वीरगञ्ज । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज क्षेत्रलाई प्रयोग गरी हुने विभिन्न वस्तुको आयात निर्यात बढेसँगै भन्सार कार्यालयको राजस्व सङ्कलनमा उलेख्य सुधार भएको छ ।
विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरसको प्रभाव कम भएसँगै देशभित्रको उद्योग व्यापारले गति लिएपछि वीरगञ्ज नाकाको आयात निर्यात वृद्धि भई राजस्व सङ्कलनमा सुधार आएको हो ।
गत आर्थिक वर्षको दोस्रो चौमासिकको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज भन्सार कार्यालयले रु ३४ अर्बभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
आर्थिक वर्ष २०७७÷०७८ को साउनदेखि फागुनसम्ममा रु एक खर्ब चार अर्ब ८९ करोड राजस्व सङ्कलन गरेको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयले रु ३४ अर्ब पाँच करोड बढीअर्थात् रु एक खर्ब ३८ अर्ब ९४ करोड राजस्व सङ्कलन गरेको छ । यो समीक्षा अवधीको तुलनामा ३२।४६ प्रतिशतले बढी हो ।
वीरगञ्ज भन्सार कार्यालयलाई सबैभन्दा बढी राजस्व दिने डिजेल, पेट्रोल, खाना पाउने एलपी ग्यासलगायतका इन्धन र जिप, कारलागयतका सवारी साधन आयात बढेसँगै कार्यालयको राजस्वमा उत्साहजनक वृद्धि देखिएको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।
उनले समीक्षा अवधिको तुलनामा चालु आवमा सवारी साधान आयातबाट २१ प्रतिशत र इन्धनको आयातबाट ३९ प्रतिशत बढी राजस्व सङ्कलन भएको बताए ।
समीक्षा अवधिमा रु २२ अर्ब ८३ करोड मूल्यका विभिन्न सवारी साधन आयात हुँदा रु २५ अर्ब ७८ करोड राजस्व सङ्कलन भएको तुलनामा चालु आवमा रु २८ अर्ब १४ करोड मूल्यका सवारी साधन आयात हुँदा रु ३१ अर्ब तीन करोड राजस्व सङ्कलन भएको गुप्ताले जानकारी दिए ।
त्यसै गत आवमा रु ७० अर्ब ८२ करोड मूल्यको इन्धन आयात हँुदा रु ३९ अर्ब ३४ करोड राजस्व सङ्कलन भएको तुलनामा चालु आवको सोही अवधिमा रु एक खर्ब ३४ अर्ब ४८ करोड मुूल्यको इन्धन आयात हुँदा रु ५४ अर्ब ३८ करोड राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ ।
बढ्दो ब्याजदर र सीमा क्षेत्रमा हुने विभिन्न वस्तुको अवैध ओसारपसारलाई सरकारले नियन्त्रण गरे वीरगञ्ज नाकाको राजस्व सङ्कलनमा थप सुधार हुने उद्योगी व्यवसायीको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २४ गते, २०८२ - ०९:२९
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भने तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ ...
माघ २४ गते, २०८२ - ०९:२८
बागमती । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना रु ८० करोड आठ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको प्रथम छ महिनामा रु त...
माघ २४ गते, २०८२ - ०९:२५
बिर्तामोड । भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ । अज्ञात व्यक्तिको आक्रमणमा सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको छ । जिल्...
माघ २४ गते, २०८२ - ०९:१९
काठमाडौं । विगत केही समयदेखि तेल र चामलजस्ता दैनिक उपभोग्य वस्तुमा देखिएको मूल्यवृद्धिको कारण केलाउने काम भइरहेको र मातहतका निकायले अनुगमन तीव्र पारेक...
माघ २४ गते, २०८२ - ०८:०१
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा-५ मा तालमेलका लागि अघि सारेको प्रस्तावलाई नेपाली कम्युनिस्ट पा...
माघ २४ गते, २०८२ - ०७:५४
बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । जिल्लाको पुर्चौडी नगरपालिका वडा ७ को भौनीबाट बेहुली लिएर लिएर बझाङ...
माघ २४ गते, २०८२ - ०७:४७
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रचारप्रसारमा जानुअघि राजनीतिक दल र उम्मेदवारले घोषणा पत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था न...
माघ २४ गते, २०८२ - ०७:४३
काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रमा बग्ने बागमती नदी र नदी किनारको दायाँबायाँ फोहर फाल्नेलाई आगामी शनिबारदेखि महानगर प्रहरीले गस्ती गरी कानुनी ...
माघ २४ गते, २०८२ - ०७:३०
म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा हुन...
माघ २४ गते, २०८२ - ०७:१७
काठमाडौंँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार) देखि किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) ...



प्रतिकृया लेख्नुहोस्: