Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

प्रभावकारी बनेन सुरक्षित गर्भपतन सेवासम्बन्धी कानुन

खबरडबली संवाददाता

काठमाडौं । सुरक्षित गर्भपतन सेवालाई कानुनले स्पष्टरुपमा महिलाको स्वास्थ्य अधिकारका रुपमा व्याख्या गरे पनि सो सेवालाई अझै प्रभावकारी बनाउन  सकिएको छैन । 

कानुनी प्रावधान कार्यान्वयन नहुँदा असुरक्षित गर्भपतनको क्रममा थुप्रै महिलाको स्वास्थ्य जोखिममा परेको छ । कतिपय अवस्थामा महिलाको ज्यानैसमेत जाने गरेको छ । असुरक्षित गर्भपतनका कारण कति महिलाले अकालमा  ज्यान गुमाउँछन् भन्ने सरकारसँग आधिकारिक तथ्याङ्क छैन । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाद्वारा हालै जारी सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन निर्देशिका, २०७८ ले सुरक्षित गर्भपतन सेवा सञ्चालनको अनुमति दिने अधिकार स्थानीय तहलाई दिएको छ  । 

अझै अधिकांश स्थानीय तहले सो सेवा प्रदान गर्न सकिरहेका छैनन् । आफूहरुसँग पर्याप्त नर्स र चिकित्सक रहे पनि उनीहरुलाई तालिम दिन नसक्दा सेवा सञ्चालन गर्न नसकेको चन्द्रागिरि नगरपालिकाले जनाएको छ । 

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राममणि घिमिरेले भने, “कानुनले हामीलाई अधिकार दिएको छ । तालिम प्राप्त जनशक्तिको अभावले चाहेर पनि सेवा दिन सकेका छैनौँ ।” 

कानुन मात्र बनाउँदैमा सेवा प्रभावकारी नहुने उनको भनाइ छ । “सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय भए मात्र सेवा प्रभावकारी बनाउन सकिन्छ”, घिमिरेले भने। 

तारकेश्वर नगरपालिकाले सुरक्षित गर्भपतन सेवा अझै सञ्चालनमा ल्याउन नसकेको छैन । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार साहले भने, “कोरोना महामारी व्यवस्थापनमा ध्यान केन्द्रित हुँदा जनस्वास्थ्यका अन्य समस्या सम्बोधन गर्न ढिलाइ भएको हो ।” 

सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन पर्याप्त कानुन बनाउनेमा नेपाल अग्रणी मुलुकमा पर्छ । नेपालमा मातृ मृत्युदर घटाउनुका साथै महिलाको प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न सरकारले २०५९ सालदेखि सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिएको थियो । 

यसैलाई कार्यान्वयन गर्नका लागि मन्त्रालयले सुरक्षित गर्भपतन सम्बन्धी राष्ट्रिय नीति, २०६० बनाई लागूसमेत गरेको छ । 

विसं २०७२ को संविधानको धारा ३८ को उपधारा २ ले महिलालाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको हक प्रदान गरेको छ । संविधान प्रदत्त महिलाको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यसम्बन्धी हकको सम्मान र संरक्षण गर्न सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ र नियमावली, २०७७ जारी गरेको छ । 

यसले सुरक्षित गर्भपतन सेवालाई महिलाको अधिकारका रुपमा स्थापित गर्न मद्दत गरेको छ । यो सेवा सबै महिलाको पहुँचमा ल्याउने दायित्व सङ्घ, प्रदेश र स्थानीय तहका सरकारको हो ।  

महिला विकास तथा कानुन मञ्चमा आबद्ध अधिवक्ता सविन श्रेष्ठ ऐन नियमावली कार्यान्वयनको पक्ष फितलो भएकाले समस्या भएको बताउँछन् । सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन सहयोग पुग्ने गरी प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि ऐन ल्याउने मुलुकमा नेपालसहित फिलिपिन्स, युगान्डालगायत मुलुक मात्रै छन् । 

राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापाले महिला स्वास्थ्यलगायतका क्षेत्रमा नेपालले विगतका वर्षको तुलनामा निकै प्रगति गर्दैआएको दाबि गरे  । नागरीक समाज, सञ्चारमाध्यमलगायत क्षेत्रबाट पर्याप्त दबाब दिन सके  अहिलेको अवस्थामा सुधार गर्न सकिने उनले बताए ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका अनुसार नेपालमा गत आर्थिक वर्ष ९५ हजार महिलाले गर्भपतन गराएका थिए । तीमध्ये ५७ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराएको तथ्याङ्क छ । 

महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत निशा जोशीले सुरक्षित गर्भपतनाई कानुनी मान्यता दिएपछि असुरक्षित रुपमा गरीने गर्भपतनमा केही कमी आएको जानकारी दिए ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी ऐन, २०७५ को भाग ४ को दफा १५ ले गर्भवतीको अवस्था अनुसार १२ हप्तादेखि २८ हप्तासम्मको गर्भपतन गराउन सकिन्छ । गर्भवतीको मन्जुरीमा १२ हप्तासम्म जस्तो प्रकारको गर्भ पनि पतन गराउन सकिन्छ । 

गर्भपतन नगराएमा ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ भनी इजाजत प्राप्त चिकित्सकको राय भई त्यस्ता महिलाको मन्जुरीमा २८ हप्तासम्मको गर्भ पनि पतन गराउन पाइने व्यवस्था उक्त ऐनले गरेको छ । 

यसबाहेक जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ, रोग प्रतिरोधात्मक क्षमता उन्मुक्ति गर्ने जीवाणु वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेमा पनि महिलाको मन्जुरीमा २८ हप्तासम्म सुरक्षित गर्भपतन गराउन पाइने व्यवस्था सो ऐनमा छ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस-एमाले गठबन्धन ब्यूँताउने गृहकार्य, राष्ट्रियसभा चुनावमा मिलेर जाने तयारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार  सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...

निर्वाचनमा होमियो प्रलोपा, तीन समिति गठन

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ ।  तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।  भौतिक पूर्...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्सको साधारण शेयर

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...

एमालेले महाधिवेशन प्रतिनिधिलाई नेता कार्यकर्ताको घर र कोठामा राख्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending