कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाले पाँच वर्षमा दुई किलोमिटर सडक निर्माण गरेको छ ।
स्थानीय तहको निर्वाचनपछि आएको जनप्रतिनिधिले ग्रामीण क्षेत्रलाई सडक सञ्जालले जोड्ने अभियान अगाडि बढाएको छ । विकास निर्माणमा पछि परेको यो नगरपालिकाका ग्रामीण क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने कार्यलाई तीव्र रुपले अगाडि बढाएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार सो अवधिमा कृष्णनगरमा ६.५ किलोमिटर कालोपत्र, ६० किलोमिटर आरसिसी र ६० किलोमिटर पिसिसी ढलान सडक निर्माण गरिएको नगरपालिकाका प्रमुख रजतप्रताप शाहले जानकारी दिए । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण विकास निर्माणमा केही समस्या आइपरेको उनको भनाइ छ । उनले भने, “हामीले ३०० किलोमिटर सडक निर्माण गर्ने लक्ष्य लिएका थियौं, कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका सो लक्ष्य पूरा गर्न सकेनौं, अहिलेसम्म २०० किलोमिटर मात्र सडक निर्माण गर्यौं ।”
उनका अनुसार सो अवधिमा नगरपालिका क्षेत्रमा ७० किलोमिटर ग्राभेल, पाँच किलोमिटर नयाँ सडकमा माटो पुर्ने र २५ किलोमिटर नाली निर्माण गरिएको छ । यसैगरी नगरको प्रशासकीय भवन, नगर क्षेत्रमा १० वटा कल्भर्ट, एउटा झुलुङ्गे पुल, छिटौनीमा ठूलो पुल, वडा नं ८ र ९ को वडा कार्यालय भवन निर्माण सम्पन्न गरिएको नगरउपप्रमुख सबनम खातुनले बताए ।
शिवराज अस्पतालको शल्यक्रिया भवन, वडा नं १२ मा सहरी स्वास्थ्य क्लिनिक भवन, वडा नं ११ मा स्वास्थ्यचौकी भवन निर्माण कार्य सम्पन्न भएको उनको भनाइ छ । कृष्णनगरमा अहिले दुई दर्जनभन्दा बढी स्थानमा विकास निर्माण कार्य भइरहेको छ । त्यस्तै शिवराज अस्पतालमा रु एक करोड ७३ लाखको भवन निर्माणको काम पनि गरेको नगरपालिकाका इञ्जिनीयर प्रदीप चौधरीले बताए ।
अहिले कृष्णनगरमा दुई सडक कालोपत्र भइरहेको उनको भनाइ छ । उनका अनुसार कृष्णनगरको मडहामा आरसिसी, बहादुरगञ्जमा सडक निर्माण, चैपुरवा पटनामा कालोपत्र, रमवापुरमा आरसिसीको काम भइरहेको छ । सार्वजनिक शौचालयको पनि निर्माण भएको छ । पुर्षोेत्तमपुर, बगहीमा कालोपत्र, सरफरमा आरसिसी सडक, माणामा ट्रस्ट निर्माण र डेबरामा वडा नं ५ को भवन निर्माण कार्य भइरहेको छ । त्यस्तै यहाँका विभिन्न विद्यालयमा ४० कोठा निर्माण सम्पन्न र २९ कोठा निर्माणाधीन अवस्थामा रहेको उनको भनाइ छ । उनका अनुसार एक दर्जनभन्दा बढी विद्यालयमा शौचालय निर्माण भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: