काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले यथास्थितिमा देशले परिवर्तनसँगै विकल्प खोजेको बताएका छन् । राप्रपा चाँगुनारायण–८ वडा समितिले आज सुडालस्थित मिश्रिकोटारमा आयोजना गरेको आमसभामा उनले जनताले देश हाँक्ने दल र नेतृत्वको विकल्प खोजेको बताए ।
उनले भने, “देश चलाइरहेका र चलाइसकेका दलहरुबाट जनताले आशा र भरोसा पाउन सकेनन्, त्यसैले जनताले विकल्प खोजेका छन्, जनताले चाहेको विकल्प राप्रपा नै हो, अबको निर्वाचनमा राप्रपा शक्तिशाली पार्टीका रूपमा उदाउने छ, त्यसका लागि तपाईं सबै नेता कार्यकर्ता जनताको घरघरमा जानुस् ।”
कांग्रेस र कम्युनिष्टले जनताको भावनानुसार काम गर्न नसकेको आरोप लगाउँदै उहाँले जनतालाई परिवर्तनको आभाष दिन र विकास गर्न राप्रपालाई जनताले विश्वास गर्ने दाबी गरे । कांग्रेस, एमाले, माओवादी केन्द्र, मधेसवादी दलबाट देशको स्थिरता, विकास र समृद्धि नआउने भन्दै अध्यक्ष लिङ्देनले लामो समय देशको नेतृत्व गरिरहेका दलको गलत नीतिका कारण देशले निकास नपाएको बताए ।
आमसभामा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे, सहमहामन्त्री रवीन्द्रप्रताप शाह, प्रवक्ता सगुनसुन्दर लावती, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य एवं नायिका रेखा थापालगायतले अबको स्थानीय तहदेखि प्रदेश र संसदीय निर्वाचनमा राप्रपालाई जनताले खोजेको विकल्पसहितको शक्तिशाली पार्टी बनाउन सबैलाई लाग्न आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - १७:१३
काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...
चैत्र ४ गते, २०८२ - १७:०६
काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...
चैत्र ४ गते, २०८२ - १६:४३
ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...
चैत्र ४ गते, २०८२ - १६:३५
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...
चैत्र ४ गते, २०८२ - १६:३३
काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...
चैत्र ४ गते, २०८२ - १६:२५
काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो । चुनाव...
चैत्र ४ गते, २०८२ - १५:२७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...
चैत्र ४ गते, २०८२ - १४:५३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...
चैत्र ४ गते, २०८२ - १४:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...
चैत्र ४ गते, २०८२ - १४:२९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...


प्रतिकृया लेख्नुहोस्: