्यकताका विषयमा बहस गर्नुपर्ने अवस्था रहेको बताएका छन् । ...
जेष्ठ ११ गते, २०८३ - १२:३३
काठमाडौं । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने मूल समारोहलाई यस वर्ष राष्ट्रपतिले सम्बोधन गर्ने भएका छन् । यसबारे प्रधानमन्त्री ब...
जेष्ठ ११ गते, २०८३ - ११:२५
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार ९०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु दुई लाख ९०...
जेष्ठ ११ गते, २०८३ - ११:०८
लेखनाथ। बजेट अधिवेशनका रुपमा चिनिने गण्डकी प्रदेशसभाको अधिवेशन आज दिउँसोबाट सुरु हुँदै छ । सोमबार दिउँसो २ बजे भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्राल...
जेष्ठ ११ गते, २०८३ - १०:३६
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । कुलेखानी जलविद्युत् आ...
जेष्ठ ११ गते, २०८३ - १०:२८
डडेल्धुरा। रुखबाट खसेर डडेल्धुरामा एक बालविकास शिक्षिकाको मृत्यु भएको छ । आइतबार जिल्लाको अजयमेरु गाउँपालिका–१ खतेडाकी शिक्षिका लक्ष्मी भण्डारीको रुखब...



प्रतिकृया लेख्नुहोस्: