Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

महासङघ र लगानी बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर

खबरडबली संवाददाता

काठमाडौँ । आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र बाह्य लगानी प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घ र लगानी बोर्ड नेपालबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

अर्थमन्त्री एवम् बोर्डका उपाध्यक्ष जनार्दन शर्माको उपस्थितीमा भएको उक्त समझदारीपत्रमा महासङ्घका अध्यक्ष शेखर गोल्छा र बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले हस्ताक्षर गरेका हुन् । सहमतिअनुसार महासङ्घको सचिवालयमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सहायता कक्ष स्थापना गरिने छ । सहायता कक्षको सञ्चालनमा बोर्डका तर्फबाट प्राविधिक सहयोगका साथै सहायता कक्षको क्षमता अभिवृद्धि, सीप विकास र ज्ञानको आदानप्रदानमा सहयोग हुनेछ । 

समझदारीअनुसार महासङ्घले राष्ट्रको आवश्यकता अनुसारका लगानी परियोजनाको पहिचान, अन्तराष्ट्रियरुपमा आफनो माध्यममार्फत लगानीकर्ताको खोजी गर्ने कार्यमा बोर्डलाई सक्रियतापूर्वक सहयोग गर्ने छ । त्यसैगरी महासङ्घले स्वदेश तथा विदेशमा लगानीसम्बन्धी सडक प्रदर्शनका अतिरिक्त महत्वपूर्ण गतिविधि गर्नेछ । 

त्यसैगरी लगानी प्रवद्र्धनका दिशामा सार्वजनिक निजी साझेदारीको अवधारणाभित्र रही दुवै संस्था निरन्तर सहकार्य, लगानी सम्बन्धी ज्ञान, अनुुभव एवं सूचनाको आदानप्रदान, नीतिगत सुधारमा सहकार्य गर्ने छन् । यस्तै प्रत्यक्ष वैदेशिक लगानी एवम् अन्य लगानी प्रवद्र्धनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रियरुपमा आयोजना हुने सभा, सम्मेलन, प्रर्दशनी, गोष्ठी, कार्यशाला, तालिमको आयोजनामा महासङ्घले बोर्डलाई प्रत्यक्ष सहयोग गर्नेछ । 

महासङ्घले लगानी प्रवद्र्धनका लागि तयार पार्ने दस्तावेजमा बोर्डले सहयोग गर्ने छ । त्यसैगरी दुवै संस्थाले लगानीसम्बन्धी तथ्याङ्क, प्रतिवेदन, संयुक्तरुपमा तयार पारिएका अन्य प्रतिवेदन, बाह्य लगानी आकर्षणमा देखा परेका चुनौती तथा अवसर र सार्वजनिक निजी साझेदारीमा लगानीसम्बन्धी नीति पैरवीलगायतमा सहयोग तथा सहकार्य आदान प्रदान गर्नेछन् । 

महासङ्घले लगानीका अवसरसम्बन्धी डाइरेक्टरीको तयारीमा पनि सहयोग गर्नेछ । त्यसैगरी दुवै संस्थाले सबै प्रकारका लगानी, परियोजना विकासलगायतमा संयुक्तरुपमा अध्ययन अनुसन्धानमा समेत सहकार्य गर्नेछ । सो अवसरमा बोर्डका उपाध्यक्ष एवम् अर्थमन्त्री शर्माले मुलुकभित्र आन्तरिक एवं बाह्य लगानी प्रवद्र्धनका लागि बोर्ड तथा महासङ्घबीचको समझदारी एउटा अनुपम उदाहरण भएको र समझदारीमा उल्लेख गरिएका सहमतिका दफालाई दुवै संस्थाले अधिकतम सफल पार्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए । 

सहमतिबाट सिङ्गो राष्ट्र नै लाभान्वित हुने उल्लेख गर्दै उनले सरकारले आन्तरिक एवं बाह्य सबै प्रकारको लगानी आकर्षणमा विशेष जोड दिएको तथा लगानीका लागि आउनेलाई हामीले प्रतिफलको पनि स्पष्ट खाका दिनुसक्नु पर्ने सुुझाव दिए । लगानीका लागि गरिएको प्रतिबद्धताअनूरुप लगानी आउन नसक्नुका पछाडी मिहिन ढङ्गले अध्ययन गरी प्रतिबद्धताअनुरुपको अधिकतम लगानी भित्र्याउन सरकार लागेको पनि उनले बताए  । 

बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले बोर्ड र महासङ्घबीचको समझदारी ऐतिहासिक भएको बताए । लामो गृहकार्यपश्चात सम्पन्न समझदारीपत्र हस्ताक्षर कार्यक्रम एउटा ऐतिहासिक शुरुवात भएको भन्दै सहमतिलाई सफल पार्न बोर्डले कुनै कसर बाँकी नराख्ने र महासङ्घबाट पनि आफूले पूर्ण सहयोग पाउने विश्वास व्यक्त गरे । 

दुवै संस्थाको एउटै उद्देश्य मुलुकभित्र आन्तरिक एवं बाह्य लगानी प्रवद्र्धनका माध्यमबाट आम नेपालीको मुहार खुशी बनाउनुु नै रहेकाले यसलाई अधिकतमरुपमा सफल पार्नेमा उनले विश्वास दिलाए  । 

महासङ्घका अध्यक्ष शेखर गोल्छाले मुलुकभित्र आन्तरिक एवं बाह्य लगानी प्रवद्र्धनमा समझदारी कोशेढुङ्गा हुने विश्वास व्यक्त गरे । अध्यक्ष गोल्छाले समझदारीले लगानी बोर्डसँग लगानी प्रवद्र्धनमा सहकार्य गर्ने ढोका खुुलेको बताए । 

कार्यक्रममा वोर्डका सदस्य एवं महासङ्घका निवर्तमान अध्यक्ष भवानी राणा र बोर्डका सहसचिव भगवान अर्यालले बोर्ड तथा महासङ्घबीचको समझदारीबाट मुुलुकभित्र लगानी प्रवद्र्धनका लागि एउटा नयाँ अध्यायको शुरुवात भएको भन्दै सफलताको शुुभकामना व्यक्त गरेक थिए । 

कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघाई, महासङ्घको अन्तराष्ट्रिय लगानी प्रवद्र्धन समितिका सभापति आनन्द वगाडिया, कार्यकारिणी समितिका सदस्य महासङ्घ र लगानी बोर्डका वरिष्ठ अधिकारीको उपस्थिति थियो ।  

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending