काठमाडौं । अनेरास्ववियु केन्द्रीय कमिटी शैक्षिक बिभागको आयोजनामा 'शिक्षामा राज्यको लगानी' बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार राजधानीको बागबजारस्थित होटल हार्दिकमा अनेरास्ववियु केन्द्रीय कमिटी शैक्षिक बिभागको आयोजनामा देशभरिका सम्पुर्ण प्रगतिशील ,जनबादि तथा देशभक्त बिधार्थीहरु एक हौ भन्ने मुल नारा सहित अनेरास्ववियुले अन्तरकृया तथा बिचार गोष्ठी कार्यक्रम गरेको हो।
कार्यक्रममा बोल्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य माधब ढुङ्गेलले समाजबादभित्र शिक्षा कस्तो हुन्छ त्यसको बहस अनेरास्ववियुले थालि गुणस्तरीय शिक्षामा सबैको पहुच र सर्बसुलव तरिकाले कसरी लागू गर्ने भन्ने कुरा सबैले ध्यान दिनुपर्ने बताएका थिए । संबिधानमा शिक्षा सम्बन्धी विभिन्न अधिकार लेखिएपनि कार्यान्वयनको पक्ष एकदमै फितलो रहेको उनले वताए । शिक्षामा पहुँच पुगेपनी त्यसको गुणस्तरमा सम्बन्धित निकायको लापरवाही , बिद्यालयमा गैर जिम्मेवार राजनीतिले गर्दा दिनहुँ सरकारी बिद्यालय बन्द हुदै गएको वताएका छन्
सोहि कार्यक्रममा बोल्दै अनेरास्ववियु केन्द्रीय कमिटीका अध्यक्ष सुनिता बरालले शिक्षा क्षेत्रलाई परिवर्तन र मजबुत नबनाई देश समृद्ध र बिकास हुने कुरा कल्पना गर्न नसकिने बताएकि छन् । संचार क्षेत्रमा संचारकर्मिहरुले समाचार बनाउदै गर्दा शिक्षालाई कति समय दिईने भन्ने बिषय प्राथमिकताका साथ राख्न आग्रह गरिन् ।
अनिवार्य शिक्षा हासिल गर्न घर घर बाट बालबालिकाहरुलाई स्कुल पुराउनु जोड दिई सरकारी स्कुललाई प्राथमिक्तामा राख्न निशुल्क शिक्षा हुनुपर्ने वताइन् । उनले भोटको राजनिती गर्नेले भिड जम्मा मात्रै गर्दै आएकोेले शिक्षामा प्राविधिक रुपान्तरण कसरी हुन्छ भनि प्रश्न गरेकि थिइन् ।
कार्यक्रममा अनेरास्ववियु केन्द्रीय कमिटी शैक्षिक बिभाग प्रमुख गोबिन्द गिरी, नेकपा एमाले स्थायी कमिटी सदस्य गुरु बराल, अनेरास्ववियु केन्द्रीय कमिटी इन्चार्ज माधब ढुङ्गेल, शिक्षा मन्त्रालयका सह सचिब डा. हरि बराल, अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुनिता बराल, राष्ट्रिय योजना आयोग सदस्य डा।पुष्प रमण वाग्ले, शिक्षाबिध प्रा.डा. बिद्यानाथ कोइराला लगायतको सहभागीता रहेको थियोे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - १७:१३
काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...
चैत्र ४ गते, २०८२ - १७:०६
काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...
चैत्र ४ गते, २०८२ - १६:४३
ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...
चैत्र ४ गते, २०८२ - १६:३५
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...
चैत्र ४ गते, २०८२ - १६:३३
काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...
चैत्र ४ गते, २०८२ - १६:२५
काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो । चुनाव...
चैत्र ४ गते, २०८२ - १५:२७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...
चैत्र ४ गते, २०८२ - १४:५३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...
चैत्र ४ गते, २०८२ - १४:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...
चैत्र ४ गते, २०८२ - १४:२९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...


प्रतिकृया लेख्नुहोस्: