Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

विभिन्न शक्तिहरू माओवादीलाई कमजोर बनाउन लागि परेका छन्: अध्यक्ष प्रचण्ड

माओवादी कमजोर हुँदा अहिलेको व्यवस्था र परिर्वतनका एजेण्डाहरूसमेत कमजोर हुन्छन्

खबरडबली संवाददाता

कास्की ।  नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको गण्डकी प्रदेशस्तरीय राजनीतिक एवं वैचारिक प्रशिक्षण कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै माओवादीको नेतृत्वमा परिर्वतनको रक्षा र देश विकास हुने स्पष्ट भएकाले नयाँ आधारमा पार्टीलाई रुपान्तरण गर्दैै अघि बढाउनुपर्ने खाँचो औँल्याए । 

उनले भने, “विभिन्न शक्तिहरू माओवादीलाई कमजोर बनाउन लागि परेका छन् । माओवादी कमजोर हुँदा अहिलेको व्यवस्था र परिर्वतनका एजेण्डाहरूसमेत कमजोर हुन्छन् । सबै नेता कार्यकर्ताले पुन: एकपटक पार्टीलाई शक्तिशाली बनाउन पार्टी निर्माणको अभियानमा लाग्न आग्रह गर्दछु ।”

अध्यक्ष प्रचण्डले प्रतिगमन विरोधी आन्दोलनले जनता अग्रगमनका पक्षमा भएको पुष्टि गरेको र त्यसको प्रमुख नेतृत्व माओवादीले गरेकाले पार्टीको रुपान्तरण गर्दै नयाँ पार्टी निर्माण सम्भव भएको उल्लेख गरे । “पार्टीलाई क्रान्तिकारी पार्टीकै रूपमा रूपान्तरण गर्ने वा त्यतिकै छोडिदिने ? बनाउन सम्भव छ भन्ने प्रतिगमन विरुद्धको आन्दोलनले देखायो ।” अध्यक्ष प्रचण्डले भने, “फलाम तातेको बेला हान्न पर्छ, यही हो बेला भनेर हामी पार्टी निर्माण तिर लागेका छौँ ।”

अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचन पार्टीका लागि जीवनमरणको सवाल रहेको उल्लेख गर्दै सोहीअनुसार गाउँगाउँमा सङ्गठन विस्तार र सुदृढीकरणका कार्यक्रम लिएर जान नेता कार्यकर्तालाई निर्देशन दिए ।  पार्टीले अहिले १० प्रदेशमध्ये नौ वटामा प्रशिक्षण सम्पन्न गरिसकेको र मधेस प्रदेशपछि स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेर अभियान सुरु गरिने उनले जानकारी दिए ।

पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्थानीय तहको निर्वाचन नै पार्टीको अहिलेको मुख्य कार्यभार रहेको चर्चा गर्दै एकताबद्ध बनेर चुनावमा केन्द्रित हुन आग्रह गरे । प्रशिक्षणमा पार्टीका नेता देव गुरुङ, शिक्षा संस्कृति तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेल, प्रदेश कमिटीका इन्चार्ज हितराज पाण्डे र अध्यक्ष गायत्री गुरुङले गण्डकी प्रदेशमा पार्टी गतिविधिलाई व्यवस्थित रूपमा सञ्चालन गर्दै सङ्गठन विस्तारमा जोड दिए । 

प्रशिक्षणमा प्रदेशअन्तर्गत ११ जिल्लाका नेता कार्यकर्ता गरी दुई हजार जनाको सहभागिता रहेको बताइन्छ । प्रदेश कमिटीको चैत ८ गते बस्ने बैठकले पदाधिकारी चयन गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies