Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

निधिले नेता/कार्यकर्तालाई भने : क्षमताका आधारमा टिकट माग्नुस्

'निर्वाचनमा कांग्रेस एकढिक्का हुनुपर्छ'

खबरडबली संवाददाता

धनुषा । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको बलियो उपस्थितिका लागि एकढिक्का भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन्। 

कांग्रेसको १४औँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित धनुषा जिल्लाको पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्न आज आयोजित कार्यक्रममा नेता निधिले निर्वाचनमा भएको आन्तरिक प्रतिस्पर्धालाई सामान्यरूपमा लिन आग्रह गरे। 

नेता निधिले नेता कार्यकर्तालाई कांग्रेसलाई जिताउने अभियानमा सक्रिय भएर लाग्न आग्रह गर्दै उनले आगामी ३० वैशाखमा हुने स्थानीय निर्वाचनको टिकटका लागि आफू कहाँ नआइ वडामा जान नेता कार्यकर्तासँग आग्रह गरे ।

निधिले पहिला जस्तो परिस्थिति अब नरहेकाले टिकटका लागि आआफ्नो वडामा जान नेता कार्यकर्तालाई आग्रह गरे। उनले भने, “नेता कहाँ गएर हारगुहार गर्नुभन्दा विधानको पालना गर्दै आआफ्नो वडामा गएर आफूले गरेको कार्यको मूल्याङ्कन र निर्वाचन जित्नसक्ने क्षमताका आधारमा टिकट माग्नुस् ।”

धनुषाका नवनिर्वाचित पार्टी सभापति योगेन्द्र पजियारको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीलगायतले पार्टीको सम्पन्न महाधिवेशनबाट आएका परिणामलाई आन्तरिक कलह नबनाइ एकजुट भएर निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending