Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

सङ्क्रमणको खतरा रहेकाले स्वास्थ्य मापदण्डको परिपालना अनिवार्य: अध्यक्ष तिमिल्सिना

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आसन्न स्थानीय तह निर्वाचनको प्रचारप्रसारमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरुसँग आग्रह गरेका छन् । 

विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित ‘कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले कोभिड–१९ सङ्क्रमणको खतरा अझै कायम रहेकाले स्वास्थ्य मापदण्डको परिपालना गर्नुपर्ने बताएका छन् ।

जनतामा मत माग्न जाँदा विकास र समृद्धिका नारा मात्र होइन कोभिड–१९ बारे जोगिने विषयमा जनचेतनासमेत फैलाउन आग्र्रह गर्दै अध्यक्ष तिमिल्सिनाले कोभिड–१९ महामारीबाट जोगिन सबै पक्ष गम्भीर हुनुपर्ने आवश्यक रहेको आँैल्याए । विश्वका कतिपय मुलुकहरुमा अझै कोभिड–१९ सङ्क्रमणका कारण मानवीय क्षति भइरहेकाले नेपाललाई कोभिड–१९ मुक्त घोषणा नगरेसम्म सबैले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने बताए । 

कोभिड–१९ सङ्क्रमणको जोखिमलाई कम गर्न खोप लगाउने कार्यलाई तीव्र गति दिनुपर्ने औँल्याउदै अन्य प्रदेशको तुलनामा मधेस प्रदेशमा अझै खोप लगाउने दर बढ्न नसकेकाले यसलाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गर। कार्येक्रममा नेपालस्थित विश्व स्वास्थ्य सङ्गठन कार्यालयका प्रमुख डा राजेश सम्भाजीराव पाण्डवले कोभिड–१९ सङ्क्रमण नियन्त्रण र रोकथामका लागि नेपालमा भएको प्रयास प्रशंसनीय रहेको बताउँदै अझै स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने बताए । 

नेपालमा कोभिड–१९ सङ्क्रमणको दर घटे पनि जोखिम अझै कायम रहेकाले खोप अभियानलाई प्रभावकारी बनाउन सुझाव दिदै उनले खोप लगाएपछि कोभिडको कारण ज्यान जाने सम्भावना कम हुने भएकाले निर्धक्कपूर्वक खोप लगाउन आग्रह गरे । 

मधेस प्रदेशसभाका सभामुख सरोजकुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता सङ्गीता कौशल मिश्राले नेपालमा ६४ प्रतिशतले पूर्ण र ७५ प्रतिशतले एक मात्रा डोज खोप लगाएको जानकारी दिए । 

लक्षित वर्गलाई शत्प्रतिशत खोप लगाउन खोप अभियानलाई तीव्र गति दिनुपर्नेमा उहाँको जोड थियो । मधेस प्रदेशसभाका सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा जोखिम सञ्चार तथा सामुदायिक सहभागिताको महत्व र जनस्वास्थ्यको सवालमा जनप्रतिनिधिहरुको भूमिका, संयन्त्र स्थापना तथा सञ्चालन, कोभिड–१९ महामारीको सन्दर्भमा जनस्वास्थ्यका मापदण्डहरुको वैज्ञानिक कारण र खोप अभियानमा प्रदेशसभा सदस्यहरुको भूमिका लगायतका विषयमा स्वास्थ्य मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख डा राधिका थपलिया, शिला श्रेष्ठ, डा आलिसन गोकोटानो, डा शीतल अधिकारी लगायतले सहजीकरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending