Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

प्रधानमन्त्री निवास बालुवाटारको ढलको समस्या हटाउन काम सुरु

खबरडबली संवाददाता
काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले प्रधानमन्त्रीको सरकारी निवाससमेत रहेको बालुवाटार क्षेत्रमा आगामी वर्षदेखि ढलको समस्या नआउने गरी काम थालिएको र प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा पनि अबको दिनमा थालिने बताएका छन्  ।  
 
बालुवाटार क्षेत्रमा प्रधानमन्त्रीसहित सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीशको सरकारी निवास र नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय परिसर क्षेत्रमा प्रत्येक वर्ष आउने बर्सातको फोहोर पानी र ढललाई व्यवस्थापन गर्न सुरु भएको निर्माणको मङ्गलबार शिलान्यास गर्दै मन्त्री चौधरीले अब ढलको समस्या समाधान हुने बताउनुभएको हो । सो स्थानमा सुरु भएको निर्माणले काठमाडौँ महानगरपालिका वडा नं २, ३ र ४ को क्षेत्रमा रहेको ढलको समस्या समाधान गर्नेछ । 
 
मन्त्री चौधरीले आगामी आर्थिक वर्षमा मुलुकको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबारभित्र र बाहिर पनि ढलको व्यवस्थापनको कार्य अघि बढाइने बताए। आगामी आवमा सिंहदरबारभित्र र वरिपरिको क्षेत्रमा देखिएको ढलको समस्यालाई व्यवस्थापन सिंहदरबार पुन:निर्माण गुरुयोजनालाई असर नपर्ने गरी काम अघि बढाइने उहाँको भनाइ छ । उनले भने, “सबै क्षेत्रका महत्वपूर्ण स्थानमा देखिएको फोहोर पानी र ढलको व्यवस्थापनको काम अगाडि बढाइनेछ ।”
 
ठेक्काको जिम्मेवारी पाएको निर्माण व्यवसायीले निर्धारित समयभन्दा पहिले नै काम सम्पन्न गरेमा सरकारबाट ‘बोनस’ पाउने मन्त्री चौधरीले बताए । मन्त्री चौधरीले निर्धारित समयभन्दा अगाडि र गुणस्तरमा कुनै सम्झौता नगरी काम गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै वडाका जनप्रतिनिधिको साथ र सहयोगबाट आयोजना सम्पन्न हुने विश्वास व्यक्त गरे ।
 
खानेपानी सचिव सुरेश आचार्यले प्रधानमन्त्रीको सरकारी निवास क्षेत्र र काठमाडौँ महानगरपालिकाका तीन वडाका बासिन्दाले आयोजना सम्पन्न भएपछि ढलको समस्याबाट मुक्ति पाउने र सडक प्रयोगकर्ताले सुविधा पाउने बताए । 
 
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले प्रधानमन्त्री निवाससहित अतिविशिष्ट व्यक्तिको निवास क्षेत्र र महानगरको २, ३ र ४ का नौ हजार २४६ घर परिवार ढल निकासको समस्याबाट लाभान्वित हुने बताउनुभयो ।
 
बालुवाटार क्षेत्रमा ढल र बर्सातको पानी व्यवस्थित गर्न नसक्दा आवास क्षेत्र र सडक ढल र पानीको कारण जलमग्न हुने र घरभित्र पस्ने समस्या छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको १ नम्बर गेटबाटै बालुवाटरको उत्तरी क्षेत्रबाट आउने बर्सातको पानी निवासभित्र पस्ने गर्दछ । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दर्जनभन्दा बढी बैंकले ब्याजदर घटाए, कसको कति ?

काठमाडौँ। एक दर्जनभन्दा बढी बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्ति...

एमाले महाधिवेशनमा सहभागीलाई ब्रेड–फलफूलदेखि मासु–भातसम्मको व्यवस्था

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको बन्दसत्रमा सहभागी प्रतिनिधिहरूका लागि ब्रेड–फलफूलदेखि मासु–भातसम्मको खाना–नास्ताको व्यवस्था गरिएको छ। ख...

निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु सरकारको प्रमुख दायित्व : गृहमन्त्री अर्याल

पोखरा। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेकाले सरकारको गठन नै निर्वाचन मार्फत निर्वाचित सरकारलाई जि...

सुनको भाउ २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी ...

व्यक्तिको विवरण हेरफेर गरी राष्ट्रिय परिचयपत्र एप्रुभ गर्ने कर्मचारीसहित दुई पक्राउ

काठमाडौं । व्यक्तिको विवरण हेरफेर गरी राष्ट्रिय परिचयपत्र ‘एप्रुभ’ गरेको आरोपमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीसहित दुई जना पक्राउ प...

कम मूल्यमा धान बिक्री गर्न बाध्य सप्तरीका किसान

सप्तरी। सप्तरीका किसानहरूले नेपाल सरकारले तोकेकोभन्दा कम मूल्यमा धान बेच्न बाध्य भएका छन् । व्यापारीहरूले किसानहरूसँग सस्तोमा धान किनेर महँगोमा बेच्दै...

सिड्नी गोलीकाण्ड अपडेट: मृतकको सङ्ख्या १६ पुग्यो

काठमाडौँ। सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । जसमा एक बुबा र छोरा आक्रमणकारीको रूपमा पहिचान गरिएको प्रहरीले जना...

एमाले ११औँ महाधिवेशन: सुनिता डङ्गोलदेखि सुहाङ नेम्वाङसम्म केन्द्रीय सदस्यमा इन्ट्री

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा केही चर्चित नयाँ अनुहार केन्द्रीय कमिटीमा प्रवेश गर्ने भएका छन् । प्रारम्भमा महाधिवेशन प्रतिनिधि नबनेका...

बाँकेमा शितलहरबाट ३५ हजार बढी परिवार प्रभावित हुने पुर्वानुमान

नेपालगन्ज । यस वर्ष बाँके जिल्लामा ३५ हजारभन्दा बढी परिवारका करिब एक लाख ८० हजार सर्वसाधारण शितलहरबाट प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । जिल्...

राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ ।  प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending