काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आसन्न निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने भन्ने निर्णय केन्द्रले गर्न नमिल्ने बताएका छन् । केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकमा धारणा राख्दै नेता कोइरालाले भने केन्द्रबाट गठबन्धन गर्ने भन्ने निर्णय गरेर लाद्ने काम नगरौँ ।
उनले केन्द्रबाट गठबन्धन गर्छु भनेर निर्णय गर्दा तल्ला तहका कार्यकर्ताबीच भावनात्मक एकता हुन नसक्ने र त्यसले नतिजा प्रभावित हुने बताएका थिए । ‘गठबन्धन गर्ने भनेर यहाँबाट निर्णय गर्दा तलका कार्यकर्ताबीच एकता हुन सकेन भने के हुन्छ ? त्यसपछिको अवस्थाबारे कसले जिम्मेवारी लिन्छ ? हामीले त्यता ध्यान दिन जरुरी छ,’ उनले भने, ‘यसरी केन्द्रबाट गठबन्धन गर्ने भन्ने निर्णय गरेर लाद्ने काम नगरौँ ।’ उनले केन्द्रले गठबन्धन गर्ने निर्णय गर्दा तलका कार्यकर्ताले मानेनन् भने के हुन्छ भनेर प्रश्न गरेका छन् ।
उनले गठबन्धन गरेर चुनाव जित्छु भन्ने आशाभन्दा पार्टीभित्रै सबै गुट उपगुटबीचको एकतामा जोड दिन आग्रह गरे ।
‘गठबन्धन कोसँग, किन, केका लागि गर्ने हो ? किन आवश्यक हो ?,’ बैठकमा प्रश्न गर्दै नेता कोइरालाले भने, ‘अरु पार्टीसँग गठबन्धन गर्नुभन्दा आफ्नै पार्टीभित्रको एकतामा किन जोड नदिने ? त्यसतर्फ ध्यान दिँदा के हुन्छ ?’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - १७:१३
काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...
चैत्र ४ गते, २०८२ - १७:०६
काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...
चैत्र ४ गते, २०८२ - १६:४३
ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...
चैत्र ४ गते, २०८२ - १६:३५
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...
चैत्र ४ गते, २०८२ - १६:३३
काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...
चैत्र ४ गते, २०८२ - १६:२५
काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो । चुनाव...
चैत्र ४ गते, २०८२ - १५:२७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...
चैत्र ४ गते, २०८२ - १४:५३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...
चैत्र ४ गते, २०८२ - १४:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...
चैत्र ४ गते, २०८२ - १४:२९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...


प्रतिकृया लेख्नुहोस्: