काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले काठमाडौँको छाउनीमा रहेको राष्ट्रिय सङ्ग्रहालयलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन९सार्क० स्तरको सङ्ग्रहालय बनाउनुपर्ने बताएका छन्।
राष्ट्रिय सङ्ग्रहालयको ८३औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले पर्यटन प्रवद्र्धन, सांस्कृतिक सभ्यता तथा पुराना मानव इतिहासको जगेर्ना गर्न निर्माण गरिएको राष्ट्रिय सङ्ग्रहालयलाई स्तरोन्नति गर्नुपर्ने बताएको हो । मन्त्री आलेले भने, “नेपालको विविध पक्षको ज्ञान हासिल गर्न एउटै थलोका रूपमा रहेको राष्ट्रिय सङ्ग्रहालयलाई अझै बढी प्रचारप्रसार गरी देशको एउटा पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक छ ।”
यसैगरी मन्त्री आलेले राष्ट्रिय सङ्ग्रहालयलाई स्वदेशी तथा विदेशी सङ्ग्रहालयसँग आपसी भगिनी सम्बन्ध कायम गरी सङ्ग्रहालयको ज्ञान सीप तथा कलाहरू आदानप्रदान गर्नसके नेपालको कला, पहिचान स्थापित हुनुका साथै सङ्ग्रहालय नेपालको पर्यटन गन्तव्यका रूपमा स्थापित हुने बताए।
राष्ट्रिय सङ्ग्रहालयको वार्षिक बजेट रु तीन करोड भएकाले अबको बजेटमा राष्ट्रिय सङ्ग्रहालयको बजेट पनि थप गरिनेसमेत जानकारी गराए। यसैगरी मन्त्री आलेले राष्ट्रिय सङ्ग्रहालयमा देश विदेशबाट पनि अवलोकनका लागि नागरिकहरू आउने भएकाले उक्त क्षेत्रमा सरसफाइदेखि फूलहरु रोपेर सुन्दर बनाउनुपर्ने धारणा राखे ।
उनले भने, “सङ्ग्रहालयको भौतिक संरचनादेखि अन्य निर्माणका काम गर्नका लागि आवश्यक पर्ने रु २५ करोड बजेट माग गर्नुस्, बजेटको व्यवस्था म मिलाउँछु ।” नेपालका प्रथम प्रधानमन्त्री जनरल भीमसेन थापाले विसं १८८१ मा स्वदेशी तथा विदेशी हातहतियार जम्मा गरिएकाले सुरुमा यस सङ्ग्रहालाई सिलखाना भनिएको र युरोपेली वास्तु सैलीमा निर्माण गरिएको समेत मन्त्री आलेले जानकारी दिए।
राष्ट्रको संस्कृति, पुरातात्विक, धार्मिक एवं सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रदर्शनमा राष्ट्रिय सङ्ग्रहालयको भूमिका निकै महत्वपूर्ण रहेकाले पनि यस सङ्ग्रहालयको थप विकास र विस्तार गर्न आवश्यक रहेकोसमेत मन्त्री आलेले बताए । उनले भने, “राष्ट्रको कला, संस्कृतिको संरक्षण गर्ने सङ्ग्रहालयलाई सबै मिलेर देश विदेशमा चिनाउन लागी परौँ ।” त्यस अवसरमा मन्त्री आलेले राष्ट्रिय सङ्ग्रहालयको कला, सम्पदा नेपाली र अङ्ग्रेजी भाग ५ को पुस्तकसमेत विमोचन गरेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - १७:१३
काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...
चैत्र ४ गते, २०८२ - १७:०६
काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...
चैत्र ४ गते, २०८२ - १६:४३
ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...
चैत्र ४ गते, २०८२ - १६:३५
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...
चैत्र ४ गते, २०८२ - १६:३३
काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...
चैत्र ४ गते, २०८२ - १६:२५
काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो । चुनाव...
चैत्र ४ गते, २०८२ - १५:२७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...
चैत्र ४ गते, २०८२ - १४:५३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...
चैत्र ४ गते, २०८२ - १४:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...
चैत्र ४ गते, २०८२ - १४:२९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...


प्रतिकृया लेख्नुहोस्: