काठमाडौं । राजनीतिक दलका विभिन्न तहमा क्रियाशील हुनेहरूले मानव अधिकार तथा शान्ति समाजको कुनै पनि तहको पदाधिकारी/सदस्य बन्न नपाउने भएका छन् ।
लोकतन्त्रका लागि कार्यरत संस्था भएका कारण लोकतन्त्रमा विश्वास गर्ने विभिन्न दलका सदस्यलाई शान्ति समाजको सदस्य बन्नबाट बञ्चित गरिएको छैन । तर समाजलाई प्रतिनिधित्व गर्दै अग्रपङ्क्तिमा खट्ने समाजका केन्द्रीय कार्यसमिति तथा जिल्ला कार्यसमितिका पदाधिकारी/सदस्य राजनीतिक दलका विभिन्न तहमा पदीय जिम्मेवारी धारण गर्दा संस्थाको निष्पक्षतामा प्रश्न उठ्ने भएकाले यस सम्बन्धमा सीमा निर्धारण गरिएको सभापति गोविन्द खनालले राससलाई जानकारी दिए ।
गत फागुन २७–२८ गते कपिलवस्तुको वाणगङ्गामा सम्पन्न शान्ति समाजको २४औँ राष्ट्रिय परिषद् बैठकले केन्द्रीय कार्यसमिति/जिल्ला कार्यसमितिका पदाधिकारी/सदस्यको विभिन्न निकायमा संलग्नता सीमा सम्बन्धमा प्रस्ताव पारित गरेको हो । स्थानीय, प्रादेशिक र सङ्घीय निर्वाचनमा उम्मेदवार हुने वित्तिकै केन्द्रीय र जिल्ला कार्यसमितिका कुनै पनि पदाधिकारी/सदस्य स्वत: पदमुक्त हुने व्यवस्था बैठकले गरेको छ । स्थानीय, प्रादेशिक र सङ्घीय संरचनामा निर्वाचित कुनै पनि व्यक्ति शान्ति समाजको केन्द्रदेखि जिल्लासम्मको निर्वाचनमा उम्मेदवार हुन पाउने छैनन् । साथै मनोनितसमेत हुन नसक्ने व्यवस्था गरिएको छ ।
शान्ति समाजको विधानको प्रस्तावनामा नै गैरसरकारी, गैरराजनीतिक, लाभ निरपेक्ष र निष्पक्ष संस्थाका रूपमा संस्थाको स्थापनार्थ विधान तर्जुमा गरी जारी गरिएको स्पष्ट छ । नेपाल सरकारका निजामती कर्मचारी र सुरक्षा निकायमा आबद्धहरु पनि शान्ति समाजको केकास/जिकासका पदाधिकारी/सदस्य निर्वाचित/मनोनित हुन सक्ने छैनन् ।
केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये सभापति, वरिष्ठ उपसभापति, महासचिव र कोषाध्यक्षले कुनै पनि राजनीतिक दलको कुनै पनि तहको निर्वाचनमा प्रतिस्पर्धा गर्नासाथ निजले शान्ति समाज केन्द्रीय कार्यसमितिमा धारण गरेको पद स्वत: रिक्त हुने व्यवस्था गरिएको छ । केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यले कुनै पनि राजनीतिक दलको कुनै पनि तहको कार्यकारिणी पद धारण गर्नासाथ निजले शान्ति समाज केन्द्रीय कार्यसमितिमा धारण गरेको पद स्वत: रिक्त हुनेछ । अन्य तहका पदाधिकारी एवं सदस्यले पनि राजनीतिक पदमा गएपछि पद स्वत: रिक्त हुने व्यवस्था गरिएको छ ।
कुनै पनि राजनीतिक दलको कुनै पनि तहको कार्यकारिणी पद धारण गरेको व्यक्ति शान्ति समाज केन्द्र, जिल्ला कार्यसमितिको पदाधिकारी/सदस्य पदमा उम्मेदवार हुन पाउने छैन । समाजका सबै तहका पदाधिकारी/सदस्यले सदैव नैतिकताको उच्चतम मापदण्ड कायम गर्नेछन् र संस्थाको निष्पक्षता, मर्यादामा धक्का पुग्ने कुनै कार्य गर्ने छैनन् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको समाजले जनाएको छ ।
यो मापदण्ड शान्ति समाजको केन्द्रीय कार्यसमिति विनियम २०५८ र जिल्ला शाखा विनियम २०५८ मा पनि समावेश गरिने जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - १७:१३
काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...
चैत्र ४ गते, २०८२ - १७:०६
काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...
चैत्र ४ गते, २०८२ - १६:४३
ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...
चैत्र ४ गते, २०८२ - १६:३५
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...
चैत्र ४ गते, २०८२ - १६:३३
काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...
चैत्र ४ गते, २०८२ - १६:२५
काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो । चुनाव...
चैत्र ४ गते, २०८२ - १५:२७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...
चैत्र ४ गते, २०८२ - १४:५३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...
चैत्र ४ गते, २०८२ - १४:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...
चैत्र ४ गते, २०८२ - १४:२९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...


प्रतिकृया लेख्नुहोस्: